भाेजपुर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ती पार्टीका संयोजक बाबुराम भट्टराईसंग स्थानिय सरकारले अन्त्ररक्रिय गर्ने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अवलोकन तथा जनसंवाद कार्यक्रममा रहेका पूर्वप्रधानमन्त्री भट्टराई संग पौवादुङमा गाउँपालिका स्थानिय सरकारले अन्त्ररक्रिय गर्ने भएको हो ।
पूर्वप्रधानमन्त्री भट्टराईलाई यही शनिवार गाउँपालिका केन्द्र च्याङ्ग्रे बजारमा स्वागत गरी स्थानिय सरकारको भुमिका,पौवादुङमा गाउँपालिकाको विकास,समृद्ध नेपाल लगायत विभिन्न विषयमा छलफल गरीने गाउँपालिका अध्यक्ष किरण राईले जनाएकाछन् । पूर्वप्रधानमन्त्री भट्टराई सहितको टोली ताप्लेजुङ हुदै पूर्वका विभिन्न जिल्लामा जनसंवाद कार्यक्रम गर्दै शनिवार भोजपुरको अरुण गाउँपालिका हुँदै पौवादुङ्मा आइपुग्ने भएकाहुन् ।