गाउँबेसी गर्ने भरिया पेशा लोप हुँदै

  समिर साम्पाङ राई

 

 

भोजपुर । भोजपुरमा सानाठुला कच्चि सडक जोडिएको १५ वर्षजति भयो । गाउँमा सडक खन्ने क्रमले निकै तिब्रता पायो । कच्चि सडक आउनुअघि अधिकांश ग्रामीण भेगका मानिसहरु भरिया लगाएरै सदरमुकाम, धरान, विराटनगरबाट दैनिक उपभोगीय सामानहरु गाउँगाउँ पु¥याईन्थ्यो । भरिया पेशा एकमात्र सामान ओसारपसारको विकल्प थियो । त्यतिबेला भरिया पेशा भरियाहरुका उत्तम र एकमात्र जिविकोपार्जन थियो । तर सडकसञ्जालको क्रमिक विकास र बढ्दो शहरीकरणले अहिले भरिया पेशा लोप हुँदै गईरहेको छ ।

भरिया पेशाले जिविका चलाउने त्यसबेलाका प्रायजसो भरियाहरु अहिले वृद्धाअवस्थामा पुगेका छन् । खेती किसानी, ज्याला मजदुरीलाई निरन्तरता दिएका छन् । धेरैजसो रोजगार खोज्न अन्यत्र जाने र अधिकांश युवापुस्ता विदेश पलायन भएका छन् । सडकले सहज पु¥याएपनि भारी बोकेर जिवन काट्नेहरुका लागि बाँच्ने विकल्प सकिएको छ ।

सडक आउनुअघि भोजपुर विमानस्थलबाट पनि मानिसहरु भरिया लगाएर सामानहरु सदरमुकाम लगायत गाउँगाउँ लैजाने गर्थे । तर हिजोआज यो पेशा नामनिशाना भेटिँदैन । मुख्य तथा शाखा सडकहरु कालोपत्रे बनेसंगै यात्रु र सामानहरु सहजै घरघर पुग्ने गरेको छ । भरियाहरु विमानस्थलदेखि सदरमुकामसम्म सामान ल्याएको एकसय देखि पाँचसयसम्म ज्याला लिने गर्थे । अहिले यो पेशाको पूर्ण रुपले लोप भएको स्थानीय सुरविन मिजार बताउँछन् ।
‘सडकीकरण र शहरीकरणले भरिया पेशा लोप भयो, भरिया पेशा गर्ने यहाँका मानिसहरु हिजोआज मजदुरी गर्ने गर्छन्’ उनले भने, ‘पहिले जस्तो भरिया पेशा अहिले छैन, गाउँगाउँमा सडक पुगेको छ, सहज भएको छ’ केहि वर्षयता सडक र यातायातका सवारीसाधनको सुलभताले भरिया पेशा लोप हुँदै गएको हो ।
दक्षिणी हतुवागढि गाउँपालिका १, रानीबासका ५० बर्षिय काजीमान राईले १२ वर्षअघि डोको, नाम्लो, खकन र तक्मा बोकेर सदरमुकाम, धरान, चतरा, धनकुटा, खाँदबारी, सोलुखुम्बुसम्म धाउने गर्थे । तराईसंग सडकको पहँचु नपुगुन्जेलसम्म साहुको भारी बोकेर परिवारको जीविका चलाउथे । त्योबेला उनी तराईदेखी पहाड, पहाडदेखी हिमालसम्म सामान पिठ्यँुमा डोको बोकेर ७ जनाको परिवार धान्ने गर्थे ।
दक्षिण अक्करको भीर, सप्तकोशी हँुदै चामल, नुन, तेल, चिउरा जस्ता खाद्यान्न र लत्ताकपडाको भारी बोकेर गाँउबस्तीका साहुकहाँ पु¥याउने गर्थे । भारी बोकेको ज्यालाले परिवारको छाक टार्न र एकसरो लगाउन पुग्थ्यो । तर उनी अहिले गाउँमै ज्यालादारी काम गर्नुहुन्छ । गाउँबस्तीमा सडकको पहँुच पुगेपछि उनी जस्ता भरिया पेशा परिवर्तन गरेर जीविका चलाउन थालेका छन् ।
‘भारी नबोकी खान पाइन्नथ्यो, बजारपसलमा सामान किन्नबेच्न सकिदैनथ्यो, साहुजीहरुले भरिया खोज्थे, भारी बोक्न जति पनि पाइन्थ्यो’ काजीमानले भने, ‘अचेल भारी बोक्छु भन्दा पाइदैन, कसैले पत्याउलान जस्तो पनि लाग्दैन, सबैतिर गाडी र ट्याक्टरले ओसार्छन् ।’
भारी बोकेरै लामो समय घरव्यवहार चलाएका रामप्रसादराई गाउँपालिका ६, बैकुण्ठेकी मेनुका रम्तेल पनि हिजोआज मजदुरी गर्ने गर्छिन् । ‘समय अनुसार चल्नै परेको छ, भारी बोक्न पाइएन भनेर एकठाँउ बसेर खान पाइदैन, जसरी भएपनि पेट पाल्नै प¥यो, दुःखजिलो गर्नैप¥यो,’ उनले भनिन् । भरियाको पेशा पाउन छाडेकाले खेतीकिसानी र बनिबुतो गरेर घरव्यवहार धान्दै आएको उनी सुनाउँछिन् ।
पौवादुङमा गाउँपालिका ४, बास्तिमका निरबहादुर प्रधान सडक आउनु अघिसम्म गाउँगाउँ भाँडाकुँडा डोकामा बोकेर बेच्ने गर्थे । भारतको विहार, सिक्किमदेखी तयारी भाँडा किनेर गाउँगाउँ बेच्ने उनको जिविकोपार्जन हुने गथ्र्यो । विकल्प कुनै नभएपछि उनले पेशा छाडेर खेतीकिसानीतिर लागे । भने, ‘भारी बोकेर गाउँगाउँ पुग्दा राम्रै ज्याला पाईन्थ्यो, घरमा नुन तेल, लत्ताकपडा राम्रै पुग्थ्यो, पछि मोटर चल्न थालेपछि यो पेशा हराएरै गयो’
भरिया पेशाले जिविका चलाउने त्यसबेलाका प्रायजसो भरियाहरु अहिले वृद्धाअवस्थामा पुगेका छन् । खेती किसानी, ज्याला मजदुरीलाई निरन्तरता दिएका छन् । धेरैजसो रोजगार खोज्न अन्यत्र जाने र अधिकांश युवापुस्ता विदेश पलायन भएका छन् । सडकले सहज पु¥याएपनि भारी बोकेर जिवन काट्नेहरुका लागि बाँच्ने विकल्प सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार