विदेशी संस्कारले संकटमा गाउँघरका मौलिक बाजा

  प्रदीपचन्द्र राई

ठुलाहरुसंग झ्याम्टा बजाउँदै (लोकबाजा) बजाउँदै बालक । तश्विर/प्रदीपचन्द्र राई

 

भोजपुर । हिजोआज हाम्रा गाउँघरमा बिहेकार्जोमा नेपाली लोकबाजाको सट्टा अत्याधुनिक प्रविधी (रेडियो, उफर, साउण्डबक्स, एम्लिफायर जस्ता) को प्रयोजन बढि हुने गरेको छ । बढ्दो आधुनिक परिवेश र विदेशी कलाप्रतिको रुचिले पहिलेजस्तो गाउँघरमा नेपाली लोकबाजाहरु क्रमशः हराउने क्रममा छन् ।

वर्षौँदेखि चल्दै आएको लोपन्मुख मौलिक लोक पञ्चेबाजा जर्गेनाको सट्टा नयाँ युवापिँढीको नयाँ जमानाको प्रविधीमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको हाे ।

परिमार्जित आधुनिकताको प्रत्यक्ष असर पारेसंगै पछिल्ला पिँढीले वास्ता नगर्दा गाउँघरमा बजाईने नेपाली लोक पञ्चेबाजाको मौलिकता हराउने क्रममा छन् । आधुनिक गीतसंगीत र नयाँ प्रविधीका बाध्यबाधनको लोकप्रियताले विशेषगरि गाउँघरमा बजाईने पञ्चेबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिङ्गा र सहनाई) लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको भोजपुर नगरपालिका सिद्देश्वर कात्तिकेका ४६ वर्षीय ध्यान बहादुर परियारले गुनासो सुनाए । भने, ‘खै कस्तो जमाना आयोआयो, आजभोली गाउँघरमा बिहेभोज, कार्जेतिर ठुल्ठुला भुकम्पै चलाउने क्यासेट, रेडिया बजाउँछन् । हामीले बजाउने बाजाको मुल्याङ्कन नै हुन्न ।’
वर्षौँदेखि चल्दै आएको लोपन्मुख मौलिक लोक पञ्चेबाजा जर्गेनाको सट्टा नयाँ युवापिँढीको नयाँ जमानाको प्रविधीमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको गुप्तेश्वर आहालेका ७० वर्षीय टेक बहादुर मोतेले गुनासो गरे । ‘गाउँघरमा आजभोली एकादुई मात्र पञ्चेबाजा बजाउने समुह भेटिन्छ । पछिल्लाले बजाउँदैनन् ।’ उनले भने, ‘गाउँघरमा आजभोली पञ्चेबाजा बजाउन छोडिएकाले भएका बाजाका सामानहरु बिग्रिँदा बनाउने मानिसहरु समेत पनि पार्इँदैन ।’
विगतमा जस्तो गाउँघरमा आजभोली पञ्चेबाजा बजाउन जान्ने मान्छेको कमीले लो्कबाजाको रौनक हराउँदै गएको छ । पछिल्ला युवापुस्ताले पनि मौलिकता भुलेकाले पनि आफनो सस्कृति विर्सँदै गएको बाजा संरक्षकहरुको गुनासो छ । नयाँ युवापिँढीहरु आफ्नो रितीरिवाजभन्दा पनि विदेशी सँस्कार तिर धकेलिएकाले लोकबाजा प्रयोगविहिन बन्दै गएको उनीहरु बताउँछन् । सँस्कृति जर्गेनामा सरोकारवाला निकायको पनि ध्यान नजानाले बाजाको मौलिकता हराउँदै गएको छ ।
धार्मिक आस्थासँगै परम्परागत संस्कृति जोडिएका लोकबाजाहरु आजभोलीका नयाँ पिँढीले रुचाउन छाडेको भोजपुर नगरपालिका बोखिमका ६६ बर्षीय पर्शुराम मोते सुनाउँछन् । पहिले दशैँतिहार चाडबाडको बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकारहरु अहिले कहिँकतै मात्र भेटिन्छन् । पुख्र्यौली पुस्तादेखिको लोकबाजा बजाउँने रितीको जगेर्नामा लाग्दै आएका पर्शुराम मोते भन्छन्, ‘दशैँतिहारका बेला घरघरमा पुगेर सहनाई (लोकबाजा) बजाउँदा घरपरिवारको रोग, बाधा, भुतप्रेत दुर हुने पौराणिक धार्मिक विश्वास छ । उहिले बाबुबाजेको पालदेखि नै चलिआएकोले हाम्रा जातीले मात्र यो लोकबाजा बजाउँछौ । तर आजकलका केटाकेटीहरु बजाउन चाहँदैनन् । हामीपछि यो बाजा कस्ले बजाउला र ?’
विहेलगन, कर्मकाण्ड, ब्रतबन्ध, चाडबाड, जात्रा, रोपाईं, विभिन्न पूजा लगायत धार्मिक एवम् सामाजिक साँस्कृतिक मुल्यमान्यताहरुमा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजाहरु ओझेलमा पर्दै गएको भोजपुर नगरपालिका सिद्देश्वर कोटडाँडाका ३७ वर्षीय राम कुमार सिवाको भनाई छ । उनले पुस्तौँदेखि बजाउँदै आएको पञ्चेबाजाको मौलिकता र महत्व पछिल्लो पुस्ताले बिर्सँदै गएको दुखेसो गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार