
गंगाराज राई प्रवासमा बसेर नेपाली गीत संगीतको विकासमा लागिरहने गायक तथा संगीकार हुन । दुईदशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय गायक राईको बसाई बेलायतमा छ । एक दशकदेखि बेलायत बसाई र बेलायतमा नेपाली गीत संगीत विकासमा उनले चालेको कदम सबैका लागि सह्रानीय छ । शास्त्रीय संगीतको समेत अध्ययन गरेका राई दर्जनौं गीत गाईसकेका छन भने १ सय भन्दा माथि गीतहरुमा संगीत भरिसकेका छन । मुलत : आधुनिक गीत गाउने गंगाराज राईलाई शास्त्रीय संगीतको पनि राम्रो ज्ञान छ । बेलायतमा नेपाली गीत संगीतलाई जीवन्त बनाउन उनले गरेको प्रयासहरुलाई सबैले प्रशंसा गर्दै आएका छन । संगीत साधनाले मानिसको जीवनमा सकरात्मकता ल्याउने भएकाले संगीत मानवीय जीवनको महत्वपुर्ण अंश भएको बताउँछन । बेलायतमा नेपाली गीत संगीतको अवस्था र नेपाली गीत संगीतको आगमी योजनाहरुको बारेमा गायक तथा संगीतकार गंगाराज राईसंग सिलिचुङ डटकमका लागि किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
१. गायनमा कसरी लाग्नु भयो ? के कुराले गायनमा लाग्ने उत्प्रेरणा जाग्यो ?
गायन जन्मदै पाएर आउने रहेछ, जस्तो लाग्छ । यसो अहिले सोच्दा मेरो घर–परिवार नाता आफन्तहरुमा कोही पनि यसक्षेत्रमा हुनुहुन्न । जव मेरो उमेर बढदै गर्दा र मानसिक रुपमा चेतना बृद्धि हुन थालेपछि ठुला ठुला आवाजमा गीत गाउने गर्थें । मेरो आमा जि खुबै गुनगुनाउनु हुन्थ्यो, शुरुमा सायद आमा जि बाट जानेर या अञ्जानमै प्रेरणा मिल्यो । उमेर अलि ठुलो हुँदै गएपछि गाउँका दाई–दिदी फुपु–काका मामाहरुबाट तिम्रो स्वर राम्रो छ, तिमीले गाउँदा मिठो सुनिन्छ भन्ने प्रतिकृयाहरु आउँथ्यो, यही कुराहरुले संगीतमा लाग्न झन प्रेरणा मिल्यो भन्ने लाग्छ । गाउँमा हुने क्लबका कार्यक्रमहरुमा सबै फुक्र्याउदै गाउन बजाउन लगाउनु हुन्थ्यो । म त्यसरी नै फुर्किदै गर्ने गर्थें ।
२. गायनमा लागेर के पाए जस्तो लागेको छ ? गीत संगीतले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ ?
सबै भन्दा ठुलो कुरा आत्मा सन्तुष्टी र खुशी पाएको छु । मानिसको जिवनमा यो भन्दा अरु ठुलो चिज केहि छैन । जब संगीत साधनामा हुने गर्छु त्यहाँ जत्तिको खुशी र आनन्द अरु कँही छ, जस्तो लाग्दैन । अनि अर्को कुरा संगीतमा लागेर २/४ जना बढी साथीभाई शुभचिन्तक पाएको छु, र अर्को महत्वपूर्ण कुरा संगीतमा लागेर सबै मित्रवत व्यवहार कमाएको छु । संगीतले मानिसको जिवनमा सधै खुशी दिन्छ र खुशी राख्छ, संगीत थेरापी र योग पनि हो, ध्यान पनि हो । यसको साधना र श्रवणले हामी भित्र सधै सकारात्मक सोच र भावनाहरु पैदा गरिदिन्छ । समग्रमा यसको प्रभाव भनेको सकारात्मकता नै हो ।
सबै भन्दा ठुलो कुरा आत्मा सन्तुष्टी र खुशी पाएको छु । मानिसको जिवनमा यो भन्दा अरु ठुलो चिज केहि छैन । जब संगीत साधनामा हुने गर्छु त्यहाँ जत्तिको खुशी र आनन्द अरु कँही छ, जस्तो लाग्दैन । अनि अर्को कुरा संगीतमा लागेर २/४ जना बढी साथीभाई शुभचिन्तक पाएको छु, र अर्को महत्वपूर्ण कुरा संगीतमा लागेर सबै मित्रवत व्यवहार कमाएको छु ।

३. गीत गाउदाँ आफूलाई के अनुभुती गर्नुहुन्छ ? संगीतले दिने चही के रहेछ ?
गीत गाउदै गर्दा आफैलाई कतै हराईरहे जस्तो, अर्कै संसारमा पुगिरहे जस्तो, गीतको काल्पनिक छुट्टै संसारमा हराएर आनन्द प्राप्त भैरहेको जस्तो अनुभुती हुन्छ । गीत संगीतले मेरो लागि दिने भनेको पनि आनन्द, खुशी र आत्मा सन्तुष्टी नै हो । फेरी मैले यसो भनिरहदाँ सबैले यसरी नै लिन्छन भन्ने पनि छैन । सबैको आ–आफ्नै हेराई बुझाई र ग्रहण गर्ने तरिका हुन्छ ।
४. अहिलेसम्म संगीतप्रतिको तपाईको लगाव, झुकाव र योगदानलाई हेर्दा संगीत के रहेछ । संगीतलाई कसरी बुझनुहुन्छ ?
संगीत अथाह सागर हो । जसरी समुन्द्रको पानी कहिले रित्तिदैन त्यसै गरी संगीत न कहिले सिकेर सकिन्छ न गाएर सकिन्छ, न यसबाट पाउने खुशीले मानिसको मन कहिले अघाउँछ, न नै यसले पुग्छ । यो मानिसको आधारभुत आवश्यकता भित्रै पर्छ, जो हर क्षण अवश्यक पर्छ र खुशी जिवन जिउनको निम्ती अपरिहार्य छ ।
५. एकजना संगीत बुझेको संगीतकर्मी र संगीत रुचाउने पारखीवीचमा के फरक पाउनुहुन्छ ?
संगीतकर्मी र संगीत रुचाउने दुवैले संगीत सुन्ने र आनन्द लिने नै हो । संगीत भनेको साहित्य पनि भएकाले जसले गीतको भावलाई बुझेर सुन्छ उसले बढी आनन्द लिन सक्छ । संगीतको ज्ञान भएकाहरुले गीतको प्राबिधिक पक्षहरु पनि बुझेर केलाएर सुन्छन भने संगीत पारखीहरुले गीत सुन्छन र आनन्द मात्रै लिन्छन । समग्रमा :–पारखीले भावलाई बढी सुन्छन र संगीतकर्मीले भाव र प्राबिधिक पक्षलाई सुन्छन ।
६. तपाईले हालसम्म कति गीत गाउनुभएको छ । तपाईले गाउनु भएको सबै गीत आम दर्शक सामु पुगिसकेको छ की छैन ।
संख्यात्मक रुपमा त्यत्ति धेरै गायन गरेका छैन । लगभग ६/७ दर्जन जतिमा स्वर दिएको छु । गायन र संगीत भरेको गरी १ सय माथि होलान । रेकर्ड भएका केहि गीतहरु स्रोता माँझ नपुगेको र सही समय पर्खेर बसिरहेका पनि छन ।
७.तपाईको गायनको मुख्य विशेषता के हो ? तपाईले गाउँदा के कुरालाई बढि ध्यान दिनुहुन्छ ?
ज्ञानको हिसाबले शास्त्रीय संगीत हो । मैले औपचारिक रुपमा ६ बर्ष शास्त्रीय संगीतको कक्षा लिएको छु । मेरो गला, स्वरको प्रकृती अनुसार हाई–पिचको गीतहरु गाउन सक्ने मेरो गायनको विशेषता हो । त्यसै गरी सबै प्रकारका गीतहरु गायन गरेको भए पनि मेरो बिशेष गायन आधुनिक गीत नै हो । गाउनु अघि आफ्नो स्वर अनुसारको गीतको छनोट सबभन्दा महत्वपूर्ण हुन्छ । त्यसको अलवा गीत गाउदाँ शुर–ताल ठीक हुनैपर्छ र शब्दको भाव अनुसार गाउनै पर्छ, मैले पनि यि कुराहरुलाई ध्यान दिने गर्छु ।
८. बेलायतमा हुनुहुन्छ । बेलायतमा नेपाली गीतसंगीतको अवस्था कस्तो देख्नुहुन्छ ?
बेलायतमा नेपाली गीत संगीतको अवस्था त्यस्तो आहा ! भन्ने पनि छैन, तर सन्तोषजनक छ भन्नु पर्छ । यहाँ रहेका नेपालीहरुको जनसंख्या र बेलायतको अवस्था अनुसार हेर्ने हो भने अहिलेको यहाँको नेपाली संगीतको अवस्था धेरै राम्रो मान्नु पर्छ । यहाँ हामी थोरै कलाकार छौं तर निकै सकृय छौं । यही रफ्तारमा सकृय भैरह्यो भने भविष्यमा धेरै राम्रो बन्न सक्छ ।
अहिलेको यहाँको नेपाली संगीतको अवस्था धेरै राम्रो मान्नु पर्छ । यहाँ हामी थोरै कलाकार छौं तर निकै सकृय छौं । यही रफ्तारमा सकृय भैरह्यो भने भविष्यमा धेरै राम्रो बन्न सक्छ ।

९. बेलायत बसेर नेपाली गीत संगीतलाई विकास गर्न सकिन्छ भन्ने कति लागेको छ ?
अवश्य सकिन्छ । अहिलेको युग डिजिटल युग भएकाले जहाँ बसे पनि कलाकर्मीहरुलाई फरक पर्दैन, तर आफु म गर्छु र गर्न सक्छु भन्ने सोच्नु पर्यो । नेपाली संगीतको अहिलेसम्मको यो उचाई नेपालमा बसेका कलाकारहरुको योगदान र नेपाल बाहिर बसेका कलाकारहरुको योगदानले नै यहाँ आईपुगेको हो । ईतिहासलाई फर्केर हेर्ने हो भने पनि भारत भुमिमा बस्ने नेपालीहरुको नेपाली संगीतमा ठुलो योगदान छ । वहाँहरुले भारतमा बसेर गर्न सक्छ भने हामिले बेलायत बसेर गर्न नसक्ने कुरै भएन, झन अहिले प्रविधिले सजिलो बनाईदिएको छ ।
नेपाली संगीतको लागि बेलायतबाट सृजनाका हिसाबले बार्षिक रुपमा दर्जनौ गीत र एल्बमहरु निस्किरहेका हुन्छन र त्यसका लागि आर्थिक रुपमा पनि बार्षिक करोडौं रुपैया खर्च भैरहेको छ, यसले नेपाली संगीतलाई माथि उठाउन ईट्टाको काम पक्कै गरिनै रहेको छ र भविष्यमा यो क्रम झन बढ्दै जाने छ । यसले पक्कै पनि नेपाली संगीतलाई केहि न केहि योगदान पुगिनै रहेको छ भन्ने लाग्छ ।
१०. बेलायतमा नेपाली गीत संगीत सुन्ने दर्शक स्रोताहरुको अवस्था कस्तो पाउनुभएको छ ?
यहाँका हाम्रा दाजुभाई दिदी–बहिनीहरु एक्दमै सहयोगी, गीत–संगीत पारखी र कलाकारलाई असाध्यै माया गर्ने हुनुहुन्छ । त्यही भएर बार्षिक रुपमा नेपालबाट सम्म कलाकारहरु सयौंको संख्यामा आउने गर्नुहुन्छ ।
११. बेलायतमा नेपाली गीत संगीतमा लाग्ने नयाँ पुस्ताहरुको अवस्था के पाउनुभएको छ ?
नयाँ पुस्तामा भाषाको कारण केहि अप्ठ्यारा चाहि पक्कै छ तर नेपाली संगीत प्रतिको लगाब कमी छैन, कोशिस एकदमै गरेको देख्छु । हरेक कार्यक्रमहरुमा वहाँहरुको उत्साहजनक उपस्थिती हुन्छ ।
१२. बेलायतमा नेपाली गीतसंगीतलाई विकास गर्ने र भावी दिनहरुको नेपाली गीतसंगीतलाई निरन्तरता दिने सम्भावना नयाँ पुस्ताहरुकाट कतिको देख्नुहुन्छ ?
बेलायतमा नेपाली समाज शुरुवाती अवस्थामा छौं । गोर्खालीहरुको ईतिहास २ सय वर्ष नाघिसके पनि स्थायी रुपमा बसोबास गर्न थालेको धेरै लामो भएको छैन । त्यसैले यती छोटो समयअवधिमा हरेक क्षेत्र लगायत नेपाली संगीतले पनि यती धेरै राम्रो गर्नु भनेको धेरै सन्तोषजनक मान्नुपर्छ । यही क्रमले जाने हो भने भविष्यमा यहाँ नेपाली संगीतले राम्रो ठाउँ बनाउछ सक्छ ।
नयाँ पुस्तामा नेपाली संगीत प्रतिको झुकाव राम्रो देखिन्छ त्यस कारण नेपाली संगीतको बिकास र निरन्तरतामा आशावादी हुन सकिन्छ । नयाँ पुस्ताका कती भाई बहिनीहरुले त विश्वविद्यालय मै संगीत बिषय पढिरहेका पनि छन । जब उनिहरुले संगीत बुझ्छन अनि झन आफ्नोपन खोज्न थाल्छन, अनुसन्धान गर्न थाल्छन र त्यसलाई स्थापित गराउन तिर लाग्छन । यस मानेमा हामिलाई अलिकति समय लाग्ला तर यहाँ नेपाली संगीतले निरन्तरता पाउने र ढिलो चाडो स्थापित हुनेमा म आशावादी ।
१३ . अन्त्यमा तपाईको आफ्नो संगीतिक यात्राको क्रममा भावी योजनाहरु के छ ?
राम्रा–राम्रा गीत संगीत निर्माण गर्ने, यसका अलावा एउटा राम्रो रेकर्डिङ स्टुडियो स्थापना गर्ने सोच छ, अहिले सामान्य “होम रेकर्डिङ स्टुडियो” मा काम चलिरहेको छ । त्यसै गरी सम्भब भए महिनामा एक पटक या त्रैमासिक रुपमा नेपाली संगीतको बिकासका लागि स्रष्टा सर्जकहरुका प्रस्तुती सहितको र बिज्ञहरु सहितको अन्तरकृयात्मक कार्यक्रम चलाउने सोच छ ।







