यूएई । भोजपुर हातेमालो समाज युएईको अध्यक्षमा अवतार तामाङ सर्वसम्मत चयन भएको छ । तामाङको नेतृत्वमा १३ सदस्य कार्यसमिति गठन भएको हो ।
कार्यसमितिमा उपाध्यक्ष छिरिङ शेर्पा उपाध्यक्ष अस्मि तामाङ, उपाध्यक्ष सुवासवानु राई, महा सचिव शम्भु राई, सचिव राम कुमार तिरुवा, कोषाध्क्ष लक्ष्मि राई र सह कोषध्यक्ष काजल राई रहेका छन् । त्यसैगरी सदस्यहरुमा टिकाराम बराईलि अबुधावि, बिमला थापा, देव राई, दिपक मगर र मनोज राई राई रहेका छन ।
त्यसैगरी प्रवक्ता सचिव दुर्गा (प्रविण) बराईली, कार्यक्रम संयोजक पदम खालिङ राई कलाकार सचिव सुरेस राई छनोट गरिएको छ ।
बन्द सत्र निर्वाचन सयोजक चन्दकला साम्पाङ राई को नेतृत्वमा नयाँ नेतृत्वको चयन गरिएको थियोे ।
भोजपुर हातेमालो समाज युएईद्धारा आयोजित संस्थाको प्रथम बार्सिकउत्सव तथा दोश्रो अधिवेशन एव सास्कृतिक कार्यक्रममा प्रायोजक बराह ज्वलरिलाई प्रशसा–पत्र प्रदान गरिएको थियोे ।
हातेमालो समाजमा रहेर पुर्णकालिन पदिय जिम्मेवारी सेवा दिई युएईलाई बिट मारि स्वदेश फर्कना लागेका लेखा समिति दुर्गा मोक्तान र भु पु महासचिव तिर्थ योञ्जनलाई सस्थाले अविष्मरणिय तथा अतुलनीय योगदान चिरकालसम्मा स्मरणीय तथा पदिय क्षेत्रबाट देखाउनु भएकोले उच्च मुल्यांकन गर्दै हातेमालो समाज युएई परिवार बाट प्रशसा–पत्र हस्तान्तरण गरेको थियो ।
कार्यक्रम मा स्थानिय कलाकारहरुको बेजोड गित प्रस्तुति हरु साथै र नयाँ भोजपुर हातेमालो समाजका आजिवन सदस्यहरुलाई प्रमाण–पत्र बितरण साथै कलाकारहरुलाई प्रशसा–पत्र प्रदान गरिएको थियो ।
केन्द्रीय समितीका कार्यबाहक प्रमुख प्रेम शेर्पा को सभापति तथा प्रमुख अतिथि तथा अन्य जिल्ला गत सस्था प्रमुखहरुको विशिष्ट र सल्लाहकार आथित्यतमा प्रथम वार्षिकोत्सब तथा महाधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रम सञ्चालक महासचिव तथा कार्यक्रम सयोजकले सञ्चालन गरि कार्यक्रममा स्वागत मन्तव्य अलऐन क्षेत्रीय सचिव शम्भु राईले दिएका थिए । उदयपुर सेवा समाज प्रतिनिधि मनोज पौडेल तथा तामाङ समाज अबुधावि प्रतिनिधि वीर बहादुर लामा लगायत जिल्लागत प्रतिनिधिहरुबाट शुभकामना दिएका थिए ।
वार्षिक आर्थिक प्रतिवेदन केन्द्रीय कोषाध्यक्ष लक्ष्मि राई तथा सस्थागत प्रगती प्रतिवेदन महासचिव तिर्थ योञ्जनले प्रस्तुत गरेका थिए ।