नगरपालिकाले चासो नदिएपछि बन्द सडक वस व्यवसायीले खने

  सिलिचुङ समाचारदाता

भोजपुर । डेढ महिनादेखि पहिरोले अवरुद्ध सडक बस व्यवसायीहरुको सकृयतामा सदरमुकाम भोजपुरेदेखि टक्सार, गुम्वा हुदै दक्षिणका तीन स्थानीय तह जोड्ने सडक सञ्चालनमा आएको छ । सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदेखाएपछि व्यावसायीहरुले वन्द रहेको मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् ।
दक्षिणका तीन वटा आमचोक, रामप्रसाद राई, हतुवागढी गाउँपालिका साथै दिक्तेल जिल्लाको खोटेहाङ्ग गाउँपालिकासम्म जोडिएको सडक मर्मतमा वस व्यवसायी आफै जुटेका हुन् । व्यवसायीहरुले गत असारको वर्षातले भत्काएको सडक आफ्नै पहलमा मर्मत गरेर यातयात सञ्चालनमा ल्याएका छन् । नगरपालिकामा सडक मर्मतको लागि धेरै पटक अनुरोध ग¥यांै, चासो नदिएपछि करिव १२ किलोमिटर सडक डोजर लगाएर बनायौें तत्कालिन संयुक्त बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले बताउनुभयो । मोक्तान भन्नुभयो ‘सरोकारवाला पक्षलाई धेरै पटक गर्दा समेत चासो नदिएपछि हामी आफैले मर्मतमा गर्याै ।’


नगरपालिकालाई धेरै पटकको अनुरोधपछि काम थाले पनि नगरपालिकाले काम विचैमा छोडेपछि व्यावसायी आफैले मिलेर सडक मर्मत गरेका हुन् । नगरपालिकाले ३ दिन लगाएर करिव ५० मिटर मात्र सडक बनाएर बजेट सक्न देखावटी सडक मर्मत गरेको व्यावसयीहरु बताउँछन् । ‘१२ किलोमिटर सडक हामीले दुई दिनमा मर्मत गरेर यातयात सञ्चालन ल्याएका छौ, धेरै पटक अनुरोध गरेपछि नगरपालिका तीन दिनमा करिव ५० मिटर सडक मात्र खनेको छ । यसले नगरपालिका काम गर्न भन्दा पनि बजेट सक्न लागेको देखिन्छ ।’ तत्कालिन संयुक्त बस व्यवसायी संघका अध्यक्ष मोक्तान बताउनुहुन्छ ।


नगरपालिकाले गर्नुपर्ने काममा जनताको सेवालाई ध्यानमा राख्दै व्यवासायी अग्रसर भएपछि स्थानियले पनि सडक मर्मतमा सहयोग गरेका थिए । सडक मर्मतमा पटक–पटक अनुरोध गर्दा समेत नगरपालिकाले चासो नदिएपछि उनिहरु आक्रोसित वनेका छन् । ‘बाटोमा पहिरो गएर अवरोध भएको एक महिनाबढी भयो, तर सरोकारवाला पक्षले भने कुनै चासो देखाएन, दैनि उपभोग्या सामान ढुवानी, गर्भवती, विरामी तथा अशक्त सर्वसारधाणलाई डोको तथा स्टेचरमा वोकेर ल्याईरहे छन्, यसमा जनप्रतिनिधिको ध्यान कहाँ गयो ?’ स्थानिय दिनेशकुमार मगरले बताउनुभयो ।
सदरमुकामबाट दक्षिणका तीन ओटा गाउँपालिकासँग जोड्ने मुख्य सडक हो । पिखुला खोलापारीको सडक त्यहाँका स्थानिय तहले यस अघि नै मर्मत गरेको भएपनि नगरपालिका क्षेत्रको सडक भने वन्द रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार