भाेजपुरमा नेकपाका विप्लव र प्रकाण्डसहितका १६ जनालाई अदालतकोे सफाइ

फाेटाेः फाइल

भोजपुर। प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा बम पड्काएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) सहित २० जना विरुद्ध लगाइएको मुद्धामा १६ जनाले सफाइ पाएका छन् ।
भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटव्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनाले सफाइ पाएको हो ।
गत बर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ स्थायी कमिटी सदस्य धर्मेन्द्र बस्तोला पोलिट्ब्युरो सदस्य पदमबहादुर राई समेतलाई २० जनालाई जिल्लाको ३ ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनीको गरेको मुद्धा जिल्ला अदालत भोजपुरमा दायर भएको थियो ।
टेम्केमैयुङ गाउँपालिका–६, कोट गुम्बामा हालको प्रदेहश नं. १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विष्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गरी २ वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विष्फोट सम्बन्धी मुद्धा दायर भएकोले भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले उनीहरुलाई सफाइ दिएको छ भने दुई जनालाई धरौटीा लिईएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी राजकुमार दाहालले बताउनुभयो ।
सफाई पाउनेहरुमा वम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङ लगायतका रहेका छन् । तयस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङ्गलाई तीन वटै मुद्धामा ४०÷४० हजार जरिवाना लिएको सुचना अधिकारी दाहालले बताउनुभयो ।
त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्टिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकोले तामेलीमा राखिएको जनाएको छ ।
केहि महिनाअघि मात्र नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ गरि भोजपुर ल्याइएको थियो । प्रकाण्डलाई ६० हजार नगद धरौटी राखेर छुटेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार