भोजपुर । भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककोे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन गर्दै नयाँ नियम लागु गरिएको वडाध्यक्ष गणेशकुमार राईले बताए ।
वडाले प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जान बाध्य बनाउने उद्देश्यले यो नियमा लागू गरिएको वडाध्यक्ष राईको बताए ।
वडामा बर्थिङ सेन्टर सञ्चालनपछि गर्भवती महिलाहरुले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने जानुपर्ने बाध्यता हटेको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् ।
बर्थिङ सेन्टरको स्थापनापछि घरैमा प्रसूति गराउँदा आमा र शिशुको ज्यान जाने जोखिमको कम हुने स्वास्थ्य चौकीले जनाएको छ । उक्त सेन्टर वान हट वल्र्ड वाइड नामक संस्था र वडा कार्यालयको संयुक्त पहलमा वर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको हो ।
सेन्टर सञ्चालनका लागि वनहर्टले दुई लाख ५० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ भने वडा कार्यालयले ३ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।