लन्डन । गायक किसन राईको स्वरमा ‘साइँली’ सार्वजनिक (भिडीयो सहित) किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजानिक भएको छ ।
डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय रहेको छ । लिम्दुनी क्रियसन रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल ( Kisan Rai Official) बाट सार्वजनिक गरिएको हो ।
पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा साइककलीको चल्चलेपन, सौन्दर्यता र जीवनशैली र युवाको साइककलीप्रतिको आकर्षणलाई बिषय बस्तु बनाइएको छ । गायक किसन राईले २०२३ अक्टुबर महिनामा ‘यो मन मेरो दोमन भो’ नामको गीत र भिडीयो यहि च्यानल मार्फत सार्बजनिक गरेको थियो ।