बुढापेस्टकी बेश्या

बुखारेस्टदेखि छुटेको रेल साँझ पख बुढापेस्टमा पुगेर रोकियो । रेलमा म एक्लै यात्रा गरिरहेका थिए । बुढापेस्ट पुगेर अग्रिम आरक्षण गरेको फोर सिजन होटलमा मैले आरामदायी रात बिताए । भोलि दिनभरी ‘सेचेन्यि थर्मल बाथ’ मा पौडी खेलिरहे । सुर्यास्तपछि फर्केर कोठामा पस्दै गर्दा किरिङ किरिङ फोनको घन्टी बजिरहेको अचानक मेरो कानमा प¥यो । फोनको नजिकै पुगेर रिसिभर उठाउदै ‘हेल्लो,’ भने ।

 

“महाशय ! रिसेप्सनबाट ईभा बोल्दैछु । एक जना बिस बर्षे कामुक युबती छिन । यदि मर्जी भए उनी रातभरी हजुरको सेवाको लागि हाजिर हुने छिन् ।”

 

उनको त्यस्तो कुरो सुनेर मलाई थोरै आश्चर्य लाग्यो अनि फ्यास्सै मुस्कान छाडे । तर मन भित्र भित्रै हल्का डर उत्पन्न भयो । भर्खर भर्खरै बिसौ बसन्त पार गरेको थिए । र, त्यतिबेलासम्म छोरी मान्छेसँग सुतेको मेरो अनुभव थिएन । त्यसैले अल्प स्वरमा प्रतिउत्तर दिदै बोले ।

 

“म अहिले थोरै ब्यस्त छु, केही समय पछि फोन गर्नोस है ?” त्यति भनेर खन्द्रङ्गै फोन राखीदिए ।

सेप्टेम्बर महिनाको एउटा निष्ठुरी बेलुकी थियो । बुढापेस्टको समय नौ बजिसकेको हुनुपर्छ । होटलको पाँचौ तलामा अवस्थित सुनसान कोठामा म एक्लै थिए । र, सानो स्वरमा बिबिसि टेलिभिजन आफ्नै धुनमा भुन भुनाई रहेको थियो । मैले समाचार प्रति त्यति बिघ्न ध्यान दिई रहेको थिईन । तर फोन राखेपछि तिनै कोईलीको जस्तो सुरिलो स्वरकी धनी ईभालाई सम्झदै सम्झदै झ्यालको नजिक पुगेर पर्दालाई सरर ताने । त्यसपछि निरस मुद्रामा झ्यालदेखि बाहिर देखिएको दृश्य अबलोकन गर्न थाले ।

 

कोठाको सिधै अगाडि ड्यानुब नदी आफ्नै गतिमा अबिरल बहिरहेको थियो । नदीको पानीलाई नियन्त्रण गर्ने दायाँ बायाँ भिमकाया देवलहरु थिए । देवलको अन्त र सडकको किनार भेट भएका स्थानमा लहरै बृक्षरोपण गरिएका थिए । बेलुकी पखको सुशिल बतासले हल्लिएको तिनै बृक्षका पातहरुको छायाँ नदीको बक्षस्थलमाथि सिंगौरी खेलेर उखरमौलो जात्रा देखाई रहेका असल दृश्य देख्न सकिन्थ्यो । सन्ध्याकालिन बत्तिको प्रकाशले नदीमा भएका डुँगाहरुको आकर्षक प्रतिबिम्ब पानीको गतिसंगै हल्लिरहेको कोठाबाट झन स्पष्ट देखि रहेका थिए ।

 

ड्यानुब नदीको बायाँतिर बुढा अनि दायाँ तिर पेस्ट दुई सहरहरु मिलेर बनेको बुढापेस्ट हङ्गेरीको राजधानीमा मैले दोश्रो रात बिताउदै थिए ।

 

किरिङ….किरिङ…. दोश्रो चोटी फोन बज्न थाल्यो । त्यसरी फोन बज्न थालेपछि मैले एक झलक फोन तर्फ हेरेर फिस्सै मुस्कान छाडे । हृदयभित्रबाट बहकिदै निस्केको त्रासले मेरो अनुहार लाल बर्णमा परिणत हुदै गरेको महसुस हुन थाल्यो । फोनको घण्टी केही बेरसम्म बजी रह्यो । आ….जे सुकै मरोस है भनेर म लुसुलुसु सौचालाय भित्र छिरे । र, फोनले मेरो अनुहारमा कतिको परिबर्तन ल्यायो होला भनेर भित्तामा भएको ऐनामा हेर्न थाले ।

फोनको घण्टी केही बेरसम्म बजि रह्यो । त्यसपछि केही बेरमा आफै म¥यो । तर एक छिन बिसाएको मात्रै के थियो फेरी दोहोरिएर बज्न सुरु गरि हाल्यो । जब सम्म फोन उठदैन तबसम्म बजिरहने रहेछ भन्ने चाल पाएपछि म शयन कक्षा भित्र छिरे र रिसिभर उठाउदै “हेल्लो,” भने ।

“महाशय ! ईभा बोल्दैछु ।”

 

“हो हो, ईभा भनेर मलाई राम्रै थाह थियो ।”

 

“ति युबती रसियन मोडल हुन । उनी अति रति लम्पट छिन र एक हप्ता अगाडि मात्र यस सहरमा आएकी हुन् । त्यति कामुक मोडलसँग रात बिताउन पाउनुभयो भने मलाई मान्नुहोस तपाईको जिन्दगी भरको लागि एउटा अति अबिस्मरणीय रात हुनेछ ।” उनी उत्साहित हुदै प्रशन्न मुद्रामा बोली रहिन ।

 

“ईभा ! ल ल धेरै बढाई चढाई गरिरहनु पर्दैन, भैगो पठाई दिनु भए हुन्छ,” त्यति भनेर मैले फोन राखी दिए ।

 

म्यानचेस्टर युनिभर्सिटीमा राजनीति शास्त्रको दोश्रो बर्षको बिद्यार्थी थिए । त्यसैले पुर्वी युरोपमा साम्यबादी शासन किन अफापसिद्ध रह्यो भनेर पुर्व कम्युनिष्ट राष्ट्रहरुको यात्रामा निस्केका थिए । सबैभन्दा पहिले म लेक भेलेन्साको गाउँ गाडन्स्क, पोल्याण्ड पुगेको थिए । गाडन्स्कमा जन्मेका यिनै महामानबले पुर्वी युरोपको कम्युनिष्ट शासन कहिले नफर्किने हुरिले झै सोहर पटार बढारी दिएका थिए । त्यसपछि मैले क्रमशः वार्सा, सोफिया, बेलग्रेड र बुखारेस्टको यात्रा गरे । त्यतिबेला सम्म कुनै पनि होटलमा मैले सुत्ने साथी फेला पारेका थिएन । तर बुढापेस्टमा यो के भएको होला भनेर चिउँडोमा हात राखेर एक छिन टोलाई रहे ।

टक….टक….ढोकाबाट आवाज आयो ।

“एक मिनेट,” भन्दै ढोका खोल्न पुगे ।

 

ढोका बाहिर एउटी युबती ठिङ्ग उभिरहेकी थिईन । उनलाई देखेपछि म थोरै सर्मशिल बने । उनको सुन्दरताको बयान गरेर साध्य थिएन त्यसैले मन्त्रमुग्ध भएर उनलाई एकोहोरो हेरिरहे ।

 

“के म कोठा भित्र आउनु सक्छु ?” सबैभन्दा पहिले उनैले मुख खोलिन ।

“जरुर सक्नु हुन्छ । तपाईलाई कोठामा हार्दिक स्वागत छ ।” एक हातले ढोका समाती रहेको थिए र अर्को हातले आदरको साथ भित्र पस्ने संकेत गरे ।

 

ट्याक ट्याक बुट पडकाउदै उनी कोठा भित्र पसिन । उनी भित्र पसेपछि मैले घन्द्रङ्गै ढोका बन्द गरे अनि चुकुल लगाई दिए । त्यसपछि उनलाई एक हातले बस्ने ठाँउ देखाउदै –

“कृपया ! सोफामा बस्नु होला ?” भन्दै कोठामा न्यानो स्वागत गरे ।

 

“तपाईलाई धेरै धेरै धन्यबाद प्रकट गर्दछु ।” प्रफुल्लित मुद्रामा आभार प्रकट गरिन र थपक्कै सोफामा बसिन ।

उनको जादुमय बोलीमा अनौठो मिठास थियो । सोफामा बसिसकेपछि उनको आकर्षक मुहारदेखि पाईतालासम्म मैले मज्जाले नियालेर हेरे । सुनौला कपाल, गोलो अनुहार, कैला कैला आँखा, ह्ष्टपुस्ट उठेका पोटिला बक्षस्थल, छिनेकी कम्मर र कोमल हातहरुले उनी भित्र हराउन मलाई बाध्य बनायो ।

 

उनको शरीरमा मात्र एउटा फ्यालफ्याले जामा थियो । तर त्यति दुर्बल जामाको बिट घुँडा भन्दा माथि माथि नै मरि सकेका थिए । अझै भनौ जामाको माथिल्लो भागको दुई वटा टाँकहरुले उहिले नै स्वस्थान छाडेका देखिन्थे । तिनै टाँकहरु लगाउन बिर्सिएका हुन् वा चाहेर खोलिएका हुन् भनेर म केही बेर द्धविधामा परिरहे ।

 

खैरो गुस्सीको हाते झोला र त्यही रङ्गको घुडाँसम्म आउने छालाका बुटमा सजिएकी उनी हलिवुडको नायिकाहरु भन्दा कमि देखिएकी थिईनन् । त्यति उत्कृष्ट नारीरत्नसँग रात कटाउने साथी पाउदा मैले ईभालाई मनमनै कृतज्ञाता प्रकट गरे ।

 

कोठाको परिवेश सुनसान रह्यो । लामो समयसम्म हामी एक अर्कालाई अमुक बिषालु नजरले हानाहान गरि रहयौं । त्यसपछि कोठाको शुन्यतालाई भङ्ग गर्दै म आफै बोल्न थाले ।

 

“के पिउनु हुन्छ ? वाइन वा ह्विस्की ? तर सेम्पेन हो भने सराब खानाबाट मगाउन पर्छ ? खाना खानु भएको छ कि छैन ? मैले अघि भर्खरै दुर्लभ गोरुको ‘फिलेट’ खाएको थिए । त्यो फिलेट त्यति स्वादिलो थियो कि मेरो जिब्रोमा नै बिलायो । मैले त्यसको जति तारिफ गरे पनि कमि नै हुनेछ । त्यो फिलेटले मेरो बर्षौभरी पालेको कोबे छैटौ तहको तिर्सना सर्लक्कै मेटाईदियो ।”

 

मेरो धारावाहिक कुरो सुनेर उनले थोरै रसियन मुस्कान छाडिन र मलिन स्वरमा बोल्न थालिन ।

 

“हजुर ! मैले अघि नै खाना खाई सकेकी छु ।”

 

“ए….हो त्यसो भए के पिउनु हुन्छ त…?”

 

“यदि तपाई पनि पिउनु हुन्छ भने म अलिकति सेम्पेन पिउँछु है ।”

 

“ए….हस हस, म पनि पिई हाल्छु नि किन सुर्ता गर्नु हुन्छ ।”

म खुट्टा खप्ट्याएर पलङमा उनको ठिक सामुन्ने बसिरहेको थिए । बसेको ठाउँदेखि उठेर बिस्तारै हिडदै सिरानीको छेउमा पुगे किनभने टेलिफोन त्यही नजिक थियो । अनि फोनको रिसिभर उठाएर रिसेप्सनमा फोन गर्न थाले ।

 

“हेल्लो ईभा ! कोठा नम्बर ५१० बाट बोल्दैछु ।”

“हजुर, सर के सेवा गर्न सक्छु ।”

“के हामी सँग चिसो सेम्पेन छ ?”

“सर ! हामी सँग सेम्पेन चाँही छ । तर हजुरलाई कुन चाँही सेम्पेन चाहिने हो ?”

“के डोम पेरिङ्नन् – १९९६ छ ?”

“डोम पेरिङ्नन् छ, अनि त्यसको साथमा अरु केही पठाई दिनु पर्छ कि…?”

“पिस्टाचिवस नट्स र केही स्ट्राबेरी पनि पठाई दिनु होला है ?”

 

ईभालाई सेम्पेन मगाए । फेरी हिडदै आएर पलङमा उनको ठीक अगाडि बसे । त्यसबेला सम्म उनी मौन थिईन । तै पनि मेरो सबै गतिबिधि उनले नजिकबाट नियाली रहेकी थिईन । निक्कै लामो समय सम्म केही नबोली बसिरहेकी हुनाले कोठा भित्रको शान्त वाताबरणलाई फेरी मैले नै भङ्ग गर्न थाले ।

 

“माफ गर्नु होला ? केही समय अगाडि देखि मलाई तपाईको नाम जान्ने रहर थियो ?”

“मलाई आन्ना भन्नु भए हुन्छ । मेरो पुरै नाम आन्ना उलनोभ हो ।”

वा…आन्ना कति सुन्दर नाम रहेछ । जस्तो मानिस उस्तै नाम रहेछ । मलाई मनमनै त्यस्तो लाग्यो । तर कुन्नि किन हो, उनले मेरो चाँही नाम सोध्ने प्रयत्न पनि गरिनन् । उनले नसोधेपछि म के बाठो हुने भनेर निःशब्द बसिरहे । हामी दुवै जना शब्दबिहिन हुँदा टेलिभिजनबाट आएको छुद्र स्वर पर्खालबाट प्रतिध्वनित भएर घरिघरी हाम्रो कान कानमा पुगि रहन्थ्यो ।

टक…टक….ढोका बाहिरबाट आवाज आयो ।

ढोका बाहिर देखी आएको आवाज सुनेर म बिस्तारै पलङबाट उठे । हिडदै गएर ढोकाको चुकुल खोले र बाहिर हेरे । एउटा हातमा किस्ती र अर्को हातमा बाल्टिमा सेम्पेन बोकेर बेयरा उभि रहेकी थिईन । उनलाई देख्ने बितिक्कै, “कृपया भित्रै आउनोस,” एउटा हातले ढोका समातेर उनलाई स्वागत गरे ।

 

बेयरा कोठा भित्र पसेपछि, “महाशय ! कुन ठाउँमा राखीदिउ ?” प्रश्न गरिन ।

“नजिकैको टेबल माथि राखीदिनु भए हुन्छ,” छोटो जबाफ फर्काए ।

उनले किस्ती र सेम्पेनको बाल्टी टेबलमाथि राखी दिईन । अनि दाहिने तिर फर्केर आन्नालाई मज्जाले एक नजर लगाईन त्यसपछि फिस्सै मुस्कुराईन ।

 

“तपाईहरुको यो रात आनन्दमय रहोस,” एउटा लाक्षणिक बाक्यले प्रहार गरिन र हामीसँग बिदा भईन ।

बेयरा कोठाबाट बिलुप्त भएपछि आन्ना कुर्सीबाट उठिन । दुई÷तीन कदम बिरालो चालमा हिडदै मेरो नजिक्कै आई पुगिन । उनी आउने बित्तिक्कै दाहिने हातले मलाई गर्ल्याम्मै उनको बहुपासमा बाधिन । म सँग टासिदै गर्दा उनको जामा उभो उभो सुर्किएको मैले कर्के आँखाले नजर लगाईरहे । अचानक जामाले ठाउँ छाडेर अर्धनग्न बनेका उनको सेताम्मे फिला मेरोसँग जोडिन पुग्यो । उनले प्रदर्शन गरेको त्यस्तो हर्कतले मलाई हल्का अफ्ठ्यारो महसुस भयो । तै पनि मैले उनी प्रति एक्कै शब्द खर्च गर्न चाहिन । अब उनको तृष्णा ओष्ठ आस्ते आस्ते मेरो कान नजिक आई पुग्यो र तात÷तातो सास छाडदै –

“महाशय ! के सोच्दै हुनुहुन्छ ?” आकर्षक स्वरमा बोलिन ।

“आन्ना ! त्यस्तो केही पनि छैन,” छोटो उत्तर फर्काए ।

“के तपाईलाई रसियन स्नान थाह छ ?” फेरी उनको नरम गाला मेरोसँग जोडन खोजिन र मुख खोलिन ।

“अह ! मलाई केही थाहा छैन,” हास्दै जबाफ फर्काए ।

 

“यदि तपाई रसियन स्नान मन पराउनु हुन्छ भने आज राती हामी रसियन स्नान गर्न सक्छौ ?” त्यति भनेर मेरो दाहिने हातको औलाहरु सुमसुम्याउन थालिन ।

 

मैले टाउको हल्लाएर स्वीकार्यता जनाए । निःशब्द दिएको उत्तरले उनी खुशी हुदै मेरो गालाको दुवै पट्टि च्वा…च्वा… चुम्मा गरिन । अनि स्नान गर्ने ठाउँमा पानी तैयार गर्न जान्छु है भन्दै शौचालयभित्र पसिन ।

 

मैले मन पराउछु भनि हाले । तर रसियन स्नान कस्तो होला के होला भन्दै थोरै सशङ्कित बने । मनभित्र खुलदुलीका तरङ्गहरु उत्पन्न भैरहे । इस्तानबुलमा टर्किस बाथ लिदाँ खाएको कुटाईले एक हप्ता शरीर दुखेको अग्रिम अनुभव थियो । त्यतिबेला रसियन स्नानले तिनै खाटा बसी सकेको अतितको तितो यादलाई झन बल्झाई दियो । तै पनि धैर्यको औषधी खाएर केही बेर चुपचाप बसिरहे । तर आन्नाले के के गर्ने होली भनेर जान्नको लागि ध्यान दिएर शयन कक्षा देखी उनलाई निरन्तर हेरिरहे ।

 

उनले पहिले किस्तीका गिलासहरु उठाईन र स्नान कोठा भित्र लगिन । बरफ बाल्टिमा रहेको सेम्पेन बाथ ट्युबको नजिकै लगेर राखिन । तातो र चिसो पानीको दुवै धारो धरर खोलेर बाथ ट्युबमा भर्न थालिन । पानीको आवाज सँग सँगै झिनो स्वरमा रसियन गीत गाउदै गाउदै हातले छोएर पानी मिलाउन थालिन । ल्याभेन्डरको जेल पानीमा मिश्रण गरिन । पानी ट्युबमा भरिए पछि फिजै फिजँको सानो पौडी पोखरी जस्तै बनाईन । तिनै फिजँ माथि नजिकै रहेको अत्तर छ्यास छ्यास छर्किन । अमृत फलबाट बनेको सेम्पो नजिकै राखिन । पर कुनामा सजाएर राखेको दुई थुँगा गुलाफको फूललाई टिपेर ल्याईन र चुटाउदै चुटाउदै पानी माथि हाल्न थालिन । ति मसिना मसिना राता फूलका पातहरु फिजँमाथि तैरिएर झनै आकर्षक बनाईन ।

 

आलुबखडाबाट बनेको बास्नादार मैन बत्तिहरु जलाएर ट्युबको दायाँ बायाँ राखिन । अनि भित्तामा बलिरहेका सबै बत्तिहरु क्रमै सँग निभाईन । सौचालयमा चिप्लिएर लडिएला कि भनेर सानो तौलिया लाई भुईमा बिछ्याईन । पिस्टाचिवस नट्स र स्ट्राबेरीहरु पानीसँग भिज्छ भनेर धारादेखि अलिकति टाढा सारिन ।

 

“कृपया ! अब भित्र आउनु भए हुन्छ ?” म तिर फर्केर सानो स्वरमा मलाई अनुरोध गरिन ।

 

मलाई कता कता सरम लागि रहेको थियो । तै पनि हप्तौ देखि शिकारको खोजीमा निस्केको जंगलको सिंह झै साहसको साथ स्नान कक्षा भित्र पसे ।

 

“सेम्पेन तपाई आफै खोल्नु होस है ?” भन्दै वरफ बाल्टीबाट सेम्पेन निकालेर म भित्र पस्ने बितिक्कै दिइन ।

“ए…भै हाल्छ,” सेम्पेन पक्रदै उत्तर फर्काए ।

 

सेम्पेन मेरो हातमा पर्यो । मैले टुङ्ग आवाज निकाल्दै सेम्पेनलाई खोले । त्यसपछि दुई वटा गिलासमा पुरै सारे । एउटा गिलास उनलाई दिए र अर्को म आफैले पक्रीरहे । उनी तयार भएपछि गिलास जुधाएर ठाङठुङ आवाज निकाल्दै चियर्स गर्‍यौं । बाँकी रहेका सेम्पेन टेबल माथि राख्यौ । त्यसपछि भुईमा बिछ्याईएको तौलिया तर्फ देखाउदै –

 

“कृपया ! तपाई तौलिया माथि उभिनु होस है,” मलिन स्वरमा मलाई प्रस्ताब गरिन ।

 

उनको आग्रहलाई अनुग्रहण गरे । उनले भने झै एकाग्र भएर म बिजुलीको खम्बा जस्तै तौलियामाथि उभिरहे । कम्युटरबाट मधुर रसियन सङ्गित ‘कालिङ्का’ बजिरह्यो । उनका कलिला हातहरु मेरा शरीरमा सुस्त सुस्त सलबलाउन थाले । तिनै मुलायम हातहरुले सङ्गीतको तालमा मेरा शरीरका कपडाहरु आस्ते आस्ते बिदा दिन थाले । जति जति कपडाहरु खोलिदै जान्थे, उति उति मेरा धमनीमा रगत चाँडो चाँडो बहिरहन्थे । तै पनि म एउटा बिशाल यामिनीको लागि तयार भैरहेको थिए ।

“खै दाहिने खुट्टा उचाल्नोस त…?”

आन्नाको मुखबाट एउटा स्पष्ट बाक्य प्रस्फुटित भयो । अचानक मेरा कानमा बज्रेको त्यो बाक्यसँग सँगै मेरा आँखाका ढकनीहरु बन्द भए । मैले उनको हुकुम मानेर दाहिने खुट्टा सुस्तरी उचाल्न थाले । मैले शरीरलाई सन्तुलित बनाउन नसकेर झण्डै झण्डै लडन पुगे तर हतार हतार उनलाई समातेर सहारा लिए । त्यसपछि पालै पालो मेरो खुट्टा उचाल्न उनैले सहयोग गरिन ।

 

बुढापेस्टको सुर्यास्तपछि ढल्कदै ढल्कदै आएको एउटा स्वर्णिम रात थियो । तीनै रातमा जिन्दगीको पहिलो चोटी बैशालु युबतीको अगाडि सर्बाङ्गै नाँगो भुतुङ्गो हुदै थिए । त्यसैले मेरा शरीर हल्का कापि रहेका थिए । मेरो भित्री वस्त्रलाई उनले सुस्तरी खोलेर बिदा गरी पठाउँदा मेरो मुटु टुक्रिएको अनुभुति भयो । त्यसैले सरम ढाक्न म हत्तपत्त पानी भित्र पसि हाले ।

म नाङ्गै भुतुङ्गै थिए । तै पनि घाँटि मुनिको भाग पानी भित्र डुबाएर निर्धक्क बसि रहे । त्यसपछि आन्नालाई हेरिरहे । उनको शरीरबाट जामालाई बिदाई गरि पठाएको हेर्न मेरो हैदय आतुर थिए । त्यो मेरो प्रतिक्षाको घडी मुटुको धडकन भन्दा चाँडो चाँडो चलिरहेको थियो ।

 

“महाशय ! के तपाई तयार हो ?”

 

एक्कासी उनको मुखबाट निस्केको बाक्य पर्खालको भित्तामा प्रतिध्वनी हुदै मेरो कानमा पर्‍यो । बिजुली चम्के झै गरेर आएको त्यो भनाई सुनेर मेरो मुखबाट कुनै शब्द निस्कन सकेन । उनको निर्बस्त्र शरीर हेर्न मेरा हरेक अङ्ग प्रत्याङ्ग आतुर भैरहेका थिए ।

 

आन्नाको दिब्य नयनले छडके हेरिरहेको मैले दृष्टिगोचर गरे । त्यसपछि उनले जामाको टाँकहरु बिस्तारै खोल्न सुरु गरिन । सुस्तरी सुस्तरी पुरै टाँकहरुले उनको शरीरबाट बिदा लियो । निलो जामा बिना आवाज सर्लक्क भुइँमा पछारियो र एक्कै ठाउँमा गुज्जुमुज्जु भएर थुप्रियो ।

 

आन्ना अब सर्बाङ्गै बस्त्रहीन बनिन । उनको त्यति आकर्षित नग्न शरिर देखेर म ताजुप मानेर हेरिरहे । कता कता मेरो टाउको फुलिएर आएको जस्तो भान भयो । मेरो श्वास प्रश्वास ह्वात्तै बढेको अनुभुति भयो । उनको कामोत्तेजक शरीर देखेर म भावनामा डुब्न थाले । त्यति आकर्षक उनको शरीर एउटा कोमल कमलको फूल झै लाग्न थाल्यो । जीवनरुपी कोपिलाबाट भर्खर भ्रखरै फक्रदै गरेको सुन्दर कमल फूल जस्तै उनी देखिएकी थिईन । मेरा सारा ध्यान उनको शरीरमा केन्द्रीत थिए र म भँमरा बनेर उनको यौबनलाई प्रतिक्षा गरिरहेको थिए । तर मेरो अल्पकालिन हेराईलाई उनले बीचैमा भङ्ग गरि दिईन –

 

“मलाई थाहा छ । तपाई के सोच्दै हुनु हुन्छ ?” प्रणयपुतलीबाट शुत्तिसुधा बर्षियो ।

 

“आन्ना ! तिमीले कहिले पनि भित्री बस्त्र लगाउदैनौ हो ?” उनको दिमागबाट बाहिर गएर प्रश्न गरे ।

 

“अरु बेला लगाउथे । तर आज अलिक हतार भयो त्यसैले लगाईन,” सहज ढङ्गले उत्तर दिईन ।

 

त्यति भनि सकेर एउटा खुट्टा सुस्तरी आकासतर्फ उचालिन र बिना आवाज बाथ टयुबमा पसिन ।

 

पानीमा पस्ने बितिक्कै, “मैले खुट्टा उचाल्दै गर्दा मेरो केही चिज देख्नु भयो ?” म तर्फ बढिरहेको उनको लज्जालु ओठ कम्पित हुदै मलाई सोधिन ।

 

“अह ! मैले केही पनि देख्न सकिन ?” अनुहार रातो रातो बनाए अनि साधु बनेर प्रतिबचन फर्काए ।

 

आन्ना पानीमा पसेपछि केहीबेर हामी एक अर्कालाई हेराहेर गरि रह्यौ । स्नान कोठाको रात छिपिदै जाँदा उनले बिस्तारै पानीमा हात डुबाईन । पानीका केही फिजँलाई उचालेर मेरो जिउँ तिर लगाउन थालिन । अनि क्रमशः फिजँलाई मेरो टाउको, कुम, हात र छाती तिर दल्न थालिन ।

 

हाम्रो सामु एउटा बिकराल रात थियो । भित्ते घडिले समय एघार बजाउदा बुढापेस्ट मस्त सँग चिर निन्द्रामा सुति रहेको थियो । होटलको सुनसान बन्द कोठा भित्र आन्नाको मुलायम हातहरु मेरा शरीर भरी सुस्तरी सुस्तरी दगुरी रह्यो । उनको हस्तरेखाहरुले शरीरको रौ रौ गनि रहँदा मेरा नयनहरु पटक पटक खुल्दै बन्द हुदै गरिरहे । आन्नासँग रसात्मक रोमान्टिक रातमा बितेका हरेक सेकेण्ड मलाई स्वर्णिम सेकेण्ड जस्तो लागि रहेको थियो ।

 

जब जब बुढापेस्टको रात छिप्पिदै जान्थ्यो, तब तब ड्यानुबमा पानीको मात्रा बढदै जान्थ्यो । अनि तिनै पानीको मात्रा सँग सँगै हाम्रो हृदयको पारो पनि बढदै बढदै गई रहेको थियो ।

 

…………. क्रमशः ………..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार