सोहो, हाईगेट र कार्ल मार्क्स

९ जनवरी १८६३ मा बिश्वको पहिलो सुरुङ्गमार्ग लण्डनमा उदघाटन भएको दिन ३० हजार मानिसहरुले मार्क ब्रुनेलको प्रशंसा गर्दै भुमिगत रेलद्वारा यात्रा गरेका थिएँ ।

 
Keto On Steroids – Dr. Berg cabergoline buy uk florida could get share of purdue pharma money
एकसय एचास बर्षपछि हामी तिनै भुमिगत रेलमार्ग हुदै जनवरी २०१३ मा लेस्टर स्क्वायर स्टेसन पुगेका थियौं । स्टेसनमा पुगेर सिँढीमा टेक्दा हाम्रा पाईतालाहरुले निकालेका टकटक आवाजसँग सँगै हामी बाहिर निस्केका थियौं ।

 

तर बाहिर सडकमा निस्कने बितिक्कै आएको तातोतातो डिमसमको बासनाले हाम्रो नाकलाई एकछिनसम्म अलमल्याई रहेका थिएँ । त्यसबेला, मलाई हल्का भोक लागिरहेको थियो । अनि त्यति मिठो डिमसमको सुगन्धले मेरो नाकलाई आकर्षण मात्र गरेन । मेरो छोटो नाकको डण्डी नै भाँचिदिन खोज्यो ।

 

डिमसमको बासना जुन दिशाबाट आईरहेको थियो । त्यसैलाई निशाना बनाएर लुखुरलुखुर हामी त्यसतर्फ अगाडि बढन थाल्यौ । हुनःत त्यसबेला हामी लण्डनको प्रख्यात ‘सोहो’ क्षेत्रको चाईना टाउन नजिकै पुगिसकेका थियौं । अनि सोहो, लण्डनमा पुगेर फटाफट चालिएका हाम्रा कदमहरुले ‘लिटल न्यु पोर्ट स्ट्रीट’ मा ड्याम्मै लगेर ठोक्काएको थियो । त्यसपछि आँखा चिम्लेर त्यति मिठो बासना आउदै गरेको स्थान ‘जेराड स्ट्रिट’ भित्र छिरेका थियौं ।

 

जेराड सडकमा पुगेपछि, सडकका दायाँ बायाँ अनगिन्ति चाईनिज भोजनालयहरु देखापरें । सबै भोजनालयहरुलाई छाडेर हाम्रो सिधै अगाडि परेका ‘गोल्डन ड्रागन’ स्वदिष्ट भोजनहरुको लागि एक नम्बर हो, ताराले भनिन । र, भित्र जाने उनले निधो गरिन । नभन्दै त्यसको बाहिरपट्टी क्यान्टोनिज र पेकिङनिज मात्र नभएर डिमसमको बैशिष्ट्य आहाराहरु पनि मिल्दछ भन्ने त्यहाँ बिज्ञापन टाँसिएका थिएँ । हामीले त्यसबेला बेलायतमा ‘महिलाहरुको अगाडि पुरुषको अधिकार मर्छ,’ भन्ने कुरोलाई ‘चाईना टाउन, लण्डन’ पुगेर एकपटक पुनः चरितार्थ गरेका थियौं ।

 

ताराले त्यहाँ पस्ने निर्णय गरेपछि, म सरासर गोल्डन ड्रागनको नजिक पुगेर ढोकालाई घचेटे, र घन्द्रङ्गै ढोका खोलें । ढोका खोलेर भित्रपस्ने बितिक्कै, भुलभुल उम्लिरहेको गोरुको आन्द्राभुँडी देखेर मेरो मुखमा सरर पानीको भेल छुट्न थाल्यो । जाबो ‘कुन्ताकी बुहारी, भटमास खाकी’ भन्दै बेसरम जिब्रोलाई मनमनै गाली गरें । तर मेरो मनभित्रबाटै उब्जिरहेको त्यस्तो आवेगलाई ताराले केहि चाल पाएकी थिइनन् ।

 

भोजनालय भित्र पस्दै गर्दा हाम्रो अगाडि एकजना बेयरा ठिङ्गै उभिरहेकी थिइन । त्यतिबेला उनीसँग मेरो हल्का आँखा जुध्यो । तर, आँखा जुध्ने बितिक्कै, ‘जि वेई ?’ भनेर उनले मलाई प्रश्न गरिहालिन । मैले प्रतिउत्तर दिने क्रममा ‘लियाङ्ग ग रन,’ भनेर छोटो उत्तर फर्काईदिएँ । त्यति भनेपछि, देब्रेहातले त्यतातिर जानोस भन्दै कुनापट्टिको एउटा सानो टेबलतिर देखाई दिईन । किनभने उनको दाहिने हातले भोजनका मेनुहरु समातिरहेकी थिइन ।

 

म सरासर बेयराले देखाएकी ठाँउतर्फ लागें । तर, ‘चाईनिजहरुको अशिष्ट ब्यबहारलाई मान्नै पर्छ,’ भन्दै तारा भुनभुन गर्दै आईन । उनको भनाईलाई मैले केहि वास्ता गरेको थिइन । किनभने ढोकादेखीभित्र पस्दै गर्दा देखिएको गोरुको आन्द्राभुँडीको स्वाद मेरो जिब्रोमा अघि नै परिसकेको थियो ।

 

म कुर्सीमा आरामले बसें । मेरो पछिपछि ताराले पनि कुर्सीमा ठाँउ ओगटिन । तर, उनी कुर्सीमा बसिसकेपछि एकझलक हाते घडीको समयलाई हेरिन ।

 

‘ए खाना खाने समय त भइसकेको रहेछ ?’ अनि म तिर फर्किन र सुस्तरी बोलिन ।

 

गोल्डन ड्रागनमा डिमसमदेखी खाना सुरु गर्‍यौं । र, अन्तमा तातोतातो तर असाध्यै पिरो गोरुको आन्द्राभुँडी सम्म खायौ । त्यसपछि, सुस्तरी बाहिर निस्केर सडकको पेटिमाथि माथि हिडन थाल्यौं । सबैभन्दा पहिले साफ्टस्बुरी एभेन्युलाई पार गरेर डिन स्ट्रिट भित्र छिर्‍यौ । अनि सरासर ‘२८ डिन स्ट्रिट’ को सिधै अगाडि पुगेर केहिबेर खडा भइरह्यौ ।

 

५ मे १८१८ मा ट्रियर पर्सिया (हालको जर्मनी) मा जन्मेका कार्ल हेनरीक मार्क्स र धर्मपत्नी जेनी फन वेस्टफान पाँचबर्षसम्म तिनै घरमा बसेका थिएँ । उनीहरु त्यस घरमा बस्नुभन्दा अगाडि त्यो घर बेश्याबृतिको लागि प्रयोग भएका थियो । त्यस घरको मर्मतसंहार भएपछि उनीहरु त्यहाँ सरेका थिएँ । त्यस ठाँउमा अहिलेसम्म पनि निलो रङ्गको फलामे पातामा १८५१ देखि १८५६ सम्म कार्ल मार्क्स बसेका थिएँ भनेर ‘ब्लु प्लेग’ टाँसिएको थियो ।

 

ताराले तिनै ब्लु प्लेगलाई देखेपछि, ‘खै फोटो खिच्ने होईन ?’ भन्दै मलाई कोट्याउदै सोधिन ।

 

‘अह नखिच्ने ।’ टाउको उनीतिर फर्काएर क्षुद्र जवाफ दिएँ ।

 

मलाई त्यहाँ पुगेर किन किन तस्विर लिन मन लागिरहेको थिएन । किनभने, त्यसघरको वरिपरि थुप्रै मानिसहरु हिडिरहेका थिएँ । अनि हामी प्रजातन्त्रको जननी राष्ट्रमा थियौं । त्यसैले साम्यबादी ब्यबस्थामा पिता बसेका घरमा तस्विर लिन मलाई हल्का अफ्ठ्यारो महसुस भइरहेका थियो ।

डिन स्ट्रिटको त्यो दिन जनवरी महिनाको थियो । बेलायतमा जनवरी भनेपछि जाडोको उत्कर्ष महिना पर्दथ्यो । अझै त्यसदिन थेम्स नदीदेखि लगातार उडेको पानीको बाफले लण्डनको आकाश कालो र मैलो भइरहेको थियो । बिहानैदेखि मडारी रहेका त्यस्तो कालो बादलदेखी भर्खरै पानी चुहिएँला जस्तै देखिन्थे । त्यस्तो नराम्रो मौसमको बाबजुद पनि मैले डिन स्ट्रिटमा केहि समय बिताएर त्यसघरको इतिहासलाई निक्कै लामो समयसम्म सोचिरहें ।

सन् १८४३ मा जेना युनिभर्सिटी जर्मनीबाट बिद्यावारिधी गर्नुभन्दा पहिले बन र बर्लिन युनिभर्सिटीमा कानुन अध्ययन गरेका मार्क्स त्यसैबर्ष आफुभन्दा चारबर्ष जेठी जेनीलाई बिहे गरेका थिएँ ।

 

उत्पीडित बर्गको आमुल परिवर्तनका पक्षपाती मार्क्स पर्सियन सरकारले देश निकाला गरेपछि उनि श्रीमतीसँग पेरिस पुगेका थिएँ । पर्सियनहरुले फ्रेन्च सरकारसँग मिलेर पेरिसबाट पनि खेद्दो गरेपछि माक्र्स जीवन जोगाउदै ब्रसेल्समा पुगेका थिएँ । त्यहाँ दुईबर्ष समय बिताउँदा लण्डन आएर एङ्गेल्ससँग मिलेर १८४८ मा ‘कम्युनिष्ट घोषणा पत्र’ निकालेका थिएँ ।

 

ब्रसेल्सदेखि निकालिएपछि, सन् १८४९ मा माक्र्स र जेनी सँधै सँधैको लागि लण्डन सरेका थिएँ । उनीहरु लण्डनमा सर्ने बितिक्कै दुईबर्ष जति चेल्सीमा जिन्दगी बिताए ।

 

त्यसपछि, ‘२८ डिन स्ट्रिट’ को दुईकोठे घरमा सरेका थिएँ । त्यति सानो घरमा उसका छ जना छोराछोरीहरु र धाईआमा हेलेन डेमुथ पनि सँगै सरेका थिएँ । माक्र्स डिन स्ट्रिटको यिनै घरमा सरेपछि ‘श्रमिकहरुको धर्मग्रन्थ’ दास क्यापिटल लेख्न सुरु गरेका थिएँ । उनले त्यो पुस्तकको पहिलो अध्यायलाई त्यहाँ नजिकै रहेको ब्रिटिस संग्राहलयको पढने कोठाको ‘जि ७’ कुर्सीमा बसेर घण्टौ घण्टासम्म लेख्ने गरेका थिएँ ।

 

डिन स्ट्रिटमा सरेको बर्ष मार्क्सको जीवनमा एउटा नराम्रो घटना घट्यो । एकाघरमा बसेकी तर विवहा नगरेकी धाई आमा हेलेन डेमुथ अचानक गर्भवती भइन । उनी गर्भवती बनेपछि अब के गर्ने होला, भनेर मार्क्स चिन्तामा भुमरीमा डुब्न थाले ।

उसको घर नजिकै रहेको ‘रेड लाईन’ भट्टिपसलमा मार्क्स र एङ्गेल्स एक बेलुकीसँगै बसेर जाड पिईरहेका थिएँ । त्यँही समयमा हेलेन गर्भवती भएकी कुरो मार्क्सले आफ्नो मित्रलाई बहुत दुखित हुदै सुनाएका थिएँ । तर, हेलेन गर्भवती भएकी कुरो जेनीले चाल पाईन भने उनले आत्महत्या बाहेक अरु केहि गर्ने छैनन् भनेर मार्क्सले बैराग्य हुदै बिलय पोखेका थिएँ ।

 

मार्क्सको कुरो सुनेर एङ्गेल्स धीर सोचाईमा परें । एङ्गेल्सलाई त्यो कुराले ‘नखाउ भने दिनभरीको शिकार, खाउभने कान्छा बाबुको अनुहार’ झै भईरह्यो । किनभने उनीहरु दुवैजना मिलेर पहिले त्यही भट्टिपसलको कुनामा बसेर ‘कम्युनिष्ट घोषणा पत्र’ को दस्ताबेज तयार पारेका थिएँ । तर त्यसदिन एङ्गेल्स भट्टिपसलको कुनापट्टी बसिरहेका भएता पनि ठुलो छाङ्गाबाट खसेको झै महसुस गरे ।

 

‘आ….ठिक्कै छ ! कुनै समस्या छैन ।’ भन्दै एङ्गेल्सले मार्क्सप्रति ठूलो सहानुभुति प्रकट गरे । त्यसपछि एङ्गेल्सले हेलेनलाई भेटेर बच्चाको बाबु म हुनेछु सम्म भनिदिएँ । तर उसको अन्तिम नाम तपाईको नाम ‘डेमुथ’ नै राख्नुपर्छ, भनेर सल्लाह दिएँ ।

 

हेलेन मार्क्सको श्रीमती जेनीलाई अति धेरै माया गर्दथिन । र, बिगत दशबर्ष देखी सँगसँगै बस्दै आएकी थिईन । त्यसैले एङ्गेल्सको भनाईलाई उनले टाउको हल्लाएर स्वीकारोक्क्ति जनाइन । नभन्दै २३ जुन १८५१ मा हेलेनले एउटा छोरोलाई जन्म दिईन, र उसको नाम फ्रेडरिक एङ्गेल्सको सल्लाह बमोजिम ‘फ्रेडरिक डेमुथ’ नै राखिदिइन । तर, त्यो कुरो केवल मार्क्स, एङ्गेल्स र हेलेन बाहेक कसैलाई थाह थिएँन ।

म त्यतिबेलासम्म डिन स्ट्रिटमा एकाछेउमा उभिरहेको थिएँ । र, हेलेन डेमुथको त्यो बाध्यात्मक परिस्थितिलाई सोचिरहेका थिएँ । बिसौं शताब्दीको ‘जिसस क्राईष्ट’ भनेर चिनिने मार्क्सको त्यस कार्यप्रति मलाई थोरै हिनताबोध भइरहेको थियो । आफ्नै घरको धाई आमासँग राखेको अनैतिक शारीरिक सम्पर्कबाट जन्मेको बच्चाको बिषयमा ब्रिस्टल युनिभर्सिटीका कानुन तथा दर्शनका प्राध्यापक टेरेल कार्टरले भनेका त्यो कुरा मैले तिनै कुनामा उभिएर झलझली याद गरिरहें ।

 

त्यस्तो दुखान्त इतिहासलाई मनन गरिरहदाँ डिन स्ट्रिटमा अचानक फिसफिस्से पानी पर्न थालेको थियो । प्राध्यापक कार्टरले हेलेन डेमुथका छोरा फ्रेडरिक डेमुथका जैविक पिता कार्ल मार्क्स नै हुन है, भनेर निचोड निकालेका त्यतिबेला झलझली सम्झिरहें ।

 

‘पुरुष आफ्नो भाग्य नियन्त्रण गर्दैन, महिलाको आफ्नो गुणद्वारा भाग्य निर्माण गरिदिन्छ ।’

 

तिनै बिचारका धनी मार्क्सले जेनीलाई मात्रै होईन । फ्रेड्डिलाई निक्कै ठुलै अन्याय गरेको जस्तो मलाई किन किन लागिरह्यो । तर सबैभन्दा अचम्म के भयोभने, ‘फ्रेड्डिले आफ्नो पिताको हुन भनेर आफ्नो जिन्दगीभरी पत्ता लगाउन नपाउनु साह्रै ठुलो अन्याय हो,’ भनेर माक्र्सका छोरी जेनी एलनोइरले भनेकी कुरोले म झनझन सोचाईमा परिरहेको थिएँ ।

 

‘होइन, तपाई पनि सानोखाले कार्ल माक्र्स नै हुन आटनु भयो कि के हो ?’

म एकाध मनस्थिती बनाएर सडकको कुनामा एक्लै उभिरहेको थिएँ । ठीक त्यहीबेला ताराको उटफट्याङ प्रश्नले मेरो देब्रेछाँतीमा धनुष बाँण प्रहार गरेझै भयो । त्यसपछि, केही नबोलि मैले आफ्ना कदमहरु सरासर अगाडि बढाउन सुरु गरें । म लुखुर लुखुर अगाडि हिडेपछि, तारा पनि मेरो पछिपछी आइन । हामी त्यहाँबाट निस्केर यसो बायाँतिर लाग्यौ । अनि, ‘चमेरा मार्ग’ भित्र पस्यौ । त्यसपछि, केहिबेर सडकै सडक अगाडि बढिरह्यौ । एक छिनपछि ‘टोटनहाम कोर्ट’ ट्युब स्टेसन पुग्यौं ।

 

हामी त्यहाँ पुग्दा ग्रिनविचको समय दिउँसोको साढे दुई बजिसकेको थियो । स्टेसनभित्र पस्ने बितिक्कै आएको पहिलो भुमिगत रेललाई हामीले समात्यौं । लण्डनको हरेक बिहानी र बेलुकी झै दिउँसोको समयमा रेल त्यति ब्यस्त देखिएका थिएँनन् । त्यसैले रेलभित्र छिर्ने बितिक्कै ढोका छेउको एउटा सिटमा म थपक्कै बसिहालें । तारा पनि रुन्चे भाबमा मसँग थपक्कै लपेसिन आईपुगिन । तर उनी आएर सिटमा बसेकी मात्र के थिइन, उनका आँखाका ढकनीहरु गल्याम गुर्लुम बन्द भइहालें ।

 

ताराले आँखा चिम्लेपछि, सुक्ष्म दुखित हुदैहुदै देश निकाला सजाय पाएका मार्क्सलाई सम्झेर केहिबेर घोत्लिरहें । उनले बर्गविहिन समाज मात्रै होइन । अझै राज्यविहिन समाजको पनि कल्पना गरेका थिएँ । जसले उनले जिन्दगीभरी बेलायती नागरिकता निकाल्ने रहर कहिले पनि गरेका थिएनन् । प्रर्सियाबाट देश निकालाको सँजाय पाएपछि उनी आजिबन ‘राज्यविहिन’ नै रहिरहेँ ।

 

‘पूँजीबादले बर्गको बिभाजन गर्दछ ।’

तिनै अलौकिक बिचार लिएर मार्क्सले सन् १८५६ सँधै सँधैको लागि सोहोलाई छाडें । त्यसपछि, जेनी र आफ्ना प्यारी छोरीहरुसँग ‘४६ ग्राफ्टन टेरेस’ मा सरें । मार्क्सले त्यसबेला आफु बाँच्ने एउटै आधार भनेको केवल जेनी मात्रै हुन भन्ने सोचें । त्यसैले उनलाई असाध्यै प्रेम गर्दथे । अझै त्यति मात्रै कहाँ हुनु ? आफु वाचिन्जेलसम्म उनको याद आइरहोस भन्नाको खातिर पाँचैजना छोरीहरुको नाममा ‘जेनी’ भन्ने नाम जोडिदिएका थिएँ ।

 

कार्ल मार्क्स ग्राफ्टन टेरेसमा सरेपछि, क्रमशः ‘दास क्यापिटल’ को पहिलो अध्याय लेख्नमा नै ब्यस्त रहें । अझै कुनैकुनै बेला दिनको बाह्रघण्टासम्म त्यसलाई लेख्ने काम गरिरहन्थे । त्यसरी पुस्तक लेख्दा उसले अन्य केही काम गर्न सकेनन् । जसले गर्दा उनको आम्दानीको श्रोत केहि पनि भएनन् । उसको आर्थिक अवस्था दिनानुदिन नाजुक हुदै गयो ।

 

जेनी र स–साना नानीहरु हरेक दिन दरिद्रताको गहिरो खाडलमा भाँसिदै गएँ । उसको घरको भाडा मात्र महिनामा ३६ स्टर्लिङ पाउण्ड तिर्न पर्दथ्यो । उसको त्यस्तो दयनिय अवस्था देखेर धनाढ्य बाबुको छोरा एङ्गेल्सले ३५० स्टर्लिङ पाउण्ड (अहिलेको ३५,००० पाउण्ड) जति उनलाई प्रदान गरिदिएँ ।

‘चकफाल्म स्टेसन’ पुगेर भुमिगत रेल केहि सेकेण्डको लागि रोकियो । रेलदेखि झरेपछि स्टेसनको चिसो कँक्रिटको भुईमा टकटक जुत्ताको आवाज निकाल्न थाल्यौं । र, मुसाको दुलो जस्तो सुरुङ्गबाट हामी सुस्तरी बाहिर निस्कियौ ।

 

अनि हिडदै हिडदै मैटल्याण्ड पार्क रोडतर्फ लाग्यौं । किनभने, ४६ ग्राफ्टन टेरेसबाट मार्क्स तिनै ‘४१ मैटल्याण्ड पार्क’ मा सरेका थिएँ । मलाई त्यो घरको सामुन्ने पुग्दा किनकिन केही हर्ष र केहि बिष्मतले छोईरहेको थियो । माक्र्सले धेरै मेहनत र परिश्रमपछि तिनै घरमा बस्दा ‘दास क्यापिटल’ पहिलो अध्यायको जन्म दिएका थिएँ ।

 

कार्ल मार्क्स सन् १८७५ देखि १८८३ सम्म तिनै घरमा बसेका थिएँ भन्ने प्रमाण एउटा फलामको पाता चुटेर बनाइएका खैरो रङ्गको गोलाकार ‘ब्राउन प्लेग’ घर बाहिरको भित्तामा लेखेर टालिएका थिएँ । जुन प्लेगलाई ‘क्यामडन नगर परिषद’ लण्डनले निर्माण गरिदिएका थिएँ ।

 

मैटल्याण्ड जनबगैंचाको तिनै घरमा सातजना बच्चालाई जन्मदिने ममतामयी आमा जेनीको सन् १८८१ मा कलेजो क्यान्सरबाट मृत्यु भयो ।

‘बिचरीको आजसम्म रहेछ ।’

 

आफ्नो प्यारी श्रीमतीको मृत्युको बेला दुवै आँखाबाट अलिकति निस्केका र बुँढो नाकको डाँडीसम्म झरेका आँसुलाई एकचोटी पुछेर मार्क्स भित्तातिर फर्केका थिएँ, भन्ने सुन्नमा आएको थियो । उनको मृत्युले बनाएको खाली ठाँउमा भाँसिएर आकुल ब्याकुल बनेका मार्क्स अन्तमा उनको एकल छोरी एलनोइरसँग दुखित जीवन ब्यतित गर्न थाले ।

 

‘बिश्वको सबैभन्दा प्रभावशाली र विवादस्पद राजनीतिक विचारका धोतक,’ दाह्री जुङ्गेले श्रीमतीको मृत्यु भएको दुईबर्षपछि १८८३ मार्च १४, दिउँसोको २ः४५ बजे मैटल्याण्ड पार्कको त्यसघरको एउटा कोठामा अति प्रख्यात तर जता ततै प्वाल परेका कुर्सीमा आरामले बसेर सँधैसँधैको लागि आँखा चिम्लेका थिएँ ।

 

मैटल्याण्ड जनबगैंचा, केन्टिस टाउनदेखी तारासँग रेलबाट सिधै हामी ‘हाईगेट समाधिस्थल’ पुगेका थियौं । समाधिस्थल पुगेर प्रवेशद्वारको पैसा तिर्दै गर्दा अचानक मौसम परिवर्तन भएर गड्याङ्गुडुङ् गर्न सुरु गरेका थिएँ । त्यस्तो मौसम देखेर ताराले मुख तीन बाङ्गो गर्दै फेरि भुनभुन गर्न थालिन ।

 

‘अब फेरि पानी पर्न लाग्यो ? तपाईको जिन्दगीका रहरहरुलाई पनि मैले मान्नैपर्छ ?’

 

उनको त्यो भनाई, मलाई अलिक अप्रासङ्गिक र बेठाँउमा आएको जस्तो लाग्यो । तैपनि उनले मलाई जिन्दगीभरी साथ दिइरहेकी थिइन । त्यसैले, मैले केहि भन्न सकिरहेको थिइन । तर, हाईगेट समाधिस्थलमा पुगेर अनुहार पढदा उनको मन कताकता रोइरहेकी जस्तो महसुस गरिरहेको थिएँ ।

 

टिकट हातमा लिएपछि, हामी प्रवेशद्वारबाट बिस्तारै भित्र पस्यौं । अनि कछुवा गतिमा पुर्वी हाईगेट समाधिस्थलमातर्फ लाग्यौं । जुन ठाँउमा बेलायतका सर्बाधिक लोकपिय्र ८ सय ५० महान ब्यक्तिहरुको समाधिस्थल रहेका थिएँ । जसमध्ये जर्ज एलिएट, क्रिश्चिना रोसेट्टी र डगलस एडम्स मात्र नभएर बामपन्थी नेता पौल फुट र राल्फ मिलिबेण्डको चिहानहरु पनि एकअर्कामा नजिकै देखिन्थें । माक्र्सको परिवारहरु जेनी, हेलेन र एलनोईरका (शेष आत्माहरु) १९५४ मा मात्रै नयाँ चिहान बनाएर सारिएका थिएँ ।

साम्यबादका पिता, ‘कार्ल हेनरिक मार्क्स’ को मृत्यु भएपछि ११ जना मलामिको साथमा उत्तर लण्डनको तिनै ‘पुर्वी हाईगेट समाधिस्थल’ को एउटा कुनोमा अन्तिम संस्कार गरिएको थियो । इतिहासकारहरुले माक्र्सका अन्तिम संस्कारका लागि ११ जना मलामी भनेतापनि अक्सफोर्ड युनिभर्सिटीका सुबिख्यात ‘मार्क्सबादी’ प्राध्यापक डाक्टर डेभिड हार्भीले उपस्थित मलामीहरु जम्मा १३ जना थिएँ, भनेर उनीहरुको नामै उल्लेख गरिदिएका थिएँ ।

 

‘मानवजीवनको लागि सबैभन्दा बढि सोच्ने मानिसले आजदेखी सोच्न छाडिदियो ।’

यी माथिका शब्दहरु मार्क्सको अन्त्येष्टिको बेला एङगेल्सले अन्तिम श्रदाञ्जलीमा भनेका थिएँ । म त्यतिबेला दुखि एङ्गेल्सले भनेका तिनै शब्दहरुलाई सम्झिरहेका थिएँ । र, तिनै कुनामा उभिएर मार्क्सलाई त्यति नजिकबाट हेरिरहेका थिएँ । उनलाई जुन ठाँउमा गाडिएर राखिएको थियो, त्यसको सिधै दुईमिटर अगाडि डाक्टर हर्बट स्पेन्सरलाई राखिएका छन् । मलाई बिकासबादी सिद्धान्तका दर्शनशास्त्री ‘हर्बट स्पेन्सर’ लाई त्यसस्थानमा राखिएको कताकता तर्कसंगत लागिरहेका थिएँन । सम्भवतः त्यसस्थानमा सबैभन्दा सुहाउँदिलो त ‘एडाम स्मिथ’ लाई नै राखिएका भए हुने थियो होला ?

 

किनभने, उनीहरु दुईजनाको दर्शन एकआपसमा ठिक बिपरित ध्रुर्वका जस्तै थिएँ । यदि त्यसो गरिएका भए, ‘पूँजिबादका पिता स्मिथ, र साम्यबादको पिता मार्क्स ’ ले मरोणापरान्त पनि एकअर्कामा हेराहेर गर्दै बिबाद गरिरहेको हुने थिएँ होला ? तर दुर्भाग्यबस, त्यसो नभएर अडाम स्मिथलाई एडिनबर्ग, स्कटल्याण्डमा राखिएको थियो ।

 

कार्ल मार्क्सको देहान्त भएको ७३ बर्षपछि १४ मार्च १९५६ मा ‘मार्क्स संक्षरण कोष’ ले त्यहाँ मार्क्सको स्मृति स्तम्भ बनाईदिएका थिएँ । मार्क्सका त्यो चिहान स्तम्भको बनोट र रुपसज्जा प्रख्यात बेलायती शिल्पकार लरेन्स ब्राडसले गरेका थिएँ । ‘कम्युनिष्ट’ शब्दबाट एकदमै बितृष्णा पैदा भएका बिश्वभरीका मनुष्यहरु त्यहाँ पुगेर मार्क्सलाई नरसंहारका पिता ‘फादर अफ जेन्नोसाइड’ भन्दै पटकपटक स्मृतिस्तम्भमा बर्बरता अपनाउने गरेका इतिहास रहेका छन् ।

 

तर, कार्ल माक्र्सको चिहानमा बनेका स्तम्भलाई नाना भाँती नलेखेको समयमा हेर्ने हो भने, उसको सिधै अगाडि छातिमा लेखिएका यिनै सुन्दर हरपलाई अहिलेसम्म मज्जाले पढन सकिनेछन् ।

‘बिश्व भरिका मजदुरहरु एक हौ ।’

 

लेखक बुईपा, खोटाङका हुन् र हालः बेलायतमा बस्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार