“मेरो भन्दा हजार गुणा बढि हजुरको प्राणको माया लाग्छ,” भन्ने युक्तिलाई थाती राखेर हृदयघातबाट मेरी श्रीमती सधैको लागि म सँग बिदा भईन । उनले यस धर्तीलाई छाडेर जादाँ म भर्खर पचासौ हिउदँलाई पार गर्दै थिए । मेरी प्राण प्यारीको मृत्युपछि मेरो जिन्दगीमा बिकराल अन्धकारले छोयो । मेरा गाउँका दाजु भाईहरुले मलाई दोश्रो बिबाह गर्नुपर्छ भनेर सर सल्लाह दिन थाले । पहिले पहिले सबैको भनाईलाई ठाडै अस्वीकार गरि दिए । तर जब समयले कोल्टे फेर्दै गयो । मेरो एकोहोरो अडानले त्यति धेरै लामो समय सम्म टिक्न सकेनन ।
अर्को नयाँ हिउदँ नयाँ सपनासँग भौतारिदै आयो । एउटा बंगुरको पाठो काटेर टारी गाउँको एउटी बिधवालाई त्यस हिउदँमा मैले घर भित्राए ।
सर्मिला उमेरले म भन्दा दश बर्ष कान्छी थिईन । हाम्रो बिहेपछि जिन्दगीको चर्खा फरक फरक रफ्तारले घुम्दै गयो । दिन, रात, हप्ता र महिना सँगसँगै बित्न थाले । घाँस दाउरा गर्न बन जंगल जान थाल्यौ । उमेर ढल्किदै गएपनि समयको गतिले हामीलाई थोरै रोमाञ्चकारी बनाउदै लग्यो ।
हाम्रो बिबाह भएको अर्को बर्ष भगवानले कृपा गर्नु भयो । श्रीमतीले एउटा छोरो जन्माईन । त्यतिबेलासम्म म निसन्तान थिए । छोरोको आगमानले हाम्रो परिवारमा मात्र नभएर पुरै छिप्तीको आकाश नै हर्षित भयो । त्यसपछि गाउँका मानिसहरुले नै राखेका ‘निसन्तान’ उपनाम उनीहरु आफैले बिस्तारै हटाउन थाले ।
छिप्तीमा बर्षाको समय थियो । दिनभरी आकास रोई रह्यो । दम्कु खोला गर्जेको आवाज आँगनको डिलबाट नै सुन्न सकिन्थ्यो । गोधुली साँझमा झरिले बिदा लियो । दिलुङ्माबाट उभो उभो लागेको बतासले मेरा गालासँग लुकामारी खेल्न थालेको आभाष हुन्थ्यो । म भर्खरै जन्मेको छोरोको मुहारलाई हेरेर मेरो बिगतलाई कोट्याउन थालेको थिए । जाबो मुल्यहीन जिन्दगी गुजार्न मैले के गरे वा के गरिन ? मेरो मेहनत र परिश्रम कहाँ पर्यो वा कहाँ परेन ? अहिले सबै इतिहास भै सकेका थिए ।
मलाई पापी समयले त्यसबेलासम्म निसन्तान मात्रै बनाएको थिएन । धन, दौलत र सुखसँग पनि बञ्चित गरिरहेको थियो । तर अहिले मेरो आर्थिक अबस्था जति नाजुक भएपनि पचास बसन्तपछि छोरोको सुकोमल मुहार मेरा नयन अगाडी पर्दा अति प्रशन्न मुद्रामा थिए । तर छोरालाई एउटा ठुलो मान्छे होईन कसरी असल मान्छे बनाउने होला भनेर सानो पिरमा पनि थिए ।
जति जति रात छिपिदै जान्थ्यो, त्यति त्यति मेरो मुहार निरास बन्थ्यो, मैले जिन्दगी भरी स्कुल टेक्ने अवसर पाएको छैन । त्यसैले समयको चक्रसँगै दुई पाखुरी बजाएर खाई रहेको थिए । प्रत्येक बर्षको हिउदँहरुमा सुर्यको पहिलो किरणसँगै सुन्तला बोक्न भुटान पुग्ने गर्दथे । तीन महिनापछि गोजिमा थोरै भारु ल्याउथे र बर्षा भरिको ऋण तिर्थे । गैती र बेल्चाको सहयोगले दार्जिलिङ्ग र खस्र्याङका घुमाउरा बाटाहरु बेजोडले खनेका थिए । गुम पहाड, जलपहाड र भोटिया बस्तिले हत्केलामा दिएका चोटका उपहार मेरा लागि आजिबन सुरक्षित प्रमाणपत्रहरु भएका थिए ।
बेलुकीको समय सुनसान थियो र आफ्नै गतिमा बहदै गयो । चिउँडोमा हात राखेर मस्त सँग निन्द्रामा भएको छोराको दुधे ओठलाई एकोहोरो हेरी रहेको थिए । अनि मैले बिताएका तिनै भयभित दिनहरुलाई छोराको मुहारमा झलझली देख्न थाले ।
छोरा गौरबको साथ तिम्रो अगाडी भन्छु । गिद्धे पहराको छाती मैले नै चिरेको हुँ । जहाँ आजभोली बङ्गालीका चिल्ला कारहरु सलल गुडछन । दुधिया देखी सुकुनासम्मको बाटोको रुपरेखा निकाल्दा मैले पसिनाको खेती गरेको थिए । ‘कार्टर रोड’ हुदै खस्र्याङ्ग पुग्ने बाटोमा मेरो रगतका थोपा थोपाहरु सिञ्चित छन । अझै मैले गरेको दुखको पहाड थपौ भने नाम्ले बनेर सिलगुडी देखि जलपाईगुडीसम्म कैयाको समान बोक्दा मेरा शरीरबाट छुटेका मेहनतका पसिनाले पबित्र गंगामा भेल गएको थियो ।
अहिले तिमी मस्त निन्द्रामा छौ । नागाल्याण्डको उखुबारी र आसामको कोईला खाँदबाट ल्याएको कालाज्वरले बेला बेलामा मेरो हृदय अहिलेसम्म स्खलित हुने गर्दछ । मेरो त्यो दशाको दिन सकिएपछि भुटान, दार्जिलिङ र आसाम जान छाडेको थुप्रै बर्ष भयो । तै पनि आलुबारी र कालेबुङमा देखिएकी मैना चरिहरुको याद यति बेला सम्म गरि रहेको छु ।
टिस्टा र रङ्गितको त्रिबेणी किनारमा पाते स्याउलाले गोठ बनाएर आगो ताप्दै ताप्दै बसेको थिए । पुरै हिउदँ आरा काटेर बिताएको बितृष्णा मेरो मस्तिष्कमा अझैसम्म ताजै छन । सात फिटे काठको बाकल बोकेर सिक्किमको जोरथाङदेखि नाम्चि सम्म पुर्याएको याद सपनीमा देखेर अहिले पनि झस्कन्छु । मैले यस धर्तिमा त्यसरी नै पचास हिउदँहरु कटाएका थिए ।
जिन्दगीले अद्योगति लिन थालेपछि पैसाको खोजी गर्दै पुर्व जान चट्टै छाडी दिए । छोरा जन्मेको अठार बर्षपछि भाग्यले मलाई अलिकति साथ दियो । स्थानिय गल्लामा उतिर्ण हुदै हुदै छोरो बेलायती सेनामा भर्ती भयो । छोरो बेलायत पुगेपछि मेरा दुखका दिनहरु काँशी पुगेको महसुस गर्न थालेका थिए ।
छ महिना पछि छोराले लेखेको एउटा चिट्ठी लिएर थिरे हुलाकी हाम्रो घरमा आयो । हाम्रो हातमा चिट्ठी पर्ने बितिक्कै जतन गरेर राख्यौ । भोलि बिहान दुवै जना सुन्दर मास्टरको घरमा पुग्यौ । सुर्यको प्रकाश भुईमा नखस्तै मास्टरले चिट्ठी खोलेर हाम्रो सामु पढि दियो । अर्को पटक चिट्ठी पठाउँदा खेत किन्न पैसा पठाउँछु भनेको थाहा पाउँदा सर्मिलाको आँखा हर्षले रसायो । त्यसदिन देखि पैसा आउने तिनै रमाईलो दिनको प्रतिक्षा गरेर हामी बस्न थाल्यौ ।
गाउँको समय दिखुवाको अबिरल पानी झै बहि रह्यो । छ महिनापछि अको पत्र लिएर हुलाकीले हाम्रो घरमा दोश्रो चोटी उपस्थित जनायो । हुलाकी आई पुग्ने बितिकै सर्मिलाले छ महिना पुरानो कोदोको जाँड बनाएर डबका भरि दिईन । चिट्ठी छाडेर हुलाकी जाँडको सुरमा बुईपा जान उकालो चढ्यो । म खुशीले गदगद हुदै चिट्ठि पढने मास्टरको खोजि गर्न थाले ।
मास्टर बेलुकी पख घरमा आएर चिट्ठी पढिदियो । छोराले चिट्ठि भित्र बेलायती एक सय स्टर्लिङ पाउण्डको ‘ट्राभल चेक’ पनि पठाई दिएको थियो । जसलाई नेपाली पैसामा रुपान्तरण गर्दा दश हजार हुन आउँछ, मास्टरले हामीलाई खुशी हुदै सुनाएको थियो । बुढेसकालको छोरोले त्यति बिघ्न पैसा पठायो भनेर मास्टरले एक कान दुई कान मैदान बनाएर छिप्ती पुरै हल्लायो ।
ट्राभल चेक लिएर भोलि बिहानै जिल्ला सदरमुकाम लागे । दिक्तेल नगएको निक्कै लामो समय भएको थियो । बैकं कता पर्छ भनेर हिडदाँ भेटेको मानिस जति सबैलाई सोधे । बल्ल बल्ला बैंङ्क पुगेर मानिसको हुल भित्र छिरे । निक्कै लामो समय पछि मेरो पालो आयो । बैङ्कंको कर्मचारीलाई चेक देखाएर पैसा मागे । उसले मेरो नागरिकता माग्यो । म सँग नागरिकता थिएन । त्यसको सट्टामा मेरो नाम र ठेगाना बताए । बिना नागरिकता चेक साटन नमिल्ने कुरो उसले पटक पटक दोहो¥याए । मैले नागरिक्ता कहाँ पाउन सकिन्छ भनेर तिनै कर्मचारीलाई सोधे । पहिले फोटो खिच्न जानुहोस र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएर आउनोस भन्यो ।
उसैले भ¥याङ्ग गैराको ‘बिश्वास फोटो पसल’ देखाई दियो । फोटो खिच्न त्यतै तर्फ लागे । फोटो पसलेले आज फोटो खिच्ने र फोटो लिनको लागि भोलि आउनोस भन्यो । म धेरै टाढाबाट आएको हुँ । अझै सत्तरी बर्ष पुगेको दमको रोगि बुढो छु भने । धेरै बेर हिडन सक्क्तिन त्यसैले आजै मिलाई दिनुहोस भनेर बिन्ति बिसाए । तर उसले मेरो कुरोको टेर पुच्छर लगाएन । बरु उल्टै दस रुपैया जमानत पनि लाग्छ भन्यो ।
फोटो खिचेर जमानत राखि छाडे । बेलुकी थकित अबस्थामा घर पुगे । आजको दुख देखेर फेरि अर्को चोटी दिक्तेल नजान नपरे पनि हुने जस्तो भयो । सर्मिला र मास्टरलाई दिनभरीको बृतान्त कथा सुनाए । मास्टरले नागरिकता निकाल्नको लागि बुईपा गएर फाराम भर्नुपर्छ भनेर सल्लहा दियो । भोली पल्ट मास्टरसँग बुईपा बजार गयौ र उसले फाराम भर्न थाल्यो ।
नाम : पञ्चशेर राई
बाबुको नाम : हर्कशेर
बाजेको नाम : निरशेर
जन्म मिती : माघ १५, १९३७
वतन : बुईपा ग्राम पन्चायत ३ – छिप्ती
जिल्ला : खोटाङ
मास्टरले भरेको फाराम लिएर अर्को दिन दिक्तेल पुगे । फोटो दोकान बन्द थियो । ढोका बाहिरबाट टकटक गरे पनि कोही देखा परेनन । लाठी टेक्दै दिक्क्तेल पुगेको थिए । तिनै लाठिले ढोकालाई हिर्काएर ठुल्ठुलो आवाज निकाल्न थाले । भित्रबाट एक जना महिला ‘कसलाई खोजेको हो ?’ भन्दै कराउदै निस्किन । फोटो दोकाने सोकाने छैन भनेर लबस्तरीले भुन भुन भन्किदै ढोका बन्द गरिन । उनको त्यस्तो बानी देखेर रिसले कानपरो तातियो । उनीभित्र पसेपछि ढोकालाई झन कसेर हिर्काउन थाले । ढोकाबाट आएको ठुल्ठुलो आवाजले वरिपरिका दुई चार जना मानिसहरु त्यहाँ भेला भए । केही बेरमा अस्ती फोटो खिच्ने मान्छेले ढोका खोलेर मरिन्च्यासे अनुहार देखा पर्यो ।
“के चाहियो ?” मलाई देख्ने बितिक्कै उ झर्कियो ।
“म फोटो लिन आएको हुँ ।”
“फोटो खिचेको प्रमाण छ ?”
म सँग केही प्रमाण थिएन । बाबुले नै अस्तिको दिन मेरो फोटो खिचेको हो र दश रुपैया जमानत पनि राखि छाडेको थिए मैले नम्रताको साथ भने । उसले म मातेको छु भोलि आउनु भन्यो । म टाढाबाट आएको हुँ त्यसैले आजै चाहिन्छ भनेर जबरजस्ती गर्न थाले । म सँग उसले झगडा गर्न खोज्यो । मैले लट्ठी टेकी रहेको थिए । त्यही लट्ठीले एक सुम्लो बजाई दिए । ‘ऐय्या मार्यो,’ भनेर ऊ करायो । वरिपरि जम्मा भएका रमितेहरुले मलाई पक्रेर राख्यो । केहि बेरमा थानाबाट दुई जना प्रहरीहरु आए । मलाई प्रहरीले पक्रेर थानामा लग्यो । सदरमुकाममा आएर मान्छे हिर्काउनु हुन्छ भनेर मलाई प्रहरीले मलाई बेस्सरी गाली गरे । मलाई फोटो नदिएर म अन्यायमा परेको प्रहरीहरु लाई निबेदन गरे । तै पनि थानेदारले मलाई एक रात खोरमा थुनेर राख्यो । र भोलि बिहान फोटो दोकान नजाने सर्तमा छाडी दियो ।
भोलि दिउँसो घर पुग्दा सर्मिला पिरमा थिईन । एक रात बास बसेर पनि पैसा नलिई आउनु भो भनेर उनले सोधिन । म रुग्न अबस्थामा थिए नजबाफ बनेर खाली आकास हेरिरहे । छोराले पठाएको पैसा लिन जाँदा जेल यात्रा गरेर फर्केको दुखान्त कथा उनलाई स–बिस्तार सुनाए ।
बेलुकी मास्टर हाम्रो घरमा टुप्लुक्क आई पुग्यो । मेरो दुखद दिक्क्तेल यात्रा उसलाई पनि भने । हलेसीमा एक जना धनाढ्य मानिस बस्छन । ऊ ज्यादै धनि भएकोले देश परदेश खाई रहन्छ । उसले चेक साटने काम पनि गर्छ भन्ने स्कुलमा सुनेको थिए, उसले भन्यो ।
मास्टरको कुरो सुनेर मेरो मन फुरुङ्ग भयो । झन सर्मिलाको अनुहारमा सुनौला आशाका किरणहरु पलाए । बेलुकी शर्मिलाले अलिकति मकै भुटिन र जातोमा पिसेर मेरो लागि साथु तैयार बनाईन । साथु र एक जर जाँड पोका पारेर म भोलि बिहान हलेसीको बाटो तताए । बेलुकीको रक्त्तिम सुर्य भोम्जु डाँडाको क्षितिजमा बिलय हुने तरखर गर्दै थियो । छापडाँडाको लहलह मकै बारी पार गर्दै म मिनशेर राईको घरमा पुगे ।
“मालिक घरमा छैन, यदि घरमा भएपनि बेलुकी मान्छे भेटने चलन छैन ।” काम गर्ने नोकरले छाडेको पहिलो आवाज मेरो कानमा बेखुशी साथ बज्र्यो ।
आज कतै गएर बास बस्नु र भोली बिहान सात बजे नै हाजिर हुनु नोकरले मलाई उर्दी जारी ग¥यो । एक्कै शब्द नबोली म त्यहाँबाट निस्केर हिडे । नोकरले भने झै भोली बिहान सात बजे नै मैले हाजिर जनाए । उसले घर बाहिर बार्दलीमा बस्दै गर्नु भन्यो । त्यहाँबाट देखिएको दुर्छिमको भयानक जखमी पहिरो हेरेर एक घण्टा समय बिताए । त्यसपछि घर भित्रबाट मलाई बोलाहट भयो । कतै काम नमिल्ने हो कि भनेर थोरै त्रसित मुद्रामा भित्र पसे । र मिनशेरलाई देख्ने बितिक्कै दुवै हात जोडेर निहुरिदै नमस्कार गरे ।
“बस्नु होस १ अनि कहाँ बाट पाल्नु भयो ?” भुईमा ओछ्याईएका गुन्द्रीतिर संकेत गर्दै उहाँको स्वर गुन्ज्यो ।
“बुईपा,” छोटो उत्तर फर्काए ।
“ए, बुईपाका मानिसहरु सोझा, सिधा, मिलनसार र अति इमान्दार हुन्छन । अनि के कति कामको लागि आउनु भयो ?” थोरै मुस्कान सहित प्रश्न गर्नु भयो ।
“छोराले बेलायतबाट एउटा चेक पठाएको थियो । दिक्क्तेलमा साटनको लागि नागरिकता थिएन । त्यहि भएर हजुरको नाम सुबास सुनेर उपस्थिति जनाएको हुँ ।” दुवै हात जोडेर मैले उहाँलाई चेक टकर्याए ।
मिनशेरले चेक हेर्ने बितिक्कै यसको कुनै काम छैन भन्दै फर्काई दिनुभयो । एकदम पुरानो पनि भयो छ, यो एक सय रुपैयामा पनि जादैन । यधपि तपाईको नागरिकता भएता पनि बैङ्क पैसा दिदैनथ्यो । हेर यति टाढाबाट बिना सित्तिमा दुख मात्रै पाउनु भयो ?
उहाँको कुरो सुनेर मेरा मन खिन्न भयो । जिन्दगी भरि ठेक्कामा अर्काको खेत कमाएको थिए । त्यो पैसाले खेत किनेर आफ्नै खेत जोत्ने सपना बुनेको थिए । सोच्दै नसोचेको उत्तर पाएपछि मेरा सपना चक्नाचुर भयो र ठुलो छाँगाबाट म बङलङ्गै खसे । अनुहारमा कालो निलो बादल मडारिन थाल्यो । रिङ्टा चल्ला जस्तो भयो । सर्मिलाको घनिभुत याद आयो । आज पनि रित्तै हात फर्कदा उनको मन कति जल्दी हुन भनेर ठुलो सोचमा परे ।
अर्ध बेहोस भएर एकोहोरो कोठाको पर्खाललाई हेरि रहेको थिए । अचानक ‘रणे’ भन्ने आवाज मेरो कानमा बज्र्यो । ऊहाँले छाडेको त्यो आवाज सँग सँगै नोकरले त्यहाँ उपस्थित जनाई हाल्यो ।
“उहाँ बुईपाबाट आउनु भएको रहेछ । झट्टै एक डबका जाड ल्याउनको लागि निलालाई भन्नु । अनि खानाको पनि ब्यबस्था गर्नु । बिचरा बुढो मान्छेले दुख मात्रै पाउनु भयो, हिडेर बुईपा जान निक्कै समय लाग्छ ।”
रणेले कोठा छाडेपछि बाताबरण सुनसान भयो । कछुवा तालमा निलाले एक डबका जाड ल्याएर मेरो अगाडि थपक्कै राखि दिईन । हिजो बेलुकी देखी मेरो मुखमा एक थोपा पानी परेको थिएन । सिसी फालेर एक्कै स्वाटमा डबका खाली गरि दिए । त्यसपछि बिष खाएको मुसा झै केहि नबोलि झोक्राई रहे ।
“म तपाईलाई केहि सहयोग गर्नु सक्छु ।” मेरो हालत देखेर एक छिनपछि फेरि उहाँले नै मुख खोल्नु भयो ।
सर्मिलाको माया, प्रेम, स्नेह र यादले थरर कापि रहेको थिए । त्यहि भएर मेरो मुखबाट एक्कै शब्द फुत्किन सकेको थिएन । कम्ति स्वरमा, “पैसा लगेर मेरी श्रीमती लाई खुशी बनाउने रहर गरेको थिए ।”
“ठिक्छ,” उहाँले भन्नु भयो ।
त्यसपछि उहाँको कदम म तिर अगाडि बढ्यो । मेरो नजिकै आएर फेरि चेक माग्नु भयो । चेकलाई दोश्रो चोटी हेरेर अर्को कोठा भित्र जानु भयो । हातमा एउटा चिट्ठीको खाम लिएर केही बेरमा मेरो नजिक आउनु भयो ।
“बुढो मान्छे १ मैले तपाई लाई धेरै ठुलो मद्दत गरेको छु । यो लगेर तपाईको श्रीमतीको अगाडी खोल्नु होला ?”
चिट्ठीको खाम पाएपछि म हर्षले बिभोर भए । चाउरी परेका मेरा गालाहरु खुशीले पुर्ण भरिएको झै महसुस गरे । प्रशन्न मुद्रामा अर्खाैले र बिजुले पार गर्दै बेलुकी घरमा पुगे । ‘सर्मिला, सर्मिला’ हाम्रो खेत किन्ने सपना पुरा भयो भन्दै घर बाहिर देखि नै कराए ।
“छोराले पठाएको पैसाको खाम तिमी आफैले खोल्नु,” सर्मिलालाई भने । मेरो कुरोले उनको अनुहारमा खुशी छायो । उनका नयनहरु रसिला रसिला भए । चिीट्ठको खामलाई बिस्तारै खोल्दा हजार रुपैया मात्र फेला प¥यो । त्यति थोरै पैसा देखेर सर्मिला अबाक बनिन ।
मैले पुर्पुरोमा हात राखेर –
“छोरा १ गरिब त त्यसै थिए नै तर ‘द्रब्यपिशाच ’ मिनशेरले मलाई झन गरिब बनाई दियो ।”
अक्सफोर्ड, बेलायत ।