विप्लवका भोजपुर ईन्चार्ज बम विष्ट कारगार चलान

  सिलिचुङ समाचारदता

फाइल फाेटाे

भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका भोजपुर जिल्ला ईन्चार्ज बम विष्टलाई पूर्पक्षका लागि कारगार चलन गरिएको छ । जिल्ला अदालत भोजपुरका न्यायधिश खिलानाथ रेग्मीको एकल इजलासले विष्टलाई पुर्पक्षको लागि कारगार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
विष्टलाई भोजपुर नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्जाभेटरमा जेसिवीमा आगजानी, टेम्केमैयुङ्ग गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा आगजानी, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजानी साथै हातहतियार, विष्फोटक पदार्थ लगायत अपराधिक मुद्धा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिका ५, खावा घर भएका जिल्ला ईन्चार्ज बम बहादुर विष्टलाई भोजपुर नगरपालिका १०, भैंसीपंखाको गजुरमुखी भिरछेउको जंगलबाट गत असोज ५ गते पक्राउ परेको थियो ।
पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान ईटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाईल २ थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट १ थान पनि फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार