जापानमा एक पत्रकारले जितिन् बलात्कार मुद्दा

काठमाडौं । जापानको मिटु अभियानमा सहभागी एक महिला पत्रकारले बलात्कारको मुद्धा जितेकी छिन् । ३० वर्षीया शियोरी इतोले हिम्मतका साथ आफूमाथि भएको अन्यायलाई सार्वजनिक गरेकी थिइन् । बुधबार टोकियो अदालतले मृद्धाको फैसला सुनाएको हो ।

पीडित पत्रकार इतोले ३।३ मिलियन जापानी येन ९३० हजार अमेरिकी डलर० क्षतिपूर्ति पाएकी छिन् । इतोले भने ११ मिलियन जापानी येनको माग गरेकी थिइन् । जापानमा मिटु अभियानमा हाइ प्रोफाइल केसको चर्चा बढेको थियो । सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्धा दर्ता गरेकी थिइन् । नोरिया यामागुची जापानको चर्चित न्युज च्यानलका पत्रकार हुन् ।

त्यतिबेला इन्र्टन गर्दै गरेका इतोलाई जागिरको विषयमा छलफल गर्न भन्दै उनले डिनरका लागि बोलाएका थिए । त्यसैबीच उनले इतोलाई बेहोस बनाएर बलात्कार गरेको इतोको दाबी थियो । उनले इतोको दानामा बेहोस हुने औषधि मिसाएका थिए ।

प्रधानमन्त्री सिन्जो आबीसँग घनिष्ठ सम्बन्ध भएका यामागुचीमाथि प्रहरीले मुद्धा दर्ता गर्न पनि आनाकानी गरेको थियो । यामागुचिले आफूमाथि लागेको आरोप गलत भन्दै उल्तै इतो माथि मानहानीको मुद्धा जाहेर गरेका थिए । उनले मानहानीको मुद्धामा इतोसँग १३० मिलियन येनको माग गरेका थिए । तर त्यो मुद्धा अदालतले खारेज गर्यो ।

जापानको साथै विदेशमा पनि यसले प्रमुख समाचारको रुप लिएको थियो । २०१७ मा गरिएको एक निरीक्षण अनुसार मात्र ४ प्रतिशत पीडित प्रहरीमा उजुरी गर्न पुग्छन् ।
ुम अत्यन्त खुशी छु,ु आफूले जीत हाँसिल गरेपछि इतोले भनिन् । फैसाल पछि उनले जित लेखेको ब्यानर आफ्नो हातमा बोकेकी थिइन् ।

अदालतले यामागुचीलाई दोषी बनाउँदै क्षतिपूर्ति तिराउन फैसला गरेको छ । तर यसपश्चात उनीविरुद्ध कुनै अपराधिक मुद्धा बाँकी रहने छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार