तिमी को हौ ? तिमी के हौ ?

मेरो सपना पनि हराएको थियो
हेर्दैलाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरीर हो
मेरो आफ्नो फैलावट हो

मेरो संगीत हराएको थियो
अचानक एक दिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो

त्यसै गरी
मेरो खुसी पनि हराएको थियो
हेर्दै जाँदा त्यो पनि
तिम्रो ओठहरुमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मेरो मुस्कान हो

अब म के भनौँ
अब म के सोचौँ
तिमी मेरा अमूल्य सम्पत्तिको थुप्रो हौ ?
कि मेरो सानो देशको सानो झुप्रो हौ ?

भन भन
तिमी के हौ ? तिमी को हौ ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार