बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

 

नवलपरासी – एक बालिकाको एसिड आक्रमण बाट मृत्यु भएको २४ घण्टा नबित्दै नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको छ ।उन्को चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न नमानेको भन्दै सिर्पाइलीले एसिड र छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना विवाहित हुन् ।

परियार र सिर्पालीबीच प्रेम सम्बन्ध भएको थाहा भएपछि विमल सिर्पालीकी श्रीमतीले सम्बन्ध बिच्छेदका लागि मुद्धा दायर गरेकी थिइन् । बिमलले आफ्नो परिवार पनि बिग्रिएको र बसन्ती परियारसँग बिहे गर्न नपाएका कारण एसिड तथा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताएका छन्।

२७ वर्षीया परियारको छाती, पेट र मुखमा चोट लागेको छ । उन्को भरतपुरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार