भोजपुरमा भाईले चिर्पटले हान्दा दाईको ज्यान गयो

  सिलिचुङ समाचारदाता

भोजपुर। जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ धाउखानीमा भाईले चिर्पटले हान्द दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सुवास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादकपदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोसेर भाईले दाईलाई प्रहार गर्दा घाइते भएकोमा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सुवासको घरैमा उपचारको क्रममा मृत्यु भएको हो । हत्या गर्ने भाईलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार