![](http://www.silichung.com/wp-content/uploads/2018/09/balatkar-1732018025006-1000x0-300x222.jpg)
भोजपुर । खानेपानी बनाउन गएकी १५ बर्षिया किशाेरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक एक युवकलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका १, हेलाैछा डाँडाबोखिमका २५ वर्षिय मदन कुमार राईलाई किशाेरीलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको हो ।
आरोपित राईले गत असोज २ गते वेलुका घरको खानेपानी मुहानमा बनाउन गएकी किशाेरीलाई बारीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पिडीत किशाेरीले आफुलाई लछारपछार गर्दै मुख थुनेर नजिकैको बारीमा लगेर करणी गरेकोे किटानी जाहेरीको आधारमा राईलाई गत बिहिबार पक्राउ गरिएको थियो । आरोपी राईलाई म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।