मदन भण्डारी स्पोर्टस एकाडेमी सुनसरी धरानको पोल्टामा

  सिलिचुङ समाचारदाता

सुनसरी । मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरीले आयेजना गरेको सर्बाधिक राशिको फुटसल प्रतियोगिताको उपाधी धरानले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा एफ एफ सी धरानले बिग फुटसललाई ७ को बिरुद्ध २ गोल गर्दै उपाधी हात पारेको हो ।

धरान एफ एफ सि फुटसल क्लबले पहिलो भएसगैँ एक लाख एक हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको हो भने दोश्रो पनि धरानको बिग फुटसल क्लबले एकाउन्न हजार सहित ट्रफि तथा प्रमाणपत्र हात पारेको  छ। कार्यक्रमा उत्कृष्ट गोल किपर, बेस्ट प्लेयर, लगायतको बिधामा रहेका खेलाडीलाई ट्रफि सहित प्रशंसापत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एक नम्बर प्रदेश वाताबरण तथा पर्यटन मन्त्री जगदिश कुसियतले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुसियतले फुटसल खेल सबै उमेर समुहका लागि अत्यन्तै उपयोगि रहेकोले पछिल्लो पुस्तामा लोकप्रिय रहेको र यस खेललाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा अतिथिहरु मदन भण्डारी स्पोर्टस एकाडेमी प्रदेश एकका अध्यक्ष सागर थापा, प्रदेश सचिव टिकाराम घिमिरे इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्ष होमनाथ धमलाले कार्यक्रममा बोल्दै यस कार्यक्रमले आफुमा अझ नयाँ नयाँ खेलकुद गर्ने आँट र साहस मिलेकाले आगामी दिनमा पनि यस्तै खेलकुद गर्दै जाने बताए । कार्यक्रम असोज १० गते बाट शुरु भई असोज ११ गते सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार