दल अदल बदल कुर्सी कि सेवा भाव !

  तेज कुमार माबो

देश उपनिर्वाचनको संघारमा छ, नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहु(१ मा यहि बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको रस्साकस्सी चलिरहदाँ अप्रत्याशित रूपमा नेपाली काङ्ग्रेसका नेता तथा अर्थतन्त्र मामिलाका जानकार स्वर्णिम वाग्ले पार्टी परिवर्तन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरि टिकट हात पारे । हुनत : उनले नेपाली काङ्ग्रेसबाट टिकट लिन प्रयास नगरेका होइनन तर नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणा देउबा सगँको सम्बन्ध राम्रो नभएका कारण वाग्लेले टिकट पाउन सकेनन ।

 

नेपाली राजनीतिमा एउटा भनाई छ । कुर्सी लागि लोभ देखाउने कान चिरेका जोगी चुनाब लक्षित दल अदल बदल गर्ने,राजनीतिक सिद्धान्तलाई तिलाञ्जली दिई कुर्सी र पदका निम्ति जे पनि गर्ने अझ भनौ २४ घण्टा नबित्दै आज एउटा पार्टीको नेता सुतेको भोलिपल्ट उठ्दा अर्कै पार्टीको भईसक्छ । यहि राजनीतिलाई निरन्तरता दिदै नेता वाग्ले पनि छिन भरमै नेपाली कांग्रेसबाट स्वतन्त्र पार्टीका नेता भई टिकट हात पारि चुनावी प्रचार प्रसारमा होमिएका छन । आखिर नेपाली राजनीति किन यति बिकृत भयो त एक प्राध्यापक तथा पत्रकार कपिल काफ्ले भन्नु हुन्छ, नेपाली राजनीति सेवा हुनु पर्नेमा यो त स्वार्थहरूको झुण्ड राजनीतिमा लाग्ने देखियो यसले नेपालको बिकासको गति अगाडी बढ्न सक्दैन । पछिल्लो समय उहाँले केही सर्बेक्षण पनि गर्नुभएको थियो, त्यसको निष्कर्ष पनि स्वार्थकै लागि मरिहत्ते गर्ने र जुनसुकै नेता वा पार्टी भनौ या अलि सम्भावना भएका मान्छे पनि उस्तै उस्तै भईहाल्ने नेपाली उखान पुष्टि गर्ने काम भईरहेको छ यस्ता प्रबृति देखि नेपाली जनता वाक्क भईसकेका छन उनले भने ।

 

नेपालमा ठुला ठुला राजनीतिक आन्दोलनहरू भएका छन । नेपाली जनताले ठुलो बलिदान गरेका छन । राजतन्त्रात्मकबाट गणतन्त्रात्मक प्रणाली, राणा, पन्चायत बिरोधी भनौ या २०६२/६३को जनआन्दोलन, जनयुद्व, मधेश बिद्रोह, जनजाति, थारू लगायत उत्पीडित समुदायहरूको आन्दोलन यि सबै आन्दोलनहरूबाट राजनीति परिवर्तनहरू संस्थागत भए तर नेपाली जनताको जनजीविकामा खासै परिवर्तन आउन सकेको छैन, अहिले पनि दैनिक पन्ध्र सय जनाको हाराहारीमा बैदेशिक रोजगारीको लागि युवाहरु पलायन भईरहेका छन, बिद्यार्थीहरू नेपालमा पढ्न चाहदैनन् । बिदेश जान्छन यसले बार्षिक अरबौ रूपैया बिदेशी रहेको छ, निर्यात भन्दा आयात बढि छ । देशको आर्थिक स्थिति संकटग्रस्त छ । दैनिक जसो करोडौको भ्रष्टचारको डिल अडियो, भिडियो बाहिरिन्छ तर सरकार कारवाही गर्दैन । यस्तो अवस्थामा राजनीतिक दल र तिनका नेताहरू नेपाली जनताहरूको जनजीविका सम्बन्धि कुनै छलफल बहस हुदैन । कसले के पद पाउने कुर्सी कसरी जोगाउने, सरकार टिकाउने फकाउने, धम्काउने क्रम निरन्तर चलिरहेको छ । नेपाली जनता टुलुटुलु हेरेर बस्न बाध्य छन ।

 

नेपाल अत्यन्तै सम्भावना भएको देश हो । एक चिनिया प्राध्यापकले भनेका थिए । नेपाल सुनको कचौरा लिएर मागिरहेको छ । साच्चै भनौ भने नेपालमा पर्यटनको अथाह सम्भावना बोकेको देश हो त्यस्तै उर्जामा पनि हामी धेरै सफलता हासिल गर्न सक्छौ र बिश्वकै धनि र आर्थिक रूपमा सक्षम बन्न सक्छौ देशले कायापलट उन्नति गर्नेछ तर नेपाली राजनीति स्वार्थ र कुर्सीका लागि हुनुहुदैन जनताको सेवा भावमा हुन पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार