एनआरएनए कप र नेपाली मेला संयुक्त रुपमा हुदै

लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले १३ सेप्टेम्वर शनिबार फेल्थाम खेल मैदानमा दोस्रो “एनआरएनए कप र नेपाली मेला” संयुक्त गर्ने भएको छ ।

 

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरका अनुसार कार्यक्रममा फुटबल प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र नेपाली खानपान उपलब्ध गराइने छ । उनले भने, “यो एकै मञ्चमा खेल, मौलिक खाना र संस्कृति अनुभव गर्ने पूर्ण अवसर हुनेछ ।”

 

एनआरएनए कप अन्तर्गत मेन, भेट्रान र महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । संघले इच्छुक खेलाडी र टिमलाई शीघ्र दर्ता गर्न आग्रह गरेको छ । टिम प्रवेश शुल्क मेन टिमका लागि २ सय पाउण्ड भेट्रान र महिला टिम दर्ता शुल्क ५० पाउण्ड तय गरेको छ ।

 

युवा संयोजक विशाल राईका अनुसार मेन टिमका विजेताले २ हजार २ सय र उपविजेताले एक हजार एक सय प्राप्त गर्नेछन् । भेट्रानतर्फ विजेता टिमलाई एक हजार दुई सय र उपविजेतालाई ६ सय पाउनेछ त्यस्तै, महिला टिमतर्फ च्याम्पियनले २ सय र उपविजेताले एक सय पाउने छ ।

 

सोही दिने खेलकुदसंगै नेपाली मेला पनि सम्पन्न हुने भएको छ । नेपाली व्यवसायलाई आफ्ना उत्पादन र सेवाहरु प्रर्दशन र प्रर्वद्र्धन गर्ने लक्ष्यसहित नेपाली मेला सम्पन्न गर्न लागिएको एनआरएनए युकेले जनाएको छ । पछिल्लो समय खेलकद र नेपाली मेलाहरुको नाममा नाफा कमाउने उद्देश्यसहित सम्पन्न भईरहेकोले त्यस्ता कुराहरुलाई निरुत्साहित गर्दै निशुल्क रुपमा प्रवेश गर्ने बाताबरण सहित सहुलियतको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

 

एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कंडेलले समुदायलाई मेलामा सहभागी भई फुटबल प्रतिस्पर्धा र नेपालीपन झल्काउने विविध कार्यक्रमको आनन्द लिन आमन्त्रण गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार