पूर्वप्रेमीकाे काखमा राजपरिवारकी युवती

लण्डन । बेलायती राजपरिवारलाई पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियाले पच्छ्याउँदैछन् । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले त गत महिना राजपरिवारमा बढ्दो असन्तुष्टिको खुलासा नै गरिदिए । मेघनले त्यसबेला ‘मिडियाबाट दिक्क बनेको’ प्रतिक्रिया दिएकी थिइन् ।
तर उनको २० वर्ष पुराना केही तस्बिर सार्वजनिक भएका छन् । जहाँ उनी रमाउँदै पोज दिइरहेकी देखिन्छिन् ।

रोचक त के भने, १६ वर्षको उमेरमा मेघनले त्यसबेलाका प्रेमीसँग खिचाएको तस्बिर हालै चर्चामा छ । क्रिसमसका बेला लस एन्जलसस्थित प्रेमी लुइस सेगुरासँग खिचेको तस्बिर अहिले चर्चामा ल्याइएको हो ।

उक्त तस्बिर १९९६ मा मिलेनियम बिल्टमोर होटलमा खिचाएको पनि खुलासा भएको छ । ३८ वर्षीया मेघनका तत्कालिन प्रेमी लुइससँगको सम्बन्धबारे विस्तृतमा खुलासा चहिँ भएको छैन । स्थानीय मिडियाका अनुसार लुइसले रियल स्टेट व्यवसाय छन् ।

यससँगै मेघन र उनका स्कुले साथीहरुसँगका तस्बिर पनि सार्वजनिक भएका छन् । एम्यानुएल जस्किविस्ज, मिचेल रामानी र लिली गल्लीसँगका उनका पुराना तस्बिर पनि चर्चामा ल्याइएको छ ।

१९९६ मा नाचमा सहभागी भएपछिका ती तस्बिरलाई मेघनका प्रशंसकले सामाजिक सञ्जालमा महत्वका साथ प्रचार गरेका छन् । मेघनले भने आफ्नो पुराना दिनबारे अभिव्यक्ति दिएकी छन् । आफ्नो कर्ली कपाल, फ्रक बारे सम्झना सुनाएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार