देशभरका विभिन्न ठाउँमा मेलामहोत्सव हुँदा कलाकार पनि सांगीतिक कार्यक्रममा व्यस्त छन् । मेला तथा महोत्सव आयोजकले सांगीतिक कार्यक्रम राख्दा यति बेला गायकगायिकालाई भ्याइ नभ्याइ छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मेलामहोत्सव आयोजना गरिँदा गायकगायिकाले सांगीतिक प्रस्तुतिका निम्ति अवसर पाएका हुन् । स्टेज कार्यक्रम बाक्लो संख्यामा हुँदा यो कलाकारको प्रमुख आम्दानीको स्रोतका रूपमा स्थापित भएको छ ।
यो महिना (पुस)का लागि गायिका रचना रिमालका अहिले नै सबै कार्यक्रम निश्चित भइसकेको छ । पुसका अधिकांश दिन उनी सांगीतिक कार्यक्रममा व्यस्त हुनेछिन् ।
काठमाडौं । देशभरका विभिन्न ठाउँमा मेलामहोत्सव हुँदा कलाकार पनि सांगीतिक कार्यक्रममा व्यस्त छन् । मेला तथा महोत्सव आयोजकले सांगीतिक कार्यक्रम राख्दा यति बेला गायकगायिकालाई भ्याइ नभ्याइ छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मेलामहोत्सव आयोजना गरिँदा गायकगायिकाले सांगीतिक प्रस्तुतिका निम्ति अवसर पाएका हुन् । स्टेज कार्यक्रम बाक्लो संख्यामा हुँदा यो कलाकारको प्रमुख आम्दानीको स्रोतका रूपमा स्थापित भएको छ ।
यो महिना (पुस)का लागि गायिका रचना रिमालका अहिले नै सबै कार्यक्रम निश्चित भइसकेको छ । पुसका अधिकांश दिन उनी सांगीतिक कार्यक्रममा व्यस्त हुनेछिन् ।
“यो महिना हिजोसम्म चारपाँचवटा कार्यक्रम गरिसकेँ । आजबाट २० गतेसम्म लगातार देश तथा विदेशमा कार्यक्रम छन्,” रचना भन्छिन् ।
पुस १२ देखि १४ गतेसम्म झापाली समाज यूएईको ‘सांगीतिक धमाका’ याक एन्ड यती एभरेस्ट क्लब अस्टोरिया होटेल दुबईमा हुँदै छ । त्यहाँ उनले प्रस्तुति दिनेछिन् । पुस १५ गते कुपण्डोलमा हुने ललितपुर महोत्सव महोत्सवमा उनी सहभागी हुनेछिन् ।