गठबन्धन ढाल्दै भोजपुरको षडानन्द नगरपालिकामा एमालेका उदास विजयी

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । चुनावी गठबन्धन रहेको भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमाले भारी मतले विजयी भएको छ । गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली कांग्रेसका बीरबल राईलाई १ हजार १५ मतान्तरले हराउँदै नेकपा एमालेका सुरेन्द्र उदास निर्वाचित भएका हुन् ।

उदासले कुल ६ हजार ७ सय ७२ मत ल्याउँदा उनका प्रतिद्धन्दी राईले कुल ५ हजार सात सय ५७ मत प्राप्त गरे । यस्तै नगरको उपप्रमुख पदमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी प्रमिला राई फराकिलो मतान्तरले विजयी भएकी छन् ।

उनले पनि एमालेकी मेरिका राईलाई २ हजार ८ सय ९९ को विशाल मतान्तरले पछि पार्दै निर्वाचित भएकी छन् । प्रमिलाले कुल ७ हजार २ सय ५७ मत ल्याएकी छन् भने उनका प्रतिद्धन्दी मेरिकाले ४ हजार ३ सय ५८ मत ल्याएकी थिईन् ।

भोजपुरको सबैभन्दा धेरै १४ वडा रहेको यस नगरपालिकाको वडा नं १, ५, ७, १०, १२ र १४ एमाले, वडा नं २, ४, ६, ८, ११ र १३ मा नेपाली कांग्रेस, वडा नं ३ माओवादी केन्द्र र वडा नं ९ मा नेकपा एसले जितेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार