अल्डरसर्ट । गोर्खा भुतपुर्व सैनिक संघ गेसो अल्डरसर्ट शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रवार गोर्खा भुतपुर्व सैनिक संघ गेसो अल्डरसर्टको कार्यालयमा सम्पन्न अधिवेशनले पदम रानाको अध्यक्षता २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा नन्दु गुरुङ, अनिसरा रासकोटी र मानबहादुर गुरुङ, सचिवमा विरधन राई,सहसचिव दावाज्यान्बु शेर्पा, कोषाध्यक्ष चेतबहादुर थापा, र सहकोषाध्यक्ष कुमबहादुर गुरुङ सर्वसम्मत रुपमा चयन भएको छ । गोर्खा भुतपर्व सैनिक संघ गेसो केन्द्रीय कार्यावहाक अध्यक्ष धर्म तामाङ, महासचिव दशरथ राई, र सचिवालय सदस्य नरहाङ राईको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।
संस्थालाई चुस्तदुरुस्त राख्न अधिवेशन अपरिहार्य रहेको र संस्थालाई उर्जाशिल बनाउनका लागि पनि समयमा अधिवेशन सम्पन्न हुनुपर्ने गोर्खा भुतपुर्व सैनिक संघ गेसोका कार्यावहाक अध्यक्ष धर्म तामाङले बताउनुभयो । लामो समयदेखि निरन्तर भइरहेको समानताको आन्दोलनमा शाखाहरुको नियमित अधिवेशनले संस्थालाई गतिशिल बनाउने पनि कार्यबहाक उपाध्यक्ष धर्म तामाङले बताउनुभयो ।
अधिवेशनबाट निर्वाचित कार्यसमितिले गोर्खा आन्दोलनलाई अझ सशक्त बनाउने गोर्खा भुतपुर्व सैनिक संघ गेसोका केन्द्रीय महासचिव दशरथ राईले बताउनुभयो । अधिवेशन गोर्खाहरुको समानताको आन्दोलनमा कोसेढुङ्गे सावित कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
विगत तीनदशक लामो समयदेखि समानताको अन्दोलन गर्दै आएको गोर्खा भुतपुर्व सैनिक संघ गेसो सबैभन्दा पुरानो र ठुलो संस्था हो । यसको बेलायत र नेपालमा गरी २० भन्दा धेरै शाखाहरु रहेको छ ।