कांग्रेसले ल्याएको दोस्रो प्रस्तावले जसपा र समाजवादी असन्तुष्ट

सत्तारुढ दलभित्र सिटसंख्या बाँडफाँटमा फेरि समस्या देखिएको छ। आजको बैठकमा कार्यदल संयोजक कृष्ण सिटौलाले पहिला पेस गरिएको भन्दा कम संख्या प्रस्ताव गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीले असहमति जनाएपछि बिहीबारको निर्णायक बैठक बस्न नसकी उठेको एक नेताले बताए।

 

‘आजको बैठकमा संयोजक कृष्ण सिटौलाले पहिला भनेको भन्दा पनि कम सिट हामीलाई दिनेगरी प्रस्ताव ल्याउनुभयो,’ एकीकृत समाजवादीका ती नेताले नेपालखबरसँग भने, ‘हिजोसम्म एउटा थियो, आज अर्कै ल्याएपछि सहमती भएन। कांग्रेसको दोस्रो प्रस्तावले जसपा र एकीकृत समाजवादीको चित्त बुझेन अनि बैठक बसेन।’

कांग्रेस र माओवादी दुवै पार्टीले पहिले दाबी गरेका स्थान आफैँले राखेर प्रस्ताव ल्याए। जसअनुसार कांग्रेस ८७ र माओवादी ५३ पुर्‍याए, विवाद रहेका क्षेत्र पनि उनीहरूकै बनाएर ल्याएपछि मिल्ने कुरै भएन,’ ती नेताले थपे।

 

बुधबार मध्यरातीसम्म गठबन्धनमा कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको थियो।  अब फेरि शुक्रबार बैठक बस्ने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार