अघिल्लो चुनावमा उपाध्यक्षमा हारेका बस्नेत गाउँपालिका अध्यक्षमा विजयी

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा सत्तागठबन्धन दल नेपाली कांग्रेसका सरोज बस्नेत विजयी भएका छन् । उनले ३ हजार ९ सय ८० मत ल्याउँदै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवराज राईलाई हराएका हुन् । राईले कुल ३ हजार २ सय ८८ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा हारेका बस्नेत योपटक गठबन्धनबाट निर्वाचित भएका हुन् । बस्नेतले राईलाई ६९२ मतले पछि पार्दै निर्वाचित भएका हुन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी रमादेवी राई निर्वाचित भएकी छन् ।

उपाध्यक्षमा विजयी राईले कुल ३ हजार ३ सय ८८ मत प्राप्त गर्दा निकटत्तम प्रतिद्वन्दी गठबन्धन दल नेकपा एकीकृत समाजवादीकी उम्मेदवार इन्द्रावती राईले ३ हजार २ सय ९८ मत पाइन् । उपाध्यक्षमा निर्वाचित राई यसअघि जिल्ला समन्वय समिति भोजपुरकी सदस्य समेत हुन् । टेम्केमैयुङ गाउँपालिकाका ९ वटा वडाहरूमध्ये नेकपा एमाले ५ वडा, नेपाली कांग्रेस २ वडा, नेकपा माओवादी केन्द्र १ र जनता समाजवादी पार्टी नेपालले १ वडामा जित हासिल गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार