यौन कथा : “आम्सटर्डम बेश्यालयको ब्रोन्ज ब्रेस्ट”

अवतरण हुनै लागेको बिमानले अचानक उचाई लिदाँ मेरा मनभित्र हल्का तरङ्गहरु उत्पन्न भइरहेको थियो । एक्कासी बिमानले उच्च गति लिएर आकास छेडन खोज्दा, ‘आम्मै ! पटकेले मार्छ कि के हो ?’ भन्ने शब्द मेरो दायाँतिर बसेकी युवतीले अतालिदै भनिन । हतासमा आएको उनको त्यो बोली सुन्दा उनी निश्चय पनि क्लेनेथ्लिकी बासिन्दा हुनुपर्छ भन्ने लाग्यो । किनभने, म क्लेनेथ्लीको नीजि कलेज ‘सेन्ट माइकलमा’ बिगत दुइबर्ष देखि लगातार अध्यायन गरिरहेको थियो । र, त्यहाँका मानिसहरुले बोल्ने भाषाको लवज राम्ररी बुझ्ने भइसकेका थिएँ ।

 

रायन एयरको बिमानले कार्डिफदेखि आम्सटर्डमको यात्रा पुरा गर्नै लागेको थियो । तर, अचानक आकासिएको बिमानले चक्कर मार्दा अंग्रेजी च्यानलको पानी हामी भन्दा माथि परेको जस्तो मलाई अनुभुत भयो । त्यसै त आम्सटर्डम सहर सामुन्द्रिक सतहभन्दा दुई मिटर मुनिरहेको थियो । त्यसरी चक्कर मार्दा सहर झन मृत सागर भन्दा गहिरो होलाझै लागिरहयो । म त्यसबेला बिमानको झ्याल नजिकको सिटमा बसिरहेको थिएँ । त्यसैले मेरो आँखै अगाडि परेको त्यति धेरै सामुन्द्रिक पानीसँग डराएर हतार दायाँतिर फर्किन बाध्य भएँ ।

 

 

मेरो दायाँतिरका सिटमा एउटी युवती बसिरहेकी थिइन । उनी डरले एक पोका परिरहेकी थिइन र उनको अगाडिको कुर्सीको कान मज्जाले समाति रहेकी थिइन । थरर कामिरहेका तर छुँदा मैला पर्ने उनका सेताम्मे तिघ्राहरु मैले त्यसबेला एकदम नजिकबाट नियालिरहेका थिए । साघुँरो शरीर भएको एअरबस ए ३२० ले उश्रंखलता देखाँउदा युबतीलाइ मात्रै होइन, मलाई पनि हल्का त्रास उत्पन्न भइरहेकै थियो । तर हसिली चेहरा भएकी बैसालुको अगाडि के डर देखाई हाल्ने है भनेर म नडराएझै गरिरहेँ ।

 

 

एकछिनपछि बिमानको सिलिङदेखि टिङटङ…गर्दै सानो आवाज आयो । त्यसपछि कप्तान केभिन हन्टले उत्तरी सागरबाट अचानक आएको मिसाहा हावाले बिमान अवतरण गर्न गाह्रो भएको कुरो तिनै ध्वनीप्रसारक यन्त्रदेखि उदघोषण गरें । त्यसैले हामी एअर ट्राफिक कन्ट्रोलको निर्देशन बिनानै ‘गो राउन्ड’ गरिरहेका छौ भन्ने कुरो पनि उनले यात्रुहरुलाई जानकारि गराएँ ।

 

 

गत रातदेखि पश्चिमी युरोपभरी बेस्सरी हिउँ परिरहेको थियो । माथि आकासबाट आम्सटर्डम सहरको अनुहार हिउँले गर्लम्मै ढाँकिरहेको स्पष्ट देख्न सकिन्थे । तर, तिनै सेताम्मे सहरको बिमानस्थलमा सामुन्द्रिक नुन छर्किएर अलकत्रको थोरै मुहार खोलिएका थिएँ । त्यति नराम्रो मौसमको बाबजुद पनि जबरजस्ती बिमानले अवतरण गर्नुपर्दा केही समय अगाडिदेखि नै मेरा मनभित्र भय उत्पन्न भइरहेको थियो ।

 

दोश्रो चोटीको प्रयत्नमा बिमानले सिफोल अन्तराष्ट्रिय बिमानस्थलमा सकुशल अवतरण ग¥यो । बिमानले जमिन टेक्ने बितिक्कै हातेझोलालाई दाहिने काँधमा भिरेर मैले अध्यागमनलाई पार गरिहालें । त्यसपछि केहीबेर हिडे र यात्रु प्रतिक्षालय हलमा पुगें । तीनै हलमा आन फ्रेन्कसँग भेटने हाम्रो अग्रिम सल्लाह भएको थियो ।

 

आनसँग मेरो परिचय सामाजिक सञ्जालमा भएको हो । त्यसपछि हामी फोनमा पटक पटक बोलिरहेका थियौ । यद्यपि त्यसबेलासम्म हाम्रो शारीरिक भेटघाट भइसकेको थिएनन् । उनी यहुदी हुन् र उनकी परिवार पहिले राइन नदीको किनार नजिकै डोइजबर्ग, जर्मनीमा बस्दथे । नाजिहरुको अन्याय खेप्न नसकेर जीवन बचाँउने उद्देश्यले उनका परिवार नेदरल्याण्ड छिरेका थिएँ । आन अठारबर्ष पहिले रोटर्ड्याममा जन्मेकी थिइन । त्यसपछि उनी स–परिवारसहित आम्सटर्डम बसाईसरेका थिएँ ।

म प्रतिक्षालय हलमा पुगेपछि आनलाई फनफनी खोज्न थालेका थिएँ । प्रतिक्षार्थीहरुको भिडभित्र साढे पाँच फिटजति अग्ली, कैलाकेश, लामो मोहडा, गोरी अनुहार, थोरै चुच्चा नाक घुर्माइलो आँखा र पुक्कपुक्क स्याँउजस्ता पोटिला गाला मेरा नयनहरु सामन्ने कतै परेनन् ।

 

आनको अनुहार कतै देखा नपरेपछि मलाई सामाजिक सञ्जालसँग थोरै शंका उत्पन्न हुन थालेका थिएँ । तै पनि आवेशमा आएर सामाजिक सन्जाललाई गालि गरिहाल्ने पक्षमा पुगिसकेका थिइन । हुन त सामाजिक सन्जालले पटक पटक मानिसहरुलाई फसाएको खबरहरु सुनिरहेको थिएँ । तर लरतरले अरुले भनेको कुरोप्रति त्यति चाँडै बिश्वास गरिहाल्ने मेरो बानि थिएनन् । तर, आम्सटर्डमको मौसम पटक्कै राम्रो थिएनन्, त्यसैले सायद बाटोमा आउदै होली भनेर केहिबेर चित्त बुझाएर बसिरहें ।

 

प्रतिक्षालय नजिकै कोस्टा कफिको दोकान थियो । त्यहाँ एउटा कफि लिएँ र थपक्कै कुर्सीमा बसेर पिउन थाले । गोजिदेखि मोबाइल निकालेर उनलाई फोन गरें । तर, उनको फोन स्वीचअफ थियो । उनलाई टेक्स्ट गरेर बिमानस्थलमा आइपुगेको छु है भन्ने समाचार लेखेर पठाएँ ।

 

समयको हुरीले अस्तीको दिनदेखी जनवरी महिना भित्र्याइसकेका थिएँ । जसले गर्दा प्रतिक्षालय बाहिर फुसफुसे पानी परिरहेको थियो । बाहिरको बातावरण हेर्दा हिउँ, झरि र आम्सटर्डम एकअर्कामा पर्यायवाची शब्दहरु हुन कि जस्तो मेरो मनभित्र लागिरहेको थियो । म तिनै फुसफुसे झरीलाई गहन तरिकाले नियालेर मन्त्रमुग्ध बनिरहेको थिएँ । अकस्मात मेरो मोबाइलको पटलमा टिङरिङ गर्दै एउटा टेक्स्ट म्यासेज टुप्लुक्कै देखापर्‍यो ।

 

‘जोनाथन ! म अहिले आमस्टर्डम शिक्षण अस्पतालमा छु । गतराति मेरो बाबु र आमा कार दुर्घटनामा पर्नुभयो । झिसमिसे बिहानीमा चिकित्सकहरुले आमालाई मृत घोषणा गरिसकेका छन् । बाबुका हालत एकदम दयनीय छ । अहिलेसम्म उहाँ सघन उपचार केन्द्रमा रहनु भएको छ । मलाई माफ गर्नोस ! यस्तो बिषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्तिन । कृपया ! अन्यथा नठान्नु होला ?’

 

टेक्स्ट आएको देखेर अत्याधिक खुशी भएको थिए, तर समाचार पढेर सबैभन्दा दुखी भएँ । त्यो सबै कसरी हुनसक्यो होला भन्दै दुवैहात पुर्पुरोमा राखेर कुर्सीमा बसिरहें । त्यति दुखित समाचारले म माथि सर्लक्कै आकास खसेजस्तै भयो । सासफेर्न हल्का कठिन भएँ । मेरा नयनहरु काला र निला मात्रै होइन, मधुरो र फुस्रो भएको महसुस गरें ।

 

चश्मा खोलेर एकछिन टेबलमाथि राखें । मेरा दायाँ बायाँ बसिरहेका सबै मान्छेहरु हासीखुशी बिहानीको खाजा खाइरहेका थिएँ । उनिहरुलाई खुशी देखेर मलाई थोरै इष्र्या लागिरह्यो । म सँग केहि अन्य उपाय नफुरेपछि चर्मचक्षुलाई घुमाएर सर्लक्कै झ्यालदेखि बाहिरतिर पुर्‍याए । कोठा बाहिर मुटु कमाउने जाडो थियो । तर मलाई जाडोले कमाउने मुटुभन्दा आनको दुखित समाचारले झनबढी मुटु कमाइरहेको थियो ।

 

अब के गर्ने होला भनेर केहिबेर किमकर्तब्यबिमुढ बनिरहें । वेल्स फर्केर जाने हवाइजहाजको टिकट तीन दिनपछिको मात्रै थियो । ‘यस्तो बिषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्तिन,’ भन्ने उनको समाचारलाइ पुनराबृत गरे । त्यसपछि बिमानस्थल छाडने निर्णय गरे । त्यसैले सुस्तरी कुर्सीदेखि उठेर हिडन खोजे । तर, समाचारको प्रभावले मेरो ढाड तीन बाङ्गो कुप्रिएझै महसुस भयो ।

 

हाते घडिले बिहानीको दश बजाएको थियो । आ….ठिकैछ, सहर तिर लाग्छु भन्ने मनमनै सोचे । कछुवा गतिमा हिडदै केहि अगाडि बढें । मेरो सिधै अगाडि एकजना डच महिला हिडिरहेकी थिइन । उनैलाई रेलस्टेसन देखाइ मागे र त्यतैतर्फ लागें । रेलस्टेसन पुगेर आम्सटर्डम सेन्ट्रल जाने एउटा टिकट खरिद गरें ।

 

प्लेटफर्ममा यताउता हिडदै रेलको प्रतिक्षा गर्न थाले । अनि केहिबेरमा टक्क रोकिए । त्यसरी रोकिदा मेरा खुट्टाहरुले अनायसै प्लेटफर्मका भुईलाई कोट्याउन थालेका थिएँ । तर, मेरो मनभित्र आनप्रति धेरै सत्य र थोरै झुटको शंका उब्जिरहेको थियो । मसँग उनले के झुटो बोल्थिन होली भनेर आफैलाई सान्त्वना दिने प्रयत्न गरिरहें । तर, एक्कासी मेरो सिधै अगाडि अगाध प्यारमा झुमिरहेका एकजोडी जुरेली चरिले मलाई केहिबेरसम्म बिरमाइलो बनाइ रह्यो ।

 

बिमानस्थल थर्काउने गरि हर्न बजाउदै रेलले आफ्नो अनुहार देखायो । मज्जाले रेल रोकिएपछि म भित्र पसेर एउटा सिटमा थचक्कै बसिहालें । एकैछिनमा बिना आवाज रेलले बिमानस्थललाई छोड्यो र उच्चगति लिन थाल्यो । मलाई त्यसबेला आ… जिन्दगी भन्ने कुरो यस्तै रहेछ जस्तो लागि रह्यो । झ्यालदेखि बाहिर देखापरेका बिना पातका अपत्र रुख बिरुवाहरुसंग म क्रमशः रुमलिन थाले । केहिबेरमा रेलले मलाई आम्सटर्डमको सेन्ट्रल स्टेसनमा प¥ुर्याएर निकालीदियो ।

 

फुसफुसे पानी पर्न रोकिएका थिएनन् । रेलस्टेसन बाहिर एकदम जाडो थियो । काँचो तोरिको तेल दलिएको बारबर ज्याकेटले मेरो शरीर मुश्किलले घुडासम्म ढाकिरहेका थिएँ । तिनै ज्याकेट भित्र राल्फ लोरनको टिसर्ट र खुट्टामा निलो लि भाइजको पतलुङ पहिरन गरिरहेको थिएँ । दुवै हातमा गाइको छालादेखि बनेका एकजोर कालो हातेपञ्जा र घाटीमा भेडाको पाठोको नरम उनदेखि बनेको पस्मिनाको गलबन्दीले मज्जासँग घाँटीलाई एकफन्को बेरिरहेको थिएँ । टाउकोमा सिउरिरहेको ऊनीको टोपिलाई बेस्सरी तानेर कानसम्म झारे अनि युध्द्धमैदानमा जानको लागि तयार भएका सिपाहीझै झोला पछाडि बोकेर हिडनको लागि तम्सें । मेरा कदमहरुलाई सुस्तरी अगाडि बढाएँ तर कताकता मोजाभित्र लुकिरहेका खुट्टाका औलाहरुलाई थोरै चिसो महसुस भइरहेका थिएँ ।

 

रेल स्टेसनदेखि बाहिर निस्के । त्यसपछि कतातिर लाग्ने होला भनेर एकछिन अलमल्ल परें । के सोचेर आम्सटर्डम पुगेको थिएँ, अहिले यो हबिगत भयो भन्दै स्टेसनदेखि निस्के र दक्षिणपुर्व दिशातिर हानिए । अनि अर्ध पागल झै बनेर केहीबेरसम्म एकसुरमा हिडिरहें । त्यसरी क्रमशः हिडदै जाँदा मेरो सीधै अगाडि एउटा भट्टिपसल देखा पर्‍यो । अचानक देखिएको भट्टिपसलले मेरा कदमहरु टक्क रोकिए । र तिनै गेट्टह्यावेन भट्टिपसल भित्रछिरें ।

 

भित्रछिरेपछि बारको नजिकै पुगे र बेयरालाई एक पाइन्ट हाइनिकन बियर मगाए । मेरो पछाडि एउटा झोला बोकिरहेको थिए । झोलालाई नजिकै कुनामा थन्क्याएर मज्जासँग बियरले घाटी भिजाउन थालें । भट्टिभित्र चुरोटको धुँवा यदाकदा आकासका रुमलिने बादलझै रुमलिरहेका थिएँ । र, म तिनै चुरोटको धुँवाभित्र बादल भित्र हराएको एउटा निर्दोष कागझै भइरहेको थिएँ ।

 

वास्तबमा म आम्सटर्डममा राम्रैसँग हराएको थिएँ । अब कहाँ जाने होला ? अनि के गरेर तीन दिन बिताउने होला भनेर थोरै रनभुल्ल परेको थिएँ । तर, अचानक पर्खालको भित्तादेखि लिभरपुलको प्रख्यात सांगीतिक समुह बिटल्सको ‘लेट इट बि’ भन्ने गीत बज्न थाल्यो । त्यस गीतले मलाई त्यसबेला म्याथु स्ट्रिट, लिभरपुलको कुनै भट्टिपसलमा छु भन्ने अनुभुति गरायो । बिटल्सका त्यति मिठो स्वरहरु मेरो कानदेखि बिलय भइसकेका थिएनन् ।

 

तिन पाईन्ट हाइनिकन स्वाटै पारेपछि रात कटाउने ठाँउ खोज्न भट्टिदेखी सुस्तरी बाहिर निस्के । बाहिरिदै सिधै अगाडि एउटा बडेमाको कटुसको रुख देखा प¥यो । तिनै कटुसका फेदमा चार(पाँचजना गजडीहरुले गाँजाको धुँवा उडेर हावामा अचम्मको आकार प्रकार बनिरहेको मैले नजिकैदेखि नियालें । बत्तिको प्रकाशसँग मिसिएर गाँजाको धुँवा बिभिन्न रङ्गमा परिबर्तन भइरहेका देख्दा मलाई हल्का रमाइलोे भयो । धुँवाका मुस्लोहरु बादलमा परिणत भएर आकाशमा मडारिरहेको देख्दा मलाई केहि उदेक लाग्यो ।

 

कटुसको फेददेखि सिधै अगाडि एउटा सानो नहर देखिन्थ्यो । गल्लिको किनारमा बलेको बत्तिको प्रकाशले नहरको पानी टलक्कै टल्किरहेका देखिन्थे । म त्यसै त प्रकृतिप्रेमि मान्छे, झन नशाको सुरमा मेरो लोभी नजरलाई नहरको रङ्गिन पानीले मलाई त्यसबेला खुब आकर्षण गर्‍यो ।

 

नहरको ठीक विपरित एकहुल मानिसहरु बसिरहेका थियो । हातमा बियरका बोतलहरुका साथ गीत गाउँदै नाच्दै थिए । आम्सटर्डम बेश्यालयको नजिकै रहेको सानो डाँडालाई मैले ‘हुकर हिल’ नामाकरण गरिदिएँ । र, हुकर हिलमा भएको त्यति रमाइलो ‘स्ट्रिट पार्टीको’ चर्तिकलाले मलाई केहिबेर अचम्मित तुल्यायो ।

 

मेरो नजर सानो गल्लितर्फ मोडियो । निक्कै लामो समयसम्म रुखको फेदमा बसेर रमिता हेरिसकेपछि मेरा कदमहरु सुस्तरी ‘रातो बत्तिको जिल्ला डि वालेन’ तर्फ लम्कन थालेका थिएँ । दिनभरी पानी परेर भिजेको आम्सटर्डम सहरले भर्खरै शान्तिका सास फेरिरहेको थियो । पानीले डि वालेन बेश्यालयका गल्लिहरु धोबिले धोएर पखालेका लुगा भन्दा सफा देखिएको थियो । म तिनै सफा गल्लिमा मानिसहरुले तानेको गाँजाको धुँवा र आफैले पिएँको वियरको नशा शरीरमा निरन्तर बहिरहने तातो तातो रगतसंग मिसाएर बिश्वको यौनिक राजधानी आम्सटर्डम फनफनी घुम्ने आँट गरिरहेको थिएँ ।

 

मलाई डच बियरले साहस भरिदिएपछि मताहा हात्ती झै लमक लमक अगाडि लम्कन थालेको थिएँ । त्यसपछि मेरा कदमहरुले क्रमशः गल्लिमा बिछ्याइएका ढुङ्गाहरु गन्दै अगाडि बढिरहें । तर मेरा कदमहरु जतिजति अगाडि बढदै जान्थे, उति उति खुट्टाहरु लरबराएका जस्तो लाग्दथ्यो । त्यहाँ हिडिरहेका सबै मान्छेहरुको गिध्द्धेदृष्टि मै माथि खनिएको झै लागिरहेको थियो । त्यसैले थोरै सरम मान्दै मेरा अनुहार रातापिरा भइरहेका महसुस गरिरहेका थिएँ । निश्चय नै एउटी सुन्दरी आनको खोजिमा आम्सटर्डम पुगेको थिएँ । तर, सिसाका झ्यालहरु भित्र देखिने अनगिन्ती आनको प्रतिरुपहरु देखेर छक्क परिरहेको थिएँ ।

 

दिनभरि परेको पानीले बिश्राम लिएपछि गल्लिमा मान्छेहरुको हुल बढदै जान थालेका थिएँ । ‘मार्करमिर ताल’ बाट समय समयमा हुनुनु आवाज सहित आएको चिसो बतासले मेरो कानसिरी कठङ्ग्रिन खोजिरहेका जस्तो भान पर्दथ्यो । म गन्तब्यहीन दिशामा भौतारिरहेको थिएँ । त्यसैले मेरा सिधै अगाडि परेका गोरेटोहरु जति सबै मेरा हुन् भन्दै निरन्तर अगाडि बढिरहें ।

 

केहिबेर हिडेपछि ‘औडी डेलानस्ट्राट’ गल्लिमा पुगेर मेरा कदमहरु अचानक रोकिए । त्यहीबेला मेरो सिधै अगाडि एउटी सुन्दरी बेश्या देखा परिन । अझै उनले दाहिने हात उठाउदै ‘यता भित्र आउनोस,’ भन्ने मलाई संकेत गरिरहेकी थिईन । उनी सिसाका झ्यालभित्र थिइन, र म उनको ठिक बिपरित दिशा गल्लिमा ठिङ्गै उभिरहेको थिएँ । एक अर्कामा हाम्रा नजर जुधेपछि झण्डै निर्बस्त्र बेश्याकी अनुहार, छाति, पेट, फिला र खुट्टासम्म मज्जाले नियालेर हेरें । रेड लाईट डिस्ट्रिकमा देखिएका बेश्याहरुमध्ये सबैभन्दा ‘सुन्दरी बेश्या’ उनीनै हुन कि भन्ने मलाई त्यसबेला लागिरह्यो ।

 

मलाई दोश्रो पटक बोलाएपछि, उनको कोठामा पस्ने निधो गरे । जब मेरा कदमहरु बढेर ढोका नजिकमा पुगे, तब मलाई कतै नभएको लाज लागेर आयो । त्यसैले मेरो मुन्टोलाई घरी दायाँ र घरि बायाँ हेर्नथालें । म जस्तै अन्य मानिसहरु पनि ढोका ढोका चाहरिरहेको दृश्य त्यहाँ देखापरेका थिएँ । त्यस्तो दृश्यले मलाई हल्का मनोबल त बढाएको थियो । र जिन्दगीमा पहिलो पटक बेश्यालयको कोठिभित्र छिरे ।

 

कोठाभित्र पसेर उनलाई आत्मियताको साथ ‘हेल्लो’ भनेको थिएँ । म कोठाभित्र पसेको देखेर उनले मधुर मुस्कानले बाँण हानिन् । ‘यहाँलाई मेरो कोठामा हार्दिक स्वागत छ,’ सानो स्वरमा स्वागत गरिन । उनको स्वागत र आकर्षक शरीरले म केहिबेर द्विबिधामा परे । मेरो मुखदेखी अर्को शब्द निस्कन एकदम सकिरहेको थिएन । मलाई एक्कासी अस्वाभाविक रुपले सास बढेर आयो ।

‘के तपाई रसियन हो ?’ मुश्किलले मेरो मुखदेखि अर्को शब्द फुत्कियो ।

 

‘होइन, म पोलिस हुँ । तर मेरी आमा काजाक हुन् । त्यसैले आँखाहरु रसियनहरुको जस्तै देखिन्छन् । कृपया ! यता भित्रै आउनोस ? अनि केही अफ्ठ्यारो मान्न पर्दैन ? यहाँ आउनुहोस सबै ग्राहकहरुको उद्देश्य एउटै हुन्छन् ।’

 

उनले उद्देश्यमा लगेर बाक्यंशलाई पुरा गरेकी थिइन । मेरो त्यति छोटो प्रश्नको जबाफ निक्कै लामो गरेर फर्काएकी थिइन । म जहाँ उभिरहेको थिए त्यसको भित्रपट्टि अर्को दैलो थियो । उनी त्यसतर्फ हिडदै गइन र तिनै दैलोलाई खोलिन । दाहिने हातले इसारा गर्दै मलाई भित्र पस्न भनिन । म केहि बोलिन तर उनले भनेझै सरासर त्यस कोठाभित्र पसे । भित्र पसेपछि नजिकै रहेको कुर्सिमा बस्नको लागि उनले पुनः संकेत गरिन । मैले थोरै सङ्कोच माने तर दायाँ बायाँ नहेरी थपक्कै कुर्सीमा बसें ।

 

म कुर्सीमा बस्ने बितिक्कै उनले ढोकालाई मज्जाले बन्द गरिन । चुकुल राम्ररी लागेको छ वा छैन भनेर एकपटक निश्चित गरिन । एक्कै ठाँउ खप्टिएर बसिरहेको झ्यालका पर्दाहरु सरर तानेर लगाइन । कोठाको सिलिङ र भित्तामा भएका चहकिला बत्तिहरुलाई हल्का मधुरो बनाईन । म त्यतिबेलासम्म घोत्लिएर उनको कार्यहरुलाई एकनासले हेरिरहेको थिएँ । त्यसपछि हिलको टकटक आवाज सहित उनी म बसिरहेको कुर्सीतिर हिडदै आइन ।

जब उनी मेरो नजिकै आईपुगिन । मेरो मुटुको गति ढुकढुक बढिरहेको थियो । अदृश्य रुपले मेरो सम्पुर्ण शरीर थरर कापिरहेको थियो । तैपनि उनको त्यति पातलो र आकर्षक शरीरसँग म आकर्षित भइरहेको थिएँ । मलाई डर लागिरहेको थियो तर उनको हरेक गतिबिधिलाई खुब नजिकदेखि नियालेर हेरिरहेको थिएँ ।

 

केहिबेरमा उनका हातका औलाहरु मेरा शरीरमा ठोकिन आइपुगे र सुस्तरी खेल्न थाले । उनको औलाको स्पर्शले मलाई हल्का अफ्ठ्यारो लागेका थियो, त्यसैले आँखाहरु बन्द भए । लाजले मेरो मुखबाट एक्कै शब्द प्रस्फुटित हुन सकिरहेका थिएनन् । किनभने, जिन्दगीमा पहिलो पटक बेश्यालयको भ्रमण गरेको थिएँ । सायद त्यहाँको चलन त्यस्तै होला भनेर पापी औलाहरु जति सलबलाए पनि चुपचाप सहिरहेको थिएँ ।

 

केहीबेरमा उनैले मुख खोलिन, ‘पहिलो पटक हो ?’

सुस्तरी हावामा मिसिएर आएको उनको प्रश्नलाई मैले राम्ररी सुनिरहे । तर, उनलाई जबाफ फर्काउन सकिरहेको थिइन । म नाजबाफ बनेर बसिरहेको फाइदा उठाउदै मेरा शरीरका कपडाहरु खोलिदिइन । त्यसपछि, एक्कासी बिना बादल आकासमा गुडुडु मेघ गज्र्यो । घरको छानो छेडला जस्तो ठूल्ठूला पानीका फोकाहरु बर्षन थाल्यो । मार्कमिर तालको जम्मै पानी उल्टेर आए जस्तै भयो । लाल बत्तिको जिल्ला आम्सटर्डममा समयको हुरी नराम्रो तरिकाले आयो र निमेषभरमा फुसुक्क अन्त भयो ।

 

मैले एउटा थकित, क्लान्त र शिथिल शरीरलाई एउटी बेश्याकी पलङ्मा केहिबेरसम्म लडाइरहें । एक बोतल पानी पिएपछि उनीसँग बिदा माग्दै म बाहिर निस्कें । एउटी सक्कली आन फ्रेन्कको खोजी गर्दै अन्तराष्ट्रिय यौनिक राजधानी आम्सटर्डम पुगेको थिएँ । तर, नक्कली आनसँग शरीर मिसाएर औडी डेलानस्ट्राटको साघुँरो गल्लिमा हिडन थालें । मेरो जिन्दगीको पहिलो सहबासले अनुहार आम्सटर्डमको रेड लाईट डिस्ट्रिकको बत्ति जस्तै लाल रङ्गमा परिणत भएको लामो समय सम्म महसुस गरिरहेको थिएँ ।

 

आम्सटर्डममा बेस्सरी जाडो भइरहेको थियो । मेरा दुवै हातहरुलाई ज्याकेटको खल्तिभित्र मज्जाले लुकाइराखें । औडी डेलानस्ट्राट गल्लिलाई फेरि नफर्कने बाचाँ गर्दै सुस्तरी दाहिनेतिर घुमें । त्यसबेला बेश्यालयको समयले एघार बजाई सकेको थियो । मेरो शिरलाई घोप्टो बनाए र निरापराध कदमहरुलाई गन्तब्यहीन दिशातर्फ क्रमशः चालिरहें ।

 

रात छिपिदै जाँदै थियो । त्यसैले अलिक जोडले हिडन थालेको थिएँ । तर एकैछिनमा गलेर लखतरण परिहालें । केहीबेर टक्क रोकिएर दुवै हातलाई कम्मरमा राखे । त्यसपछि लामो लामो सास ताने र आकासतर्फ हेरें । मलाई आकासे बगैंचामा टहटह चम्किएका पुर्ण चन्द्रमाले जिस्क्याइ रहेको जस्तो भान परयो । गल्लिका किनारमा बलेको बत्तिको प्रकास एकदम मधुरो थियो । म तिनै मधुरो प्रकाश मुनि खियाले खाइसकेको फलाम झै जिर्ण शरीर लिएर एकाध उभिरहेको थिएँ । अनि मेरा पाईतालाहरु सतहमा बिछ्याइएका स–साना ढुङगाहरु (कोबल स्टोन) माथि आराम गरिरहेका थिएँ ।

 

म जुन ठाउँमा उँभिरहेका थिएँ । तिनै ठाउँमा एकजना बेश्या आईमाई आइपुगिन र मेरो खुट्टाले कब्जा गरिरहेको जमिनमा उनले हेर्न लगाइन । उनको भनाई सुनेर पहिले म झसँगै बने, तर हतार हतार भुईतिर नजर लगाइहालें । मेरा खुट्टा नजिकै एउटा धातुको पातामा एकजोडि स्तन ‘ब्रोन्ज ब्रेस्ट’ देखा परे । र, बायाँतिरको स्तनलाई मानवीय हातका पन्जाले च्याप्प समातिरहेका देखिएँ ।

 

केहिबेर भुइमा बिलाएका मेरा नजरलाई टिपेर तिनै बेश्यातर्फ पोख्न खोजे । उनले छाडेकी आवाज हावामा बिलिन हुन नपाउदै उनी मसँग दुर भइसकेकी थिइन । त्यसरी अध्याँरोभित्र उनी बिलिन हुदै गर्दा मलाई हल्का लज्जाबोध भईरहेको थियो । मेरा दाहिनेतिर बिरहपुर्ण भाखाले नहरको पानी ओरालै ओरालो बहिरहेको थियो । मार्कामिर तलाउदेखि आएको चिसो चिसो बतासले मेरो शरीरलाई आंशिक रुपले हल्लाईरहेका थिएँ ।

 

तर, आम्सटर्डम बेश्यालय बाहिर भेटिएको “ब्रोन्ज ब्रेस्ट” कसले र किन बनाएका होला भनेर म निक्कैबेर घोत्लिरहेको थिएँ ।

 

अक्सफोर्ड, बेलायत ।
बेलायत ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार