अर्को महिना (वैशाख) देखि मुलुकमा ‘चुनावी वर्ष’ सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ। त्यहीँ भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको ‘प्रभाव’ जमाउन सक्रिय छन्। त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई/मधेसमा प...
राजनीति
-
-
आइपुगे चिनियाँ विदेशमन्त्री
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्। सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनिया...
-
भोजपुरका व्यापारी जीवन श्रेष्ठ एमाले प्रवेश, कोटमा कांग्रेस र माओवादीका १५ जना
भोजपुर । भोजपुर सदरमुकास्थित भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन् । आज बिहान भोजपुर नगरपालिका-७ को वडा भेला कार्यक्रममा उनीसहित गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधानलाई एमालेमा स्वागत गरिएको छ । यसअघि कांग्रेसमा रहेका श्रेष्ठ भोजपुरका ...
-
मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो
काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बुधबारबाट सुरु भएको बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेश भएका छन्। बुधबारको बैठकमा देशका सातै भौगोलिक प्रदेशका अध्यक्षहरुले एमालेको अवस्थाबारे रिपोर्टिङ गरेका छन्। निर्वाचनमा एक्लाएक्लै गए मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो हुने उनीहरुको रिपोर्ट...
-
सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैनः कोइराला
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । ...
-
ओली देखाएर देउवा तर्साउने प्रचण्डको प्रयास
काठमाडौं। स्थानीय, प्रादेशिक र संघीय तहसम्मको निर्वाचनमा अहिलेको सत्ताधारी गठबन्धनलाई नै चुनाबी गठबन्धन बनाएर जान चाहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति देउवालाई घुर्की लगाउने र तर्साउने अवस्थामा पुगेका छन्। यसका लागि उनले अहिलेको गठबन्धन नरहे आफू एमाले अध्यक्ष केपी ओलीसँग मिल्न जाने कार्ड ...
-
कम्युनिस्ट पार्टीहरू सिद्धान्त र विचारको हास्यास्पद रामरमिता देखाइरहेका छन्
संविधानले जनता र राज्यबीचको अधिकार तथा कर्तव्य बाँडफाँड टुंग्याएको थियो। वास्तवमा त्यो ७० वर्षको आन्दोलनले दिएको महत्वपूर्ण कुरा हो। संविधानले अस्थिरताबाट जोगिन ठूलो आधार दियो। तर, त्यसलाई बोक्न भने शक्ति चाहिन्थ्यो। जुन, नेपाली राजनीतिक दलसँग देखिएन। २०७४ मा भएको निर्वाचनले नेपालमा कम्युनिष्टहरुको जनम...
-
राजनीतिमा सक्रिय हुँदै करिश्मा
केही समयको विश्रामपछि अभिनेत्री करिश्मा मानन्धर पुनः राजनीतिमा सक्रिय हुँदै छिन्। उनी आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी हुन्। चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेत्री मानन्धर राजनीतिमा होमिएको लामो समय भएको छैन। उनले २०७३ सालमा डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छोडेर ‘नयाँ शक्ति’खोलेपछि राजनीतिक यात्रा था...
-
एमालेको चुनावकेन्द्रीत योजना: मतदातासँग सम्पर्क
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना सार्वजनिक गरेको छ। एमालेको बागमती प्रदेश संगठन कमिटीले स्थानीय तह निर्वाचन केन्द्रीत दुई महिने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो। जसमा प्रदेशदेखि वडा र टोलसम्म कमिटी गठन, मतदातासँग सोझो सम्पर्क, पार्टी...
-
चुनावी तालमेलको जोखाना हेर्दै कांग्रेस
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनाव केन्द्रित अभियान तीव्र पारेका छन् । चुनाव केन्द्रित कार्यक्रम लिएर एकातिर दलहरू जनता मतदातालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् भने अर्कोतिर चुनावी तालमेलतिर पनि उत्तिकै कसरत गरिरहेका छन् । आगामी चुनावमा मुख्यगरी ५ दलीय सत्तागठबन्धनका दलहरूबीच च...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 76
- Next Page »










