बच्चाहरुलाई धेरै भन्दा धेरै अंकमाल गरौँ !

सीएनएन । अंकमालले जोकोहीलाई पनि राम्रो महसुस गराउन सक्छ । र विशेषगरी बच्चाहरुलाई सानै उमेरदेखि तिनको भावना वृद्धिविकास गर्न यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ । दिनभरको थकान या स्कुलको चुनौतिपूर्ण दिनपछि एक्लो या स्ट्रेस महसुस गरिरहेको बच्चालाई उसका प्रियजनले अंकमाल गर्ने बित्तिकै सबै ठीक भएको आभास हुनेछ । हामीलाई लाग्न सक्छ बच्चाहरु त्यतिसम्म भावनात्मक हुँदैनन् तर यो उपायले वास्तवमै उनीहरुको मुड र मानसिकतामा एकदमै गहिरो प्रभाव पार्न सक्ने थुप्रै अध्ययनहरुले देखाएका छन् ।

 

अंकमालले बालबालिकाहरुको दिमागी विकासमा धेरै मद्दत पुर्याउँछ । विशेषगरी साना बालबालिकालाई समस्त विकासका लागि एकदम धेरै ‘सेन्सरी स्टिमुलेसन’ आवश्यक पर्दछ । त्यसैले शारीरिक स्पर्ष जस्तै अंकमाल तिनको दिमागलाई स्वस्थ राख्न र शरीरलाई बलियो पार्न जरुरी सबैभन्दा महत्वपूर्ण स्टिमुलेसन हो ।

 

ओहायोकी क्लिनिकल साइकोलोजिस्ट लिजा डेमोर भन्छिन्, “राम्रो सम्पर्कले हाम्रो स्नायु प्रणालीलाई आराम दिलाउँछ र हामी भित्रको भावनालाई नियमित गराउनमा उल्लेखनीय भूमिका खेल्ने गर्दछ । ”

 

त्यसैले अहिले विशेषगरी अचानकका परिवर्तन र लामो समयको अनिश्चिततालाई हेरेर धेरै बालबालिका र कतिपय अवस्थामा त वयश्कहरुलाई पनि अंकमालको एकदम खाँचो रहेको बताइएको छ । कोभिड–१९ का कारण व्यक्ति व्यक्तिबीचको शारीरिक स्नेह एकदम कम भएकाले पनि अंकमालको महत्व झन बढेको स्वास्थ्यविद्हरु बताउँछन् ।

 

ससाना बालबालिका, किशोरदेखि वयश्कहरु सम्मलाई अंकमाल जस्तो शारीरिक स्पर्शले एकदमै आराम र राहत महसुस गराउन सक्ने अर्का विज्ञ लेखक डेमोर बताउँछन् । चाहे हाताहात झगडा गरेर होस्, एकअर्कासँग ठोक्किएर या नजिकै बसेर, बच्चाहरुले स्कुलमा अर्को मानिससँग शारीरिक रुपमा घुलमिल हुन पाउँथे तर महामारीले यसलाई एकदम सिमित बनाइदिएको छ । त्यसैले पनि यो अवस्थामा उनीहरुले केबल आफ्नो परिवारसँग मात्र त्यस किसिमको अन्र्तक्रिया गर्न पाउँछन् ।

 

तर सबै परिवारमा अंकमाल गर्ने संस्कृति हुँदैन । त्यसैगरी महामारीले आफैँ तनावग्रस्त अभिभावकहरुले पनि आफ्नो बच्चालाई चाहिएको ‘एक्सट्रा’ न्यानोपनमा ध्यान दिन नसकिरहेका हुन सक्छन् ।

 

जस्तै सुजेत बार्चसको सानो छोरा दिक्क मानेर रुने कराउने गर्नासाथ उनले उसलाई तानेर आफ्नो काखमा राखि किताब खोल्ने गर्थिन् । त्यस समय त्यो सानो बाबुलाई के चाहिएको हो भनेर उसले शब्दमा भन्न नसकेपनि आमासँगको शारीरिक स्पर्शले उसका भावनात्मक आवश्यकता पूरा गर्न मद्दत गरिरहेको हुन्छ । उनी भन्छिन्, “यसपछि ४ वर्षको हुँदा उसले रुनकराउन छाडेर केही हुनासाथ मकहाँ आएर ‘ममी सायद मलाई किताब चाहिएको छ’ भन्न थाल्यो । ”

 

अर्की बाल साइकोलोजिस्ट शेरी मेडिगन भन्छिन्, “केही बच्चाहरु शारीरिक स्पर्शसँग सहज हुन्छन् अर्थात सजिलै देखाउने गर्दछन् । त्यस्तै कतिपय चाहिँ दुखी या दिक्क हुँदा कसैले आफ्नो संकेत देखे हुन्थ्यो भन्ने चाहिरहेका हुन्छन् । त्यसैले बच्चालाई खुसी अनि सुरक्षित महसुस गराउनका लागि त्यस्ता संकेतप्रति धेरै ध्यान दिन आवश्यक छ । ”

 

तर डिमोरका अनुसार यसमा अर्को के पनि ख्याल गर्नुपर्छ भने अंकमालका लागि सुरुवाती संकेत बच्चाबाट हुनुपर्दछ । नत्र उनीहरुलाई मन नलाग्दा जबरजस्ती गर्न खोज्यो भने चाहिँ यसले बच्चालाई अझ स्ट्रेस या आक्रोशित बनाउन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार