भाेजपुरमा अज्ञात समूहले महिलाको दुवै स्तन काटे दिए

  सिलिचुङ सम्बाददाता

भाेजपुर  । भोजपुरको षडानन्द नगरपालिका ८, तुङ्गेछाको सेमेङमा एक अज्ञात समुहले महिलाको दुवै स्तन काटिदिएका छन् । घटनामा स्थानीय सुब्बा तामाङकी श्रीमती ३० वर्षिया विणा तामाङ गम्भिर घाईते भएकी हुन् ।
बुधबार विहान करिब ११ बजे स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी तामाङको मकुण्डोधारी २ जना अज्ञात समुहले स्तन काटेर भागेको गम्भिर घाईते विणाकी देवर धनबहादुर तामाङले बताए । उक्त समुहले कपडा धोईरहेकी महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भिर घाईते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।
उनको दिंलामा उपचार हुन नसकेपछि थप उपचारकाे लागि विपी काेइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय दिंलाका ईन्सपेक्टर अमनलाल माझीको कमाण्ड टोली घटनास्थलमा पुगेको र फरार समुहको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार