तालाबन्दी  प्रक्ररणः चार आरोपमा तीन स्वीकार, ‘जागिर लगाइदेउ भनेकै हो तर गर्लफ्रेन्डलाई होइन’ 

  सिलिचुङ समाचारदाता

भोजपुर । पौवादुङमा गाउँपालिका तालाबन्दी प्रक्ररणमा समाचार आएपछि मनोज कार्कीले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले सरकारी बाइक चढेको, कोटगढीका लागि बजेट माग गरेको र आफ्नो पत्नी पोर्चुगल भएको स्वीकार गरेका हुन् । पत्रकार सम्मेलन मार्फत उनले आफुले कसैलाई जागिर लगाइदिन मानविय आधारमा आग्रह गरेको तर गर्लफ्रेन्ड चाही नभएको तर्क गरेका छन ।


उनले भने ‘मैले मानविय आधारमा भनेको हो कुनै गर्लफ्रेन्डलाई भनेको छैन ।’ यसै गरि कोटगढी पर्यटकिय क्षेत्रको अघिल्लो आर्थिक वर्षमा अध्यक्ष भएको तर यो वर्ष भने आफु नभएको बताएका छन । आफुले योजना माग गरेको भए पनि मागे जति योजना नपरेको बताए । आफु गाउँपालिकाको आग्रहमा नै कोटगढीको अध्यक्ष भएको बताए । आफुले धार्मिक र पर्यटकिय क्षेत्रको विकासको लागि पैसा मागेको उनको भनाई छ । आफ्नो पत्नी वाहिर भएको विषयमा समाचार आएको विषयमा  भने उनले  आपत्ति  जनाएका छन ।
यसै गरि कार्कीले आफुले गाउँपालिकाको बाइक चढेको स्वीकार गरेका छन । उनले गाउँपालिका अध्यक्षले दिएको कारण आफुले चढेको र एक पटक भने मर्मत गर्न भनेर दिएको कार्कीले दावी गरे । उनले आफुले चढेको गाउँपालिकाको बाइकको मर्मतको विल गाउँपालिकाको नाममा नै बनाएको  समेत देखाएका छन् । उनले आफुले बाइक चढेपनि गाउँपालिका अध्यक्ष किरण राईले किन दिएको भनेर प्रति प्रश्न गरेका छन । ‘अध्यक्षलाई विल दिन्छु उनले बाइक मर्मतको पैसा मलाई दिनुपर्छ ।’ उनले भने ।
समाचारले आफुलाई समस्या बनाउन सक्ने भएको कार्कीले बताएका छन । उनले आफ्नो पत्नी पोचुगल भएको कुरा नितान्त व्यक्तिगत भएको बताएका छन । पत्रकार सम्मेलनमा उनले  भने‘मेरो हैसियत पुग्यो, मेरो श्रीमती पोर्चुगलमा छिन, भोलि युयएस जान सक्लिन, म जाउला ,तपाईहरु पनि जानुहोस शुभकामना छ तर पोचुगल गएको मेरो श्रीमतीको विषयमा यो समाचार लेख्ने पत्रकारलाई अधिकार कस्ले दियो ?
तर यिनै कार्कीले गाउँपालिकाले  सञ्चालन गर्न लागेको कोरियण प्रशिक्षण कार्यक्रमको भने विरोध गरिरहेको छन् । यसरी कार्कीले भाषाको विरोध गरिरहँदा गाउँपालिका युवा भने आक्रोशित बनेको छन् ।  स्थानीय युवाले  आफ्नो श्रीमती पोर्चुगल पठाएर आएको रेमिट्यान्सले मोज गर्ने  तर हामीलाई गाउँपालिकामा आएको  सुविधाबाट बन्चित गर्ने अधिकार कार्कीलाई कस्ले दियो भनि प्रश्न गरेका छन् ।

भिडियाे सहित 

https://youtu.be/lsikLtHpqB8

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार