सर्वोच्चलाई सभामुखको जवाफ : नियुक्ति संवैधानिक छैन, झुट ठहरिए कारबाही भाेग्न तयार छु

काठमाडौं : संवैधानिक नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे रिटमा सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ पेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकाे थियाे।

 

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख सापकोटालाई पनि विपक्षी बनाएर रिट दायर गरेपछि सर्वोच्चले जवाफ मागेपछि उनले त्यसको लिखित जवाफ पठाएका हुन्। प्रधानमन्त्री ओलीले मंसिर ३० गते बैठक बसेर विभन्न संवैधानिक निकायमा ३८ जना नियुक्त गरेका थिए।

 

संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै उनले उक्त बैठकले गरेका निर्णय बदरभागी रहेको प्रस्ट पारेका छन्।

 

सभामुख सापकोटाले आवश्यक गृहकार्य र परामर्शबिना नियुक्त गरेको भन्दै असहमति जनाएको जवाफमा खुलाएका छन्। संवैधानिक नियुक्तिमा संवैधानिक र कानुनी प्रक्रिया पूरा नभएको जिकिर उनले गरेका छन्।

 

सभामुखले अदालतमा पेश गरेको जवाफ झुट ठहरिए कानुन बमोजिम कारबाही सहनसमेत तयार भएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार