लन्डनका किरात राईहरुले मे ३१ मा धुमधाम साकेला मनाउदै

लन्डन । लन्डनमा बस्ने किरात राईहरुले यसपटक साकेला उभौली धुमधामका साथ मनाउने भएका छन । आउँदो ३१ मे मा लन्डनका किरात राईहरुले संयुक्त रुपमा एकैथलोमा साकेला उभौली मनाउने भएका हुन । लन्डनको फेल्थामस्थित टुडर पार्क स्र्पोट एन्ड लिजर ब्रउएलसमा किरात राईहरु भेला भएर एकसाथ साकेला मनाउने भएका छन ।

 

किरात राईहरुले हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र अन्न भित्राउने समयमा मंसिर पूर्णिमामा मनाउने प्रचलन अनुरुप यसपटक उभौली मनाउने तयारी भएको किरात राई यायोक्खा लन्डनका अध्यक्ष पुरु राईले बताए । बर्षको दुईपटक साकेला उभौली र उद्यौली मनाउने किरात राईहरुले बेलायतमा यसपटक धुमधामका साथ मनाइने तयारी भएको अध्यक्ष राईले बताए ।

 

साकेला उभौली मनाउनका लागि किरात राई यायोक्खा लन्डनले तीव्र गतिमा तयारी भइरहेको उपाध्यक्ष सुरेशकुमार राईले बताए । साकेला सम्पन्न गर्नका आवश्यक पूर्वाधार लगायत अन्य तयारी भईरहेको उपाध्यक्ष राईले बताए ।

करिव ५ हजार बढि किरात राईहरुको सहभागी हुने साकेलामा साकेला नृत्य गर्ने स्थान लगायत आवश्यक पूर्वाधारहरु निमार्ण भइरहेको र त्यसका लागि आवश्यक जनशक्तिहरु परिचालन भइरहेको सदस्य विशाल राईले बताए । साकेलालाई व्यवस्थित बनाउन मञ्च व्यवस्थापन, साकेला थान व्यवस्थापन, असाह् र असक्तहरुलाई बस्ने स्थान निमार्ण लगायत आवश्यक कुराहरु भइरहेको छ, सदस्य राईले भने ।

 

साकेलामा किरात राईहरुको संस्कार झल्कने संस्कृति प्रदर्शनीहरु समेत राखिने भएको छ । कार्यक्रममा विभिन्न स्टलहरु समेत राखिने भएको छ । सहभागीहरुको सहजताका लागि त्यस्तो यस्तो स्टलहरु राखिने बताइएको छ ।

लन्डनमा किरात राईहरुको जनघनत्व बढदै गएको छ । प्रत्येक बर्ष किरात राईहरुले साकेला धुमधामका साथ मनाउदै आएको छ ।
मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्राउने समय मंसिर पूणिमामा उद्यौली र बाली नाली फलो फुलोस रोगव्याधी नलागोस भनी भगवनासंग प्रार्थना गर्न बैशाख पूणिमामा उभौली मनाउने गरेका छन ।

 

साकेला चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उभौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ । ञउधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।

 

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने चलन छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । हुर्रे हा हा , ‘सोई ढोले सोई ‘अर्को ढोले खै’ भन्दै यस दिन पारस्पारिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

 

बेलायतका किरात राईहरुले पनि एकैस्थानमा भेला भएर सामुहिक भुमि पुजा गर्ने गरेका छन । विशेष गरी सम्पुर्ण किरात गैर किरातहरुको बाक्लो उस्थितीमा साकेला नाचेर मनाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार