मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड नेपाल समुहले संसदीय दलबाट हटाए

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

 

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलमा नरहने गरि नेताबाट हटाएको छ । बिहीबार बसेको उक्त समुहका प्रदेशसभा सदस्यहरुले राईलाई नेताबाट हटाएका हुन् ।
मुख्यमन्त्री राईलाई हटाए लगत्तै नेकपाको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरिएको छ । प्रदेशसभाका ४० जना सांसद्हरूले संसदीय दलको नेताबाट हटाएका हुन् । प्रदेशसभाका सांसद् इन्द्र आङ्बोले राईलाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । ’संसदीय दल र प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि फेस गर्नुको सट्टा सांसद्लाई स्पष्टीकरण लिने, प्रलोभन र धम्की दिने कामलाई निरन्तरता दिनुभयो । त्यसैले हामीले संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरेका छौं,’ आङ्बोले भने ।
यसअघि नै राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। उनी केपी ओली पक्षका नेता हुन् ।
प्रचण्ड(नेपाल पक्षले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । नेकपाका ६७ प्रदेशसभा सदस्यमध्ये ३७ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता भएको छ । उनलाई पनि बुधबार संसदीय दलको नेताबाट हटाउँदै अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार