लन्डन । छुट्टै समुहले बोलाएको साधारणसभामा राजदुत गए गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले लन्डनस्थित राजदुतास कार्यालय घेराउ गर्ने भएको छ । असन्तृष्ट समुहले १८ अक्टोवारमा बोलाएको साधारणसभामा राजदुत गए गैर–आवासीय नेपाली संघ(एनआरएनए) बेलायतले राजदुतावास घेराउ गर्ने भएको हो ।

 

६ अगष्टमा सम्पन्न भईसकेको साधारणसभामा संस्थाभित्र रहेका एक समुहले आयोजना गरेको विशेष साधारणसभामा राजदुतको सहभागिता हुने जानकारी पाएको भन्दै गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले राजदुतावास घेराउ गर्ने जनाएको छ । भेलामा राजदुत जानुहुन्न भन्ने विश्वास गरेका छौं, यदी जानु भएमा हामी राजदुतावास घेराउ गछौं र राजदुत फिर्ताका लागि नेपाल सरकारसमक्ष आब्हान गर्दछौं, गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर भने “राजदुतले अवैधानिक रुपमा डाकिएको भेलामा जानुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छैन ।”

 

गैर–आवसीय नेपाली संघ (एनआरएन) बेलायतको ११ औं वार्षिक साधारणसभा तथा संघ संस्था प्रतिनिधि सभामा राजदुत ज्ञानचन्द्र आचार्यलाई प्रमुख अतिथिका रुपमा बोलाएका थिए । अन्तिम समयमा राजदुत आचार्य अनुपस्थिति भएपछि एनआरएनएले आक्रोश पोख्दै आएको छ । राजदुत आचार्यले असन्तुष्ट समुहको कुरा सुनेर उपस्थित नभएको भन्दै उनको निष्पक्षतामा प्रश्न उठाउदै एनआरएनए बेलायतले असन्तुष्ट पोख्दै आएका छन ।

 

राजदुत आचार्यले बेलायतमा बस्ने नेपाली समुदायको भावना र सम्मानमा ठेस पु¥याउदै निष्पक्षता र समान व्यवहार गर्न नसकेको भन्दै नेपाल र बेलायत सरकारलाई उजुरी दिने समेत गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले जनाएको छ । गैर–आवासीय नेपाली संघ (एनआरएनए)मा आर्थिक घोटलाको बिषय पेचिलो बनेपछि विवादको श्रंखलाहरु सतहमा छताछुल्ल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार