भोजपुरमा कोरोना संक्रमित भेटिए

भोजपुर । भोजपुरका एक ब्यक्तिमा कोरोना भाइरस भेटिएको छ । जिल्लाको दक्षिणी हतुवमगढी गाउँपालिका ६ का २६ बर्षीय एक युवामा र्यापिड डायग्रोष्टिक टेष्ट (आरडिटि) बाट जाचँ गर्दा पोजेटिभ रिपोर्ट देखिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

ति युवक गत फागुन ३० गते साउदीबाट काठमाडौं आएका र चैत्र ११ गते घर आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडिटि) रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई अहिले घरबाट प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

संक्रमित व्यक्तिको अब स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पताल भोजपुरबाट चिकित्सवको टोली हतुवागढी तर्फ जादैं गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार