खण्डहर भोजपुर सिनेमा हल, बढ्दो फिल्मी क्रेज

  प्रदीपचन्द्र राई

 

भोजपुर । ११ वर्षअघिसम्म अहिले जस्तो सबैको हातमा मोबाईलको पहुँच थिएन । मानिसहरु चिठ्ठीपत्रबाटै आफन्तजनसंग सन्देश आदानप्रदान गर्थे । त्यो समय मनोरञ्जनका लागि एकमात्र विकल्प सिनेमा हल हुन्थ्यो । शनिबार आउने वितिक्कै भोजपुरका सुदुर गाउँबाट मानिसहरु नेपाली फिल्म हेर्न सदरमुकाम धाउँथे । नेपाली चलचित्र हेर्न रुचाउने त्यस समयका दर्शकलाई हलमा भित्र छिरेर सिनेमा हेर्नुको छुट्टै आनन्द आउँथ्यो ।

२०७२ को विनाशकारी भुकम्पले एकदम हलको भवन एकदमै जिर्ण बनाएपछि पूर्णतः बन्दै भयो । समयसंगै सिनेमा हलको क्रेज घट्न थालेपछि दर्शकको आवागमन पनि घट्यो । पछि भुकम्पले अन्ततः हलको स्वरुप नै जर्जर बनाएपछि पूर्णत बन्दै भयो । भुकम्पले बन्द हुनु पूर्व उक्त हलमा विभिन्न एकल साँस्कृतिक साँझ, नाटक मञ्चन, कविता मञ्चन र विभिन्न वृतचित्र आयोजना हुँदै आएको थियो । आमन्त्रित विभिन्न ख्यातीप्राप्त श्रष्टाको एकल साँझ आयोजना हुने गथ्र्यो ।

त्यसबेलासम्म भोजपुर सदरमुकाममा विहान ९ बजेदेखि दिउँसो १२ बजे र रातको ९ बजेदेखि १२ बजेसम्म विजुली बत्ती आउने समयरेखा थियो । पेट्रोल हालेर जेनेरेटरबाट चल्थ्यो सदरमुकामको एकमात्र शिवशक्ति चलचित्र हल । हलका सञ्चालकले सयौँको संख्यामा नेपाली चलचित्र चलाए । शनिबारको दिन खुट्टै राख्न नमिल्ने गरि टिकट लिने सर्वसाधरण दर्शकको लाम लाग्थ्यो ।
वि.स २०५१ सालमा स्थापित उक्त सिनेमा हल रिलदेखि सुरु भई डिबिडी हुँदै थ्रिडी थिएटरसम्म आईपुग्दा बन्द भयो । विभिन्न वाधा व्यवधानका बावजुत हललाई व्यवस्थापन गर्दै हप्तामा एकपटक सिनेमा चलाउथे, सञ्चालकहरु । दिउँसो र साँझ गरी दुई समय फिल्म देखाईन्थ्यो ।
त्यसमाथि २०७२ को विनाशकारी भुकम्पले एकदम हलको भवन एकदमै जिर्ण बनाएपछि पूर्णतः बन्दै भयो । समयसंगै सिनेमा हलको क्रेज घट्न थालेपछि दर्शकको आवागमन पनि घट्यो । पछि भुकम्पले अन्ततः हलको स्वरुप नै जर्जर बनाएपछि पूर्णत बन्दै भयो । भुकम्पले बन्द हुनु पूर्व उक्त हलमा विभिन्न एकल साँस्कृतिक साँझ, नाटक मञ्चन, कविता मञ्चन र विभिन्न वृतचित्र आयोजना हुँदै आएको थियो । आमन्त्रित विभिन्न ख्यातीप्राप्त श्रष्टाको एकल साँझ आयोजना हुने गथ्र्यो ।
तर हाल कुनै सार्वजनिक भवन नहुँदा ती सोहरु अहिले चल्न सकेको छैन । मर्मतसम्भार गर्न धेरै खर्च लाग्ने भएपछि उक्त हल पूर्ण रुपमै बन्द गर्न बाध्य भएको सञ्चालक मन्दिप राईले सुनाए । आधुनिक प्रविधिको जमानामा दर्शकको रोजाई अनुसारकै मल्टिप्लेक्स स्क्रिनयुक्त थ्रिडी सिनेमा बनाउन धेरै लगानी लाग्ने र तत्काल श्रोत जुटाउनै समस्या भएको उनले बताए । सञ्चालक राईले उक्त जिर्ण सिनेमा हल भत्काएर अन्य प्रयोजनका लागि भाडामा दिईने तयारी गरिएको बताए । बढ्दो प्रविधिको विकास, कामको व्यस्तता, चलचित्रको स्तर खस्कनु र महाभुकम्पले जिर्ण बन्नु लगायतका कारणले हलमा दर्शकको संख्या न्यून हुँदै गएको उनी बताउँछन् । अहिले उक्त हलको हविगत देख्दा एकदमै जिर्ण छ ।
एकातिर सिनेमा बन्द हुनु र अर्कोतिर प्रविधिको विकास संगसंगै सबैको हातमा एन्ड्रोईड मोबाईल र घरघरमा ईन्टरनेट पुगेपछि अहिले सिनमा हलको चलचित्रभन्दा कम्प्यूटर, मोबाईका यूट्यूबमा सर्वसाधरणको लगाव अत्याधिक छ । मनपर्ने फिल्म, सिरियल खोजीखोजी हेर्न सहज भएपछि सर्वसाधरणमा सिनेमा हलको क्रेज क्रमशः घट्दै गएको सिनेमा सञ्चालकहरुको बुझाई छ ।
भोजपुुरमा व्यवस्थित सिनेमा थिएटर नहुनु सिनेमाको क्रेज घट्नुको प्रमुख कारण हो । अहिलेपनि हप्तामा एकदिन भएपनि कामबाट विश्राम लिन परिवारसंग सिनेमा हेर्न चाहने फिल्मीप्रेमी दर्शकहरु पनि धेरै भेटिन्छन् । सिनेमाको आनन्दले विश्राम र पारिवारीक जमघट राम्रो बनाउने स्थानीय प्रियंका थापा सुनाउँछिन् । परिवारजन, आफन्तजन, कलेजका साथिभाईसंग हप्तामा एकदिन छुट्टि मनाउन ठुलो पर्दाको सिनेमामा मनमष्तिस्कलाई तनावमुक्त राख्न सघाउ पुग्ने उनी सुनाउँछिन् ।

कलाकारितामा युवापुस्ताको बढ्दो फिल्मी क्रेज
हुनत दयाहाङ राई, कमलमणि नेपाल ‘खोपीका बाउ’ जस्ता राष्ट्रियस्तरका चर्चित कलाकार भोजपुरले जन्मायो । यस्तै मिलन चाम्स जस्ता कुशल र सफल निर्देशक पनि यहि पलाए । कलाकारितामा राम्रो छाप छोडेका यीनै दिग्गज कलाकार र निर्देशकहरु जिल्लाबाहिर रहेर देश र जन्मभूमिको गौरव देशविदेशसम्म बढाईरहेका छन् ।
भोजपुरको सन्दर्भमा नियाल्दा पछिल्ला पुस्तामा कलाकारिताको मोह धेरै बढेको छ । यहाँ साना पर्दा र लघुचलचित्र बनाउने होड पनि निकै चलेको छ । युट्युब च्यानलदेखि विभिन्न माध्यमबाट कलाकारिता निखार्न पछिल्ला पिँढीहरु दिनरात लागी परेका छन् । विभिन्न मनमोहक प्राकृतिक सुन्दर स्थलहरुमा छाँयाकंन गरेर दर्शकमाझ कला प्रस्तुतीमा जुटिरहेका युवापुस्ता अवसरको खोजीमा देखिन्छन् । ०७२ सालमा १० वर्षे जनयुद्धकालिनको सामाजिक असरमा आधारीत ‘दोख’ चलचित्रको छाँयाकंन हुनबाहेक जिल्लाभित्र ठुला पर्दाका फिल्मको छाँयाकंन भएको छैन ।
यसविचमा साना पर्दाका स्थानीयस्तरका फिल्म छाँयाकंन नभएका भने होईन् । ०७३ साल यता भोजपुर चलचित्रकर्मी संघले विभिन्न सामाजिक मुद्दामा आधारीत चलचित्र र अनलाईन सिरियल प्रर्दशन गरेको छ । स्थानीयस्तरमै, स्वलगानी र पुँजीमा स्थानीय श्रोतसाधनकै प्रयोजन गरी बनाईएका ती साना चलचित्र, सर्ट मुभि, अनलाईन सिरियलले जिल्लामा राम्रै दर्शक बटुलेको छ । यसविचमा ‘विदेशीको स्वास्नी भाग १ र २’ जस्ता सानापर्दाका फिल्मले जिल्लाभित्रका दर्शकले मन पराएका छन् ।
युवापुस्तामा कलाकारितालाई सानापर्दाबाट तिखार्दै योग्य सिद्ध मात्र हैन दर्शकसामु सन्देशमूलक पनि बनाउने मेहनत गरेका भेटिन्छन् । नयाँ सिकारु युवा कलाकारलाई पारिवारीक, सामाजिक रुपमा चुनौती पनि धेरै छ । सिनेमा क्षेत्रप्रतिको गहिरो लगाव, सद्भाव र माया गर्नेले मात्र चलचित्र क्षेत्रमा अगाडी बढ्न सकिने भोजपुर चलचित्र संघका संस्थापक विरोध बस्नेत धारण राख्छन् । जिल्लाभित्रका साना पर्दाका चलचित्र मात्र नभई नेपाली चलचित्र जगतमा कलात्मक थप्न नवीन र मौलिक पहिचान दिने दृश्य भाषाको निर्माण गर्नु महत्वपूर्ण भाग रहेको उनी ठम्याउँछन् । पछिल्लासमयमा सिनेमा सिर्जनशील सोच, बिशिष्ट प्रस्तुति र बेजोड प्रबिधिको प्रयोग उन्मुख हुने भएकाले व्यावसायिक सफलताको सुनिश्चितता हुनसक्ने पनि उनी औँल्याउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार