दशैतिहार लक्षित गर्दै सूरक्षा व्यवस्थामा सहयोग गर्न आग्रह

  सिलिचुङ समाचारदाता

भोजपुर । जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ । आज जिल्ला प्रहरी कार्यालयमा भएको सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरेको हो । चाडपर्वको समयमा बढी मात्रामा अपराधीक घटनाहरू बढ्ने भएकोले यसको न्युनिकरणका लागि सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो ।

छलफलमा बोल्दै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले निरन्तर बर्षात भइरहेकाले बाटो अवरुद्घ हुँदा होटलहरूमा बढि मात्रामा चर्को मुल्य लिने, गुणस्तर हिन खाना खुवाउने र स्वस्थ कर नहुने भएकाले यस तर्फ व्यवसायीलाई सचेत गराउन होटल व्यवसायी संघलाई आग्रह गर्दै मदिराजन्य पदार्थका कारण बढी मात्रामा अक्रियाकलाप बढ्ने भएकाले राती ९ बजे सम्ममात्र बिक्री वितरण गर्न आग्रह गरे ।

त्यस्तै, उहाँले चाडपर्वको समयमा यातायात व्यवसायीले बढि मात्रामा भाडा अशुल्ने गरेकाले जिल्लाको विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको बताउदै यात्राका क्रममा ठगिए सम्पर्क गर्न आग्रह गरे ।

साथै उहाँले यातायातका साधनमा क्षमता भन्दा बढि यात्रु राख्ने गरेकाले यो समयमा बढि जसो सडक दुर्घटना हुने भएकाले क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरेका छन् । छलफलमा नागरिक समाजका संयोजक पर्शुराम तिवारी, उद्योग वाणिज्य संघका अध्यक्ष धुर्बलाल श्रेष्ठ, होटल व्यवसायी संघका अध्यक्ष लिला राई, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्र, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार