मणिको कृति ‘अदृश्य यात्रा’ विमोचित

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । कवि मणि कुमार श्रेष्ठको कविता संग्रह ‘अदृश्य यात्रा’ विमोचन गरिएको छ । सोमबार एक कार्यक्रमका विच श्रेष्ठको उक्त कृति विमोचन गरिएको हो ।
लामो समयदेखि भोजपुरको साहित्य क्षेत्रअन्र्तगत कविता विधामा आफ्नो लेखन दिईरहेका श्रेष्ठ जिल्लाका चर्चित एक साहित्यिक सर्जक हुन् । श्रेष्ठको उक्त कृतिमा ५८ ओटा कविताहरु समावेश छन् ।
विशेषगरि समसामायिक कथावस्तुलाई श्रेष्ठले गद्यशैलीमा कवितामा प्रस्तुत गरेका छन् । वर्तमान राजनीतिक, सामाजिक विषयवस्तुलाई कवितामार्फत उठान गरेका श्रेष्ठले उक्त कार्यक्रममा कृतिभित्रका केहि कविता वाचन गरे । धनकुटा घर भएका श्रेष्ठ हाल भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकामा कम्प्युटर अपेरटरका रुपमा कार्यरत छन् । आफ्नो पेशागत जीवन संगसंगै फुर्सदको समयमा साहित्यलाई दिने गरेको उनले सुनाए ।
त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरद्वारा आयोजित उक्त विमोचन कार्यक्रममा सहभागी साहित्यका सर्जकहरुले श्रेष्ठको कविताको खुलेर प्रशंसा गरे । ‘भोजपुर जस्तो साहित्य र कलाका लागि उर्वर भूमिमा मणि कुमार श्रेष्ठको कविताले भोजपुरको साहित्य जगतमा थप एक आयाम थपेको छ’ युवा साहित्यिक सर्जक संग्राम किरातीले भने ।

सोमबार भोजपुरमा आयोजित कवि मणि कुमार श्रेष्ठको कृति ‘अदृश्य यात्रा’ विमोचन कार्यक्रम । तश्विर, प्रदीपचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार