ओलीलाई राजनीतिको मुलधारमा ल्याउनु एमाले पंक्तिको गल्ती

“केपी ओलीलाई झुक्किएर पनि जिम्मेवारी पदमा न पुयाउनु, उसले पार्टी र देश दुर्घटनामा पार्नेछ, ओलीलाई लगाम लगाउनुपर्छ” नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले कुनैबेला ओलीबारे यसरी टिप्पणी गरेका थिए । कुनै समय सुझबुझपुर्ण मदन भण्डारीले गरेको टिप्पणी अहिले सही सावित भएको छ । चरम गुटवन्दीबाट एमालेको नेतृत्व हत्याएका केपी ओलीलाई त्यसपछि पार्टीभित्र कसैले लगाम मात्रै होइन उनको विकल्पका लागि कुनै परिस्थिती नै बनेन् । ओलीले पार्टी कब्जा गरेपछि उनलाई जवरजस्त देवत्वकरण गर्नतिर एउटा समुह उद्यत रहे । विरोधीलाई किनाराकृत गरियो, धेरैलाई पार्टी छोडन बाध्य बनाईयो । फरक विचार राख्नेलाई भित्तामा पुर्‍याइयो र कतिपयलाई चल्नै नसक्ने जिम्मेवारीबाट बिमुख गराइयो । आजिवन एमालेका नेतृत्वमा बसिरहने महत्वकांक्षा बोकेका ओलीले जसरी एमाले चलाए । त्यसरी नै आफ्ना आसेपासेको फाइदा र संरक्षण गरेर सरकार पनि चलाए । जसबाट देशमा चरम भष्ट्रचार मौलायो । जसको बावजुत देशमा असन्तुष्ट छायो । त्यसैको परिणाम स्वरुप जेन्जी विद्रोहले ओलीलाई सिंहदरवारबाट गुन्डुको सानो कोठामा पुर्‍यायो ।

 

सवैभन्दा निर्लज्ज प्रचन्ड, लोभीपाप र पदले कहिल्यै नपुग्ने शेरबहादुर देउवा, त्यो भन्दा पनि निर्लज्जै र क्रुर केपी ओली देखियो । ओलीलाई दम्भ देखाएर कलिला नौजवानहरुको ज्यान लिएको कुनै ग्लानी छैन । आमाहरुको कोख रित्तिएको कुनै पश्चताप छैन । अझै घमण्ड र आडम्बर मात्रै देखाईरहेका छन । अहिले पनि ओलीलाई हेर्न नचाहनेहरु संख्या उल्लेख्य छ । तर सिंहदरवारबाट भागेर आर्मीको शरणमा पुगेर ज्यान जोगाएका ओली अहिले सिंहदवार जलाएको आरोप कसैलाई लगाउदै टाउको उठाउन खोजिरहेको छ । उसैको सरकार नेतृत्वमा चरम भ्रष्टचार बढेपछि जनतामा छाएको निराशाले जेन्जी विद्रोहबाट ओली प्रधानमन्त्रीबाट बर्हिगमित हुन पुगे । ओलीको वर्हिगमनपछि संसदभन्दा बाहिरको व्यक्ति पुर्वप्रधानन्याधिश सुशिला कार्की प्रधानमन्त्रीमा आसिन हुनुहुन्छ । संविधानसभाबाट जारी भएको संविधानभन्दा बाहिरबाट सरकार गठन भएको छ । यसले संविधानलाई निस्किृय बनाउने काम गरेको छ । अहिले संविधान मृत बनाउने प्रयास गर्ने खोजिदैछ ।

 

ओलीले दुइपटकसम्म असवैधानिक रुपमा संसद विघटन गरे । संविधानलाई भत्काउने प्रसास त्यहिवाट शुरुवात गरेको थियो । तर त्यस्ता गल्तीहरुलाई ओलीले कहिल्यै स्वीर्कादैन । ओलीको बिशेषता नै गल्ती र आत्माआलोचना स्वीकार नगर्ने हो । ओलीले संसद विघटन गरेर संविधानलाई लंगडो बनाउन खोजेपनि सर्वोच्च अदालतले त्यो बेला लयमा फर्काएको थियो । संसद पुर्नस्थापना र त्यसपछि भएको निर्वाचनबाट एउटै दलले सरकार बनाउन सक्ने अवस्था नभएपछि पालैपालो सत्ताको म्यूजीकल चियर गेम चलिरहे । दुई ठुला राजनीतिक दलहरुको मिलेमत्तोमा सत्ताको दोहन भएपछि जेन्जी आन्दोलनले ओलीलाई सत्ताबाट नराम्ररी बढारिदियो ।

 

जेन्जी आन्दोनपछि कांग्रेस एमालेभित्र नयाँ युवाहरुले हस्तक्षेपकारी भुमिका निर्वाह गरेर पार्टीलाई पुर्नजीवित गर्छ भन्ने आम रुपमा थियो । कांग्रेसमा देउवा परिवर्तनको बाटो समातिसकेको छ । एमालेका युवाहरुले ओलीको विकल्प प्रयास कसैले पनि हिम्मत गरेनन् । विगतमा जस्तै भ्रष्ट ओलीले दिन्छन र खाँउला भनेर उनीहरुकै गुनगान गाउँदै आशा गरिरहेका छन । अहिले ठुला राजनीतिक दलहरु सञ्चिने अवस्थामा छैन । ओली र प्रचन्ड सकिन्छन तर उनीहरु सच्चिदैन । ६२/६३ को जनआन्दोलन अघि नै देउवा र ओलीको महत्व सकिएका थिए ।

 

 

जनआन्दोलनपछि सकिसकेका ती देउवा र ओलीलाई जवरजस्त स्थापित गरेपछि अहिले दुईपार्टी कांगे्रस र एमाले संकटमा पुगेको छ । जनआन्दोलन अघि सम्पुर्ण सत्ता दरवारलाई बुझाएर प्रतिगन र निरंकुशताको शुरुवात तीनै शेरवहादुर देउवाले गरेका थिए । महाकाली सन्धी जस्ता राष्ट्रघाती काम तीनै ओलीले गरेका थिए । नेता कार्यकर्ता गणतन्त्रका लागि संघर्ष गरिरहँदा दरवारसंग मिलेर गणतन्त्रको विरोधी अभियान भित्रभित्रै चलाएका थिए । जनआन्दोलनपछि सकिएका ओलीलाई जवरजस्त स्थापित गराइयो । जसले एमालेमा मात्रै होइन देशमै पटक पटक विध्वंश मच्चाउने काम गरे । पटक पटक गल्ती गर्दा पनि पुरस्कार स्वरुप देउवा र ओलीलाई पुनः राजनीतिको मुलधारमा ल्याउने कांग्रेस एमाले पंक्तिले ठुलो गल्ती गरेको छ । त्यो गल्ती पुनः एमालेले दोहोयाउदैछ । त्यसैले फे्रस म्यान्डेड भएका नेतृत्व आउन नसक्दा लामो विरासत बोकेको पार्टीहरु नराम्ररी बढारिने अवस्थामा पुगेको छ । तीनै देउवा, ओली र प्रचन्डका कारण देशमा जेन्जी विद्रोह भयो । पुनः तीनै हेर्न मन नलाग्ने अनुहारलाई अगाडी सारे ठुला पार्टीहरु धुलिसात हुनेछ । जसबाट देशले नयाँ कोर्स खोजिरहेको छ । जेन्जी विद्रोहले दिएको आशाको किरण दिएको छ । विगतका भ्रष्ट नेताहरुलाई सरकारले कारवाही गरेर जनताको चाहाना बमोजिम नागरिकको जीवनसुरक्षाको प्रत्याभुति सरकारले गर्नुपर्ने हुन्छ ।

 

 

पार्टी राजनीतिबाट देउवा, ओली र प्रचण्डलाई फाल्न नसकेपनि सत्ता राजनीतिबाट तीनै नेता फालिएको अवस्था छ । पार्टी राजनीतिमा कांग्रेस, एमाले र माओवादीका दोस्रो र तेस्रो तहका युवा नेताहरुले हिम्मत नगरेपछि तीन नेतालाई फाल्नु जेन्जी नै आउनुपर्‍यो । तीन नेता जो हाई रेङकिङ फाइल भएका नेताको असफलताले देश वर्वादीतिर बढेपछि नयाँ पिँढीले २४ घण्टा नवित्दै सत्ता परिवर्तन गर्‍यो । यति चाँडो परिवर्तन आउनुमा तीन नेता देउवा, ओली र प्रचण्डको असक्षमताको भुमिका छ । यी तीन अनुहारप्रति नेपाल जनताको घृष्णा र तिरस्कार उत्तिकै धेरै छ । अहिलेको सरकार गठन नै संविधान वहिरबाट भएको छ । देउवा ओली र प्रचण्डको समयमा पार्टी भित्रबाट वर्हिगमन भईदिएको भए यी सबै जेन्जी बिद्रोहको आवश्यकता पर्दैन थियो । तीन नेताको बर्हिगमनका लागि देश खरानी बन्न पुग्यो ।

 

देउवा सहज वर्हिगमनको खोजीमा छ । प्रचण्ड पुनः नेतृत्वमा आउन नाटक मञ्चन गरिरहेको छ । ओली अझै बाचुञ्जुले मै खान्छु भनेर अझै नेता कार्यकर्तावीच हुँकार पिटिरहेको छ । गोदावरी विधान महाधिवेशनबाट ७० बर्षे उमेर हद र दुईकार्यकाल पार्टीको विधानलाई च्यातेर नेतृत्वमा बसिरहने सपना पालेका ओली विरोधीलाई ठेगान लगाउन अझै उद्यत देखिन्छ । नेतृत्व परिर्वतन र पार्टी पुनः गठनका वहस गर्नेमाथि पुनः कारवाहीको धमास दिइरहेको छ । संगठन बलियो र आन्तरिक लोकतन्त्रको वहस र फरक विचारलाई महत्व दिने पार्टीको रुपमा स्थापित हुदै आएको एमाले ओलीको नेतृत्वपछि हुकुमी शासनबाट चल्दै आएको छ । पार्टीभित्र गुटको वीउ रोपेर गुटकै आडमा नेतृत्व हत्याएका ओलीले एमालेको आन्तरिक संगठनहरु ध्वस्त पारे । पार्टी विधि र संगठनबाट भन्दा पनि गुटबाट चलाउदै आइरहे । कुनै बेलाको एमालेको मजबुत संगठन अहिले छिन्नभिन्न जस्तै छ । एमालेको संगठन निमार्णमा ओलीको कुनै भुमिका छैन । एमालेको संगठन माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेलहरुले बनाएका थिए । अहिले इश्वर पोखरेल बाहेक अरु एमालेमा छैन । ओलीले एमालेका लागि राजनीतिक योगदान केही पनि गरेको होइन । पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद मदन भण्डारीले प्रतिपादन गरेको हो । पार्टीको इज्जत मनमोहन अधिकारीले बढाएको थियो । २०४६ सालको आन्दोलनमा ओलीको नेतृत्व थिएन । ६२/६३ को जनआन्दोलनमा राजा फाल्नु हुदैन भनेर बद्री मण्डलसंग बार्ता गरिरहका थिए । महाकाली सन्धीमा ओलीकै भुमिका थियो । त्यो समयमा पार्टी विभाजनमा ओलीकै कारण भएको थियो । एउटा पनि राम्रो काम ओलीबाट भएको छैन । ओली र देउवा एकै चरित्रका हुन । अहिले आएर देउवा वाध्यत्मक बर्हिगमनको बाटोमा छ भने दुर्भाग्य ओली अझै एमालेबाट बर्हिगमन हुने अवस्थामा छैन ।

 

एमाले पंक्तिभित्र यस्तो पक्ष हावी छ, जो लामो समय ओलीको गुटमा रहेर तीनको गुनगान गर्ने, पार्टीभित्र अन्य पक्षलाई उठनै नदिने, आलोचना गर्नेलाई भित्तामा पुर्‍याउने भरसक पार्टीबाट निष्काशन गर्ने । ओलीकै कारण देशमा यस्तो घटना घट्यो भन्ने पटक्कै महसुस छैन । पार्टी अहिले कठिन मोडमा उभिएको छ । यस्तो अवस्थामा पार्टी पुनःजीवितका लागि गर्नुको सट्टा ओलीलाई नै अगाडी सारेर झन ओरालो यात्रामा एमाले हिडिरहेको छ । पार्टीभित्र हामीले खाईहाल्यौं । पाए फेरी खाने तर अरुलाई चहि खान दिने होइन भनेर ओली र ओली समुह देखिन्छ ।

 

 

ओलीको कारणले पार्टी र देश नै दुर्घटनातर्फ गयो । मदन भण्डारी र मनमोहन अधिकारीले बनाएको विरासत ओलीले खरानी बनायो । तर पनि एमाले नेता कार्यकर्तामा अझै पनि चेत आएको छैन । अहिले पनि एमाले पंक्तिमा चेतना नआए एमाले इतिहासमा सीमित हुने पकक्का छ । एकहिसावमा एमाले अहिले शैयामा छटपटिरहेको छ । मृत अवस्थाबाट माथि उठाउने एमाले पंक्तिमा अझै हिम्मत देखिदैन । अझै ओली नै जपेर सत्ती गए ठुलो खतीको निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार