
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए ।
आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन, हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो’ प्रचण्डले थपे, ‘अब आक्रामक हुनुपर्यो, बाघ र सिंह गर्जिए जस्तो हुनुपर्यो, प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो’ आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने पनि उनले बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए ।







