भोजपुरमा छायांकन भएको चलचित्र ‘दोख’ को ट्रेलर रिलिज

एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र  ‘दोख’ को ट्रेलर रिलिज भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो।

 

सो अवसरमा चलचित्रका निर्देशक अनुप बरालले युद्धको त्रासदीमा आफूले मानवीय पक्षलाई फिल्ममार्फत प्रस्तुत गर्न खोजेको बताए। उनले भने, ‘द्वन्द्वकालमा मैले देखेका बिम्ब अझै पनि यादमा छन्। युद्धले छाडेका डोबबाट मान्छे अझै मुक्त हुन सकेका छैनन्। युद्धबीचको मानवीयतालाई मैले चित्रण गरेको छु।’

 

प्रतिशोधको बाटोमा हिँडेर कहीँ पनि पुगिँदैन भन्ने चलचित्रको मुख्य मुद्दा रहेको उनले बताए। फिल्मले युद्धको कुनै पक्षमा नलागेर तटस्थ भएर हेर्ने कोसिस गरेको समेत उनले जनाए। अभिनेत्री दिया मास्केले ‘दोख’ र प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका पात्र दुवै अर्थपूर्ण र सुरुचीपूर्ण रहेको दाबी गरिन्।

 

‘दोख’ यही असार २४ गते रिलिज हुने तय भएको छ। दोख चलचित्र पुर्वी पहाडी जिल्ला भोजपुरमा छायांकन भएको हो ।

यस्तो छ ट्रेलर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार