भाेजपुर । भोजपुर सदरमुकामको देउराली सौदाचोकस्थित फेला परेको वम निष्क्रिय गरिएको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु भनिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आइडी वम रहेको र साथमा मोवाइल, डेटोनेटर साथै घरेलु बारुदबाट बनाएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उक्त बमलाई २ नम्बर वाहिनी अड्डा हिलेबाट आएको नेपाली सेनाको टोली निष्क्रिय गरेको थियो ।
शंकास्पद बस्तु राखिएपछि सौदा चौक वरापराका स्थानीयवासी बुधबार दिनभर त्रासपूर्ण विताएका थिए । बुधबार बिहान करिब साढे ११ बजेतिर शंकास्पद बस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।