स्थानीयवासीले वडा कार्यलयमा तालवन्दी

भोजपुर, जिल्लाकोे पश्चिमी ट्याम्कोमौयुङ गाउँपालिकाको वडा न.२ छिनामखुको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले मनोमानी ढंगबाट योजना छनोट तथा उपभोक्त समिति गठन गरेकोले कार्यालयमा ताला लगाईएको संघर्ष समितिका संयोजक विदेन कुमार राईले बताए ।
एक तन्त्रीय शासनलाई रोक्न पहिलो चरणको आन्दोलन गरेको बताएका छन् । वडा कार्यालयले सरोकारवालासंग छलफल नगरी एकलौटी ढंगबाट योजना छनौट र छनौट भएका योजनामा मनोमानी ढंगबाट समिति गठन गरेकोले ताला लगाइएका संयोजक राईले बताउनुभयो ।
वडा कार्यालयले असोज ५ गते गठन गरेको उपभोक्ता समितिमा नेपाल कम्प्युनिष्ट पार्टीका केहि व्यक्तिमात्र राखेर बनाएको समिति तत्काल खारेज गरी पुनः सवै पक्षलाई समावेश गरी समिति गठन गर्न माग गरेका छन् । राईले अझै पनि एकलौटी ढंगबाट अगाडी बढे कडा आन्दोलनमा उत्रने समेत चेतवनी दिएका छन् ।
वडाले असोज–६ गते उपभोक्ता समिति गठन गर्नका लागि पत्रचार गरिएको भए पनि अध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधीहरु उपस्थित नभएको र फोन संम्पर्क गर्दा पनि सम्पर्कमा आउन नचाएको हुनाले वडा कार्यलयमा ताला लगाउने निर्णय गरेको विदेन कुमार राईले बताए ।
यता, ट्याम्के मैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले भने सहमति गरेर वडा कार्यालयको ताला खोलीने बताएका छन् । सहमतिको प्रयास भइरहेको र छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार