भोजपुर । अभिभावक गुमाएका बेबारिसे बालबालिकालाई एक सामाजिक अभियन्ताले सहयोग गरेकी छन् । भोजपुर नगरपालिका ९ स्थित बहिरा आवासीय आधारभुत विद्यालयमा रहेका दुई अभिभावकविहीन बालबालिकालाई सामाजिक अभियन्ता प्रतिमा पोखरेलले न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेकी हुन् ।
अभिभावक गुमाएर उक्त विद्यालयको शरणमा रहेका बबिता मगर र करण राईलाई पोखरेलले पोसाक र पाठ्यसामाग्री सहयोग गरेकी हुन् । बेबारिसे ती बालबालिकाकाको सोहि विद्यालयमा अध्ययन गरुञ्जेल विद्यालय पोसाक र शैक्षिक सामाग्री दिने प्रतिबद्धता जनाएकी छन् । उदार दिल भएकी पोखरेलले यसरी बेबारिसे बालबालिकाको अभिभावकत्व ग्रहण गर्नु अहिलेको समाजमा एक उदाहरणीय कल्याणकारी काम भएको विद्यालयका अध्यक्ष एवम् राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश १ विराटनगरका अध्यक्ष सिताराम ओझाले बताए ।
सामाजिक अभियन्ता पोखरेलले २०७३ सालदेखि जिल्लाका विभिन्न विद्यालयका २४ जना अभिकभावकविहिन बालबालिकालाई निरन्तर रुपमा अभिभावकत्व गर्दै आएकी छन् । सामाजिक सेवामा तल्लीन पोखरेल यसअघि अरुण गाउँपालिका ५, याकुमा बस्ने एकल बृद्ध बिदुव कुमारी ढकाललाई पनि मासिक भत्ता दिदै आएकी छन् ।