५० करोड बराबरको खानेपानी आयोजना सुरु

  सिलिचुङ सम्बाददाता

भोजपुर । लामो समयदेखि खानेपानी संकट हुँदै आएको सदरमुकामको खानेपानी समस्या टर्ने भएको छ । ४९ करोड ७९ लाख ९८ हजारको लागतमा आयोजनाको काम सुरु भएको हो । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी ५० करोड बराबरको लागत सुरु भएको आयोजनाबाट सदरमुकामसहित भोजपुर नगरपालिकाका ५, ६, ७, ८, ९ र १२ वडाका २ हजार २ सय ८० घर लाभान्वित हुने भएका छन् ।
आयोजनाको शिलान्यासपछि आयोजनाको प्रशारण लाइन ३६ किलोमिटर, वितरण लाईन ७६ किलोमिटर गरि जम्मा लाइन ११३ किलोमिटर हुने सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष प्रविन कुमार सुवालले बताए । भने, ‘आयोजनाको शिलान्यास पछि हामीले करिब एक करोड २२ लाख जति रकम ठेकेदारलाई मोविलाईजेसन खर्च भुक्तानी गरिसकेका छौ’ उक्त आयोजना अन्र्तगत टेम्केमैयुङ गाउँपालिका १, तिम्माको तीनभंगालेबाट खानेपानी सदरमुकाम ल्याउने जनाइएको छ ।
दुईवर्ष समयावधिभित्र सम्पन्न गर्नेगरि हुवासुई कन्काई जेभी ठेकेदार कम्पनीले आयोजनाको जिम्मा लिएको छ । ठेकेदार जनसेवक भण्डारीले सम्पूर्ण तयारीका साथ कामको थालनी गरेको र आकास्मिक रुपमा कुनै अवरोध नआएको खण्डमा निर्धारित समयसिमामै आयोजना सम्पन्न गर्ने बताए ।
कामलाई गुणस्तरीय र प्रभावकारी ढंगले सम्पन्न गर्न स्थानीयको माग छ । स्थानीय सम्मर बहादुर मोक्तानले भने, ‘विगतमा अन्योल थियो, कामको शिलन्यास भएपछि पानी आउनेमा हामी ढुक्क छौ, यसले पानीको समस्या समाधान हुने आशा छ’ उपभोक्तालाई वितरण गरिने खानेपानी लागि दुईटा प्रशोधन ट्याङ्की, ६ वटा इन्टेक र १० वटा पानीपोखरी निर्माण गरिने जनाईएको छ । आयोजनाको निर्माण सम्झौता २०७५ चैत्र १७ गते काठमाण्डौमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार