नारायण थापाको कुनै दिन त भेट होला सार्वजनिक (भिडियो सहित)

  सिलिचुङ समाचारदाता

काठमाडौं । पछिल्लो समयका जोसिला गायक नारायण थापाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मिलन पछिको बिछोडमा पनि आफ्नी मायालुलाई पुन भेट्ने आशा बोकेको भावमा “कुनै दिन त भेट होला” बोलको गीतको मार्मिक भिडियो सार्वजनिक भएको हो ।

आधुनिक युवा युवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पसी शब्द बुनेका छन् चर्चित गीतकार डा. कृष्णहरि बरालले भने गैरे सुरेसले शब्दको भाव अनुसारकै कर्णप्रिय संगीत गरेका छन् । नारायण थापाको सुनौं लाग्ने स्वर सजिएको उक्त गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् । बुद्ध थापाको छायाँकनमा प्रकाश धितालले निर्देशन गरेको भिडियोमा कमल सिंह, सुस्मिता अधिकारी र जीवन आचार्यले आकर्षक अभिनय गरेका छन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार