एसिड आक्रमणमा परेकि सम्झनाको ज्यानगयो

काठमाडौं । गत भदौ २६ गते एसिड आक्रमणबाट गम्भीर घाइते भएकी रौतहट चन्द्रपुर नगरपालिका ६ कि सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको कीर्तिपुर अस्पतालमा उपचारकै आईतबार राति साढे ११ बजेतिर मृत्यु भएको हो । उनीमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले राति घरमा सुतिरहेको बेला एसिड प्रहार गरेका थिए ।

तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनीसंगै उनकी बहिनी सुस्मिता दासमाथि पनि एसिड परेको थियो । उनको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।आक्रमण गरेको आरोपमा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार