देउरालीलाई कोशी कपको उपाधी

  सिलिचुङ समाचारदाता

भोजपुर । कोशी कप भलिवल २०७५ को उपाधी षडानन्द नगरपालिका १२ देउरालीले जितेको छ । देउरालीले कपसंगै नगद पच्चिस हजार मेडल, प्रमाण–पत्र हात पारेको हो । त्यस्तै दोस्रो हुदै षडानन्द नगरपालिका वडा नम्बर–१३ बोयाले १८ हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने तस्रो हुदै अरुण गाउँपालिका वडा नम्बर–४ चरम्बीले नगर १२ हजार मेडल प्रमाणपत्र हात पार्यो भने सान्त्वना हुँदै षडानन्द नगरपालिका वडा नम्बर–१० साङपाङले ७ हजारमा हात पारेको छ ।
खेलको सर्बोत्कृष्ट खेलाडी अरुण गाउँपालिका चरम्बीका मिलन तामाङ र बेस्ट स्पाइकर षडानन्द न पा १३ बोयाका अर्जुन दर्नाल घोषित हुनु भएको छ । कात्तिक ५ गते देखि ८ गते सम्म सञ्चालन भएको प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको आयोजक क्लव कोशी युवा क्लबका सचिव लक्ष्मण जोशीले जानकारी दिए । त्यस्तै प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई प्रदेश न १ सभासद राजेन्द्र कुमार राइले सम्मान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार